हे अब उठौ तामाङ र तमुवान
आफ्नो राज्य वपास गर्नलाई
जातिय र छेत्रीय सुशासन
गाँउ बस्तिमा चल्दै छ जनशासन
नारा बोकी एकिकरण एउटै नेपाल हुने
आत्मानिर्भरा निती बोकी सगरमाथा छुने
जनजाती आन्दोलन र जनक्रान्ती जोडौ
एकला-एकलाई अघी बढ्ने टुक्रे निती छोडौ
सगरमाथा सिखरमा चडौला
झण्डा गाडी बिश्वभर बढौला
(पुरा गित सुन्न माथि क्लिक गर्नु होला)।
यि माथिको गितको रचनकार भक्ती लामिछने हुन भने तलको लेखक किवाङहाङ राई हुन ।
तिमी भन्छौ बाहुनहरु बिदेशी नै हो बास्तविक लडाई अब सुरु हुन्छ भनेर
मुसलमान साम्राज्यले लखेटेपछि भारत हुदै यहाँ भित्रीए ,
शरणार्थी भई आए तर तिम्रो शिरीखुरी बनाए
राज्यसत्ता पनि खोसाए, पुर्खाहरुको हत्या गर्दै उनीहरुको चाडपर्व र धर्म लदाए भनेर ।
त्यसैले बरबराउदै भन्छौ बाहुनहरु बिदेशी नै हो बास्तविक लडाई अब सुरु हुन्छ भनेर ।
आहा कति राम्रो तिम्रो जोशिलो कुरा, कति राम्रो आँटिलो कुरा
कुरै मात्र गर्ने हो भने फ्रान्सको राज्यक्रान्तीको कथा फिका हुन्छ
रोमन एम्पाएरको कथा ओझेलमा पर्छ, महाभारत भन्दा ठुलो ग्रन्थ बन्छ
तिमी भन्छौ बाहुनहरु बिदेशी नै हो बास्तविक लडाई अब सुरु हुन्छ भनेर
मुसलमान साम्राज्यले लखेटेपछि भारत हुदै यहां भित्रीए ,
शरणार्थी भई आए तर तिम्रो शिरीखुरी बनाए
राज्यसत्ता पनि खोसाए, पुर्खाहरुको हत्या गर्दै उनीहरुको चाडपर्व र धर्म लदाए भनेर ।
तिम्रो शिरीखुरी पारिनुमा तिम्रो पनि कमजोरी छ,
राज्यसत्ता खोसिनु र पुर्खाहरुको हत्या गर्दै उनीहरुको चाडपर्व र धर्म लदाउनुमा
तिम्रो पनि लापरबाही छ, दोष छ ।
उस्ले सक्ने तिमीले नसक्ने तिमी भित्रै खोट छ, तिमी भित्रै खोट छ ।
अनि चोटको अनुभुती गर्दै खोट नठम्म्याए सम्म
त्यो तिम्रो लापरबाही र दोष नकेलाए सम्म ,
त्यो तिम्रो कमजोर नठम्याए सम्म,
अनि शत्रुको शक्ति र शौर्य, बुद्धि र धुर्तता नजाने सम्म
तिम्रो लडाईले फेरी तिमीलाई नै हराउछ, बचे खुचेको तिम्रो अस्तित्वमा धावा बोल्छ
अनि त्यो तिम्रो लडाईले तिम्रै भाषाको नव आगन्तुक लाई नवशासकलाई नै जिताउने छ ।
त्यसैले म भन्छु सपनाबाट ओर्लिएर तन्द्रा भंग पारेर हेर
लडाई जित्नको लागी लडिन्छ हार्नको लागी लडिन्न,
जित्ने लडाई लड्न तिम्रो तैयारी पुरा छ छैन
तिखारिएका सिपाही छन छैनन्
आवश्यकता सेनानी र रथीबृन्द्धको,
लडाई जित्ने शौर्य, शक्ति र पराक्रम छ छैन,
दुश्मन त धुर्त छ, शकुनीको चालमा पोख्त छ,
चक्रब्युह रच्न खप्पिस छ
श्रीकृष्णाको भन्दा उत्तम छल कपट गर्न माहिर छ
तिम्रो सेनानी, रथीबृन्द र सेनापतिमा त्यो छकि छैन ,
आहा कति राम्रो तिम्रो जोशिलो कुरा, कति राम्रो आंटिलो कुरा
बास्तविक लडाई अब सुरु हुन्छु भनेर
-किवाङहाङ राई
No comments:
Post a Comment