दक्षिण कोरिया, अक्टुबर ३०
नेपाल तामाङ संघ दक्षिणकोरियामा विर्ख बहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । नवगठित कार्यसमितिका उपाध्यक्षमा अमर तामाङ काभ्रे र सागर तामाङ काभ्रे, सचिवमा विकास मोक्तान तामाङ दोलखा, सह-सचिव नवराज थिङ तामाङ मकवानपुर, कोषाध्यक्षमा चित्र बहादुर मोक्तान तामाङ रामेछाप र सदस्यहरुमा क्रमशः ओम विक्रम तामाङ काभ्रे, असल मान तामाङ काभ्रे, सुवास मोक्तान तामाङ झापा, चित्र बहादुर मोक्तान तामाङ काभ्रे, दावा काल्साङ लोप्चान तामाङ रसुवा रहेका छन ।

दक्षिण कोरियामा रहेका तामाङहरुको संस्था नेपाल तामाङ संघको छैठौं अधिवेशन कोरियाको राजधानी सोल स्थित एनआरएनको नेपाल हाउसमा आईतबार सम्पन्न भएको हो । सो अधिवेशनबाट पूर्व अध्यक्ष उईना तामाङलाई पराजित गरी विर्ख बहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका हुन भने अन्य पदाधिकारी सर्वसम्मत चयन भएका छन ।
नव निर्वाचित नेपाल तामाङ संघ दक्षिण कोरियाका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक तथा एनआरएन कोरियाका उपाध्यक्ष मनिक लामाले पद तथा गोपनीयताको सपथ गराएका थिए । महाधिवेशनमा निवर्तमान सचिव देवसिंह तामाङले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो कार्यकालमा लोछार लगायत नेपालबाट कलाकार ल्याई साँस्कृतिक कार्यक्रम गर्नुका साथै दाक्षिण कोरियामा कामको सिलसिलामा अंगभंग भएका, दुःखमा परेका, पिडितहरुलाई आर्थिक देखि नेपालमा पनि तामाङ संचार समुह र गुम्बा निर्माण गर्नको लागि आर्थिक सहयोग लगायतका विषयबस्तु प्रतिवेदनमा प्रस्तुत गरे भने कोषाध्यक्ष राजेश लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी आधिवेशनले संरक्षकमा राजदुत कमान सिंह लामा र सल्लाहकार सदस्यहरुमा क्रमसः उइना तामाङ, मनिक लामा, इन्द्र माया तामाङ, उर्गेन लामा, राजेश लामा, टिकाराम तामाङ र दोन्डुप लामा चयन गरेको छ । राजदूत कमान सिंह लामा प्रमुख अतिथि र एनआरएन महासचिव तेन्जी शेर्पा विशेष अतिथि रहेको कार्यक्रम संस्थाका पूर्व अध्यक्ष उईना तामांगको अध्यक्षतामा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment