काठमाडौं, कार्तिक १५ - अफगानिस्तानमा दुई जना गोर्खा सैनिकको हत्या गरिएको छ । बेलायती सेनाको गोर्खा राइफल्समा रहेका उनीहरु त्यहाँ खटिएका थिए । अफगानी प्रहरीको बर्दी लगाएका व्यक्तिको आक्रमणबाट उनीहरुको मृत्यु भएको जनाइएको छ ।
हेल्मन्ड प्रान्तको नहर-ए-सराज जिल्लामा चेक प्वाइन्टमा मंगलबारका दिन उक्त आक्रमण भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले एक विज्ञप्ती मार्फत घट्नाप्रति दुःख व्यक्त गरेको छ । मृतक दुवै जना सैनिक गोर्खा राइफल्सको फर्स्ट बटालियनमा कार्यरत थिए ।
मृतक गोर्खा सैनिकको नाम खुलाइएको छैन । तर उनीहरुको परिवारलाई खबर गरिसकिएको समाचारमा जनाइएको छ । अफगानी प्रहरीको ड्रेसमा आएकाले आक्रमण गरेको विज्ञप्तीमा भनिएको छ ।
No comments:
Post a Comment