काठमाडौ, आश्विन २५ – मंगोल डेमोक्रेटिक पार्टीको वृहत् प्रशिक्षण कार्यक्रम काठमाडौंको कीर्तिपुरमा सम्पन्न भएको छ। प्रशिक्षणमा मध्यमान्चाल विकास क्षेत्रको १९ वटा जिल्लाका ५ सय ६३ युवा युवतीको सहभागिता रहेको थियो।
प्रशिक्षणमा सहभागीहरुमध्ये ५२ जना स्नाकोत्तर, स्नातक तह ९३, जना प्रमाणपत्र तह १३७ जना र माध्यमिक शिक्षा पूरा गरेकाहरुको संख्या २८१ जना रहेको थियो। सहभागीहरुलाई मंगोल समुदायका वरिष्ठ कानुन व्यवसायी र मानव-शास्त्रीहरुले प्रशिक्षण दिएका थिए। प्रशिक्षण मंगोल डेमोक्रेटिक पार्टीको भावि नीति कार्यक्रम र योजनाको बारेमा रहेको थियो।
प्रशिक्षण अक्टोबर महिनाको ९, १० र ११ तारिखका दिन लगातार ३ दिनसम्म चलेको थियो। प्रशिक्षण समाप्त भएपछि मंगोल डेमोक्रेटिक पार्टीले भावी कार्यक्रम र योजनाको बारेमा नयाँ दस्तावेज सार्वजनिक गरेको छ। सार्वजनिक दस्तावेजमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरु नयाँ संविधान निर्माण गर्नुको सट्टा मुलुकका ढुकुटी लुट्न र नेपाली नागरिकको रगत-पसिना चुस्नमा नै व्यस्त रहेकाले नयाँ शक्ति निर्माण गर्ने लक्ष्यसहित अब मंगोल डेमोक्रेटिक पार्टी नागरिकहरुको घर-घरमा पुग्ने उल्लेख छ।
मंगोल डेमोक्रेटिक पार्टीले थपिएको निर्धारित समय मंसिर १४ गतेभित्र नागरिकको हितमा संविधान निर्माण गरी शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुर्याउन नसक्ने ठोकुवा गर्दै संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका गतिविधि र कृयाकलापको भण्डाफोर गर्दै नागरिक समुदायलाई आफ्नो अस्तित्व र पहिचानका निम्ति आफ्नो र मुलुकको साझा शत्रु चिनाउँदै उनीहरुका विरुद्ध निर्णायक संघर्ष गर्न आह्वान गर्ने छन।
शान्ति, संविधान, लोकतन्त्र, धर्मनिरपेक्षता र संघीय संरचनाको बारेमा पनि मंगोल डेमोक्रेटिक पार्टीले नागरिकहरुलाई प्रशिक्षित बनाउने छ। नागरिकहरुको घर-घरमा पुगी उनीहरुको दुःख-सुखको समस्या बुझ्ने तयारी गर्दै यतिखेर मंगोल डेमोक्रेटिक पार्टीका नेता-कार्यकर्ताहरु मध्य पहाडी क्षेत्रमा ठोस कार्यक्रम बनाई रोग-भोक गरिबी अशिक्षा र महंगीका विरुद्ध संघर्ष गर्ने तयारीका साथ जुटिरहेको छ।
-रजनी श्रेष्ठ
No comments:
Post a Comment