Friday, November 30, 2012

कङ्ग्रेस वरिष्ठ नेता भीमबहादुर तामाङको निधन


काठमाडौ, मंसिर १६ - कांग्रेस नेता भीमबहादुर तामाङको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । करिब ७८ वर्षीय नेता तामाङको हृदयघातका कारण निधन भएको जनाइएको छ । उनी नेपाली राजनीतिमा इमानदार र निष्ठावान नेताका रुपमा परिचित थिए ।
कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले नर्भिक अस्पताल परिसरमा उनको निधनको औपचारिक पुष्टी गरेका छन् । आज बिहान मर्निङ वाक बाट फर्किएका तामाङलाई स्वाँ स्वाँ बढेपछि अस्पताल ल्याइएको थियो । नर्भिक अस्पताल स्रोतका अनुसार तामाङलाई ८: ४५ मा अस्पताल ल्याइपुर्‍याउँदा  उनमा जीवनको कुनै लक्षण थिएन । उनलाई तुरुन्तै सीपीआर लगायतका विभिन्न चिकित्सकीय प्रत्रिया गर्दा समेत उनमा जीवनको लक्षण नदेखिएको अस्पतालले जनाएको छ ।
राणा शासन तथा निरंकुश राजतन्त्र विरुद्ध लामो संघर्ष गरेका तामाङले आफ्नो राजनीतिक जीवन स्वच्छ राख्न सफल भएका थिए । राजनीतिमा अन्तिम समयसम्म सक्रिय उनी पार्टी केन्द्रीय सदस्य थिए । पूर्व कानून मन्त्री समेत भएका तामाङ पछिल्लो कांग्रेस महाधिवेशनमा सुशील कोइरला र शेरबहादुर देउवासंगै सभापति पदमा प्रतिस्पर्धा समेत गरेका थिए ।
उनको निधनको खबरसंगै कांग्रेस सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल लगायतका नेता तथा कार्यकर्ता, सुभेच्छक तथा आफन्तजनको नर्भिक अस्पतालमा भिड लागेको छ ।
उनको १ छोरा र १ छोरी छन् । उनी ०५४ साल देखि कानुन व्यवसायी तथा कांग्रेसबाट पूर्व सभासद् समेत रहेका राधेश्याम अधिकारीको घरमा बस्दै आएका थिए । गान्धीबाधी सोंचका तामाङ सादा जीवन बिताउँथे । उनी बीपीको समाजवादी चिन्तनबाट प्रेरित थिए । उनको शिक्षा दार्जिलिङमा भएको थियो ।
दोलखा स्थायी घर भएका तामाङ ००७ सालको क्रान्तिदेखि नै सक्रिय रहेर ०१७ मा प्रवास समेत गएका थिए । उनी प्रजातन्त्रका लडाईका क्रममा पटक पटक जेल समेत गएका थिए । उनको पूरा जीवान संघर्षमा बितेको थियो । उनी जनजाति समूदायबाट प्रखर व्यक्तित्वका रुपमा आफ्नो स्थान बनाएका थिए । उनको निधनप्रति कांग्रेस सभापति कोइरालाले गहिरो दुःख व्यक्त गरेका छन् । 'उहाँले अपनाएको बाटो र सिद्धान्त सबैका लागि प्रेरणादायी छ,' उनले भने ।
त्यस्तै, उपसभापति पौडेलले प्रखर व्यक्तित्व र अटर सिद्धान्तवादी नेताको निधन भएको दुःख व्यक्त गरे ।
तामाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलिका लागि अपरान्ह १२ बजेदेखि ४ बजेसम्म सानेपास्थित पार्टी कार्यालयमा राखिने आचार्यले जानकारी दिए ।

निशानामा पूर्वयुवराज पारस


जमिम शाहको हत्या र युनुस अन्सारीमाथि केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको घटनामा सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ  आयोगको निष्कर्ष छ- अबको निशाना पूर्वयुवराज पारस शाह हुन्। यी दुई जाँचबुझ आयोग मात्र होइन, प्रहरी र मुलुकको गुप्तचर निकाय  राष्ट्रिय अनुसन्धान विभाग आफैँले गरेका आन्तरिक छानबीनमा पनि पारस असुरक्षित रहेको विश्लेषण प्रस्तुत छ। त्यसपछिको फैजान अहमद  हत्यासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन होस् वा विभिन्न सुरक्षा निकायका आन्तरिक सुरक्षा विश्लेषण, अबको सम्भावित निशानाका रू पमा पारसको नाम कहीँ न कहीँ जोडिएको छ।



पूर्वयुवराज पारस शाहका लागि विदेश जानु ठूलो कुरा होइन। तर उनी लामो समयदेखि मुलुकबाहिरै छन्, खास गरी २०६७सालदेखि। २०६२- ६३ सालको दोस्रो जनआन्दोलनको बलमा पुनःस्थापित संसद्को २०६३ जेठ ४ को बैठकले नै तत्कालीन राजाका धेरै अधिकार कटौती गर्दै  राजतन्त्र अन्त्यको सङ्केत गरिसकेको थियो। त्यसले मूर्तरूप लियो २०६५ जेठ १५ मा। नवनिर्वाचित संविधानसभाको पहिलो बैठकले अत्यधिक  मत, अझ भनौं सर्वसम्मत (राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाहेक) बाट राजतन्त्रको समाप्ति र गणतन्त्र स्थापनाको घोषणा गर्‍यो। त्यससँगै  करिब २ सय ४० वर्ष लामो राजतन्त्रको अन्त्य भयो। तत्कालीन राजा ज्ञानेन्द्र शाह अन्तिम राजाका रूपमा इतिहासमा दर्ज भए। यो निर्णयसँगै  ज्ञानेन्द्रलाई पूर्वराजा हुनुको र पारसलाई उनको शेषपछि स्वतः राजा हुन पाउने अवसरबाट वञ्चित हुनुपर्नाको स्वाभाविक विरक्ति थियो। तर  जेठ १५ को घोषणासँगै तत्कालीन सरकारले नारायणहिटी छाड्न दिएको पन्ध्रदिने अल्टिमेटम स्वीकार्दै ज्ञानेन्द्र शाह सरकारले नै उपलब्ध  गराएको नागार्जुनस्थित निवासतिर लागे भने पारस निर्मल निवासतिर।

यी घटनाक्रमपछि पनि पारस लामै समय मुलुकभित्र सार्वजनिक जीवनमा देखिए। उनी कहिले पत्नी हिमानीको समाजसेवा अभियानमा  सहयोगीका रूपमा देखिए त कहिले उनलाई नै कुटपिट गरेको जस्ता हल्लाका कारण चर्चामा रहे। यसैबीच २०६६ मंसिर २५ मा उनी कांग्रेस  नेतृ सुजाता कोइरालाका छोरीज्वाइँ बंगलादेशी नागरिक रुबेल चौधरीसँग चितवनस्थित होटल टाइगर टप्समा भएको झगडाका कारण  विवादमा तानिए। त्यही प्रकरणमा उनले पोखरामा स्वैच्छिक गिरफ्तारी दिएर चितवन प्रशासनमा तारेखसमेत बुझ्नुपर्‍यो। पारस राजतन्त्र  अन्त्यपछिको करिब दुई वर्षभन्दा बढी अवधिमा धेरैजसो मुलुकभित्रै रहेका, देखिएका थिए। २०६७ सालदेखि यदाकदा छोटो समयका लागि, त्यो  पनि गोप्य रूपमा मुलुक आएर र्फकने गरेका उनी पूर्णरूपमा विदेशमा बसोबास गरिरहेका छन्। किन ? राजतन्त्र नर्फकने सुनिश्चितताका  कारण वा व्यक्तिगत झैझगडाका कारण भएको बदनामीले ? आफ्नै पिता ज्ञानेन्द्र, पत्नी हिमानीसँगको खटपट वा कुटपिट नै भयो भनेर  हुरीझैँ आएर बतासझैँ हराउने चर्चाका कारणले ?

यीमध्येको कुनै कारणले उनको आप्रवासमा थोरै भूमिका अवश्य खेलेको होला, तर उनले मुलुक छाड्नुको प्रमुख कारण हो- व्यक्तिगत सुरक्षा।  सयौंको संख्यामा विशेष तालिमप्राप्त सैनिकको चौबीसघण्टे कडा सुरक्षाबीच पनि २०५८ जेठ १९ मा नारायणहिटी दरबारभित्र भएको  हत्याकाण्डका एक प्रत्यक्षदर्शी पारसले जसै आफूमाथि ज्यान लिने तहको आक्रमण हुने खबर थाहा पाए, त्यसपछि मुलुक छाडे। उनलाई राम्रै  थाहा थियो- कुनै शक्तिकेन्द्रले चाहँदा बहालवाला राजा, रानी, युवराजसहित करीब एक दर्जन विशिष्ट व्यक्ति, त्यो पनि अति सुरक्षित मानिएको  दरबारभित्रै एक चिहान हुन सक्छन् भने पूर्वयुवराजको पगरीले मात्र उनको सुरक्षा गर्न सक्दैन।

जमिम शाहको हत्या र युनुस अन्सारीमाथि केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको घटनामा सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ  आयोगको निष्कर्ष छ- अबको निशाना पूर्वयुवराज पारस शाह हुन्। यी दुई जाँचबुझ आयोग मात्र होइन, प्रहरी र मुलुकको गुप्तचर निकाय  राष्ट्रिय अनुसन्धान विभाग आफैँले गरेका आन्तरिक छानबीनमा पनि पारस असुरक्षित रहेको विश्लेषण प्रस्तुत छ। त्यसपछिको फैजान अहमद  हत्यासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन होस् वा विभिन्न सुरक्षा निकायका आन्तरिक सुरक्षा विश्लेषण, अबको सम्भावित निशानाका रू पमा पारसको नाम कहीँ न कहीँ जोडिएको छ।

आखिर कसले र किन मार्न चाहन्छ पारसलाई ? सुरक्षा विश्लेषणको सार छ- दक्षिणी छिमेकी भारत प्रायोजित छोटा राजनको अन्डरवल्र्ड  समूहको निशानामा छन् पारस। नेपाली भूमिमा मारिएका र भारतले आफूविरोधी गतिविधि गरेको, पाकिस्तानी बाह्य गुप्तचर संस्था इन्टर  सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) तथा अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग साँठगाँठ गरेको आरोप लगाउँदै आएका मुस्लिम समुदायका केही  व्यक्तिसँगै जोडेर र नजोडिकन पनि पारसमाथि त्यस्तै आरोप लाग्ने गरेको छ। खास गरी गणतन्त्र स्थापनायता पारसप्रति भारतीय पक्ष निकै  अनुदार बनेको देखिन्छ। त्यसो त पहिले पनि उनको नाम दाउदसँग जोडिएर नआएको होइन, तर अचेल उनलाई सामान्य आपराधिक पृष्ठभूमिका व्यक्तिसँग समेत जोड्न थालिएको छ। विगतमा दाउदसँग उनको सम्बन्ध देखाइनुमा राजनैतिक कारण देखा पर्थे भने यतिखेर  विभिन्न आपराधिक घटनामा उनको नाम जोडिने गरेको छ।

दाउदले भारतीय नक्कली नोट छाप्ने र ती नोट सिंगापुरबाट पारस र युनुसले नेपाल हुँदै अन्य देशमा पुर्‍याउने गरेको भारतीय पक्षको दाबी  छ। भारतीय सुरक्षा निकाय (प्रहरी, गुप्तचर लगायत) को हवाला दिँदै त्यहाँका सञ्चार माध्यमले मिर्जा दिलसाद बेग, मजिद मनिहार, शौकत  बेग र जमिम शाहलाई पनि नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोप लगाउँदै आएका थिए। यस्ता आरोपसँगै यी तीनै जना नेपालीको  भारतीय आपराधिक गिरोहबाट हत्या गराइएको छ र भारतीय जेलमा सजाय भोगिरहेका अन्डरवल्र्ड गिरोहका व्यक्तिबाट हत्याको जिम्मेवारी  लिन लगाउने काम भएको छ। यस्तै आरोपमा युनुस अन्सारीको हत्याप्रयास भएको छ। त्यसैले पनि युनुससँगै जोडिएर चर्चा गरिएका पारस  असुरक्षामा रहेको निष्कर्षमा सुरक्षा निकाय पुगेको हो।

मिर्जा, जमिम, मजिद, शौकतको हत्या र युनुसमाथिको हमलामा भारतमा आश्रय लिएर बसेका अन्डरवल्र्ड डन छोटा राजन समूहको  संलग्नताबारे विभिन्न उच्चस्तरीय जाँचबुझ आयोग तथा सुरक्षा निकायका छानबिन समितिका प्रतिवेदनहरूले स्पष्ट बोलेका छन्। छोटा राजन  समूहकै बब्लु श्रीवास्तव लगायत अन्डरवल्र्डका कतिपय हस्ती भारतीय जेलमा छन् र घटनाको प्रमुख योजना जेलभित्रैबाट बन्ने गरेको पनि  खुलासा भैसकेको छ। यस समूहलाई भारतीय संस्थापन पक्षले बाह्य गुप्तचर संस्था 'र' (रिसर्च एन्ड एनालिसिस विङ) तथा अन्य सुरक्षा  निकायमार्फत सघाएको निष्कर्ष पटक-पटक निकालिसकिएको छ। अर्थात् राजन समूहको निशानामा हुनु भनेको भारतीय संस्थापन पक्षकै  निशानामा हुनु हो भन्ने तथ्य कसैबाट लुकेको छैन।

एक उच्चस्तरीय जाँचबुझ आयोगको निष्कर्षः

नक्कली नोटको कारोबारमा संलग्न भएको आरोप लगाउँदै विभिन्न आपराधिक समूहको सहयोगमा नेपालीहरूको हत्या गर्दै आएको भारतको  आपराधिक गिरोहले पछिल्लो समयमा नेपालका पूर्वयुवराज पारस शाह र भारतीय सञ्चार माध्यमबाट पारसकै सहयोगीका रूपमा प्रचारित  युनुस अन्सारीको हत्या गर्ने योजना बनाएको रहस्य खुलेको छ। भारतीय सञ्चार माध्यममार्फत पारस र युनुसविरुद्ध समाचार सम्प्रेषण गर्न  लगाएर उनीहरू दुवैको हत्या गर्ने योजना बनाएको कुरा जमिम शाहको हत्याकाण्डपछि खुलासा भएको छ। पारस र युनुसलाई भारतीय  सञ्चार माध्यमले दाउद इब्राहिमसँग मिलेर भारतीय नक्कली नोटको कारोबार गरिरहेको आरोप लगाएका छन्। भारतीय सञ्चारमाध्यमले ने पालीमाथि नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोप लगाउने र भारतीय गुन्डाहरूले ती आरोप लगाइएका नेपालीको हत्या गर्ने गर्दै  आएका छन्। भारतीय सञ्चारमाध्यमले भारतप्रतिकूल काम गरेको आरोप लगाउँदै समाचार सम्प्रेषण गरेपछि त्यसरी आरोपित नेपालीहरू को ही पनि बाँच्न पाएका छैनन्। यसरी नेपालीमाथि गलत आरोप लगाउँदै हत्या गर्ने क्रम बढिरहेको बेला युनुस अन्सारीलाई नक्कली नोटको  कारोबारको आरोपमा जेल पठाइएको छ भने पूर्वयुवराज पारसलाई फसाउन वा उनीमाथि आक्रमण गर्न विशेष योजना बनाइएको चर्चाले  व्यापकता पाएको छ।

यस तथ्यबाट युनुस जेल गएदेखि नै पारसमाथि आक्रमण गर्ने छोटा राजन गिरोहको योजना थियो भन्ने स्पष्ट हुन्छ। के आरोपित गरिए जस्तै  पारस दाउदका लागि काम गर्थे, गर्छन् ? के साँच्चै उनी नक्कली भारतीय रूपैयाँको कारोबारी हुन् ? यी दुवै आरोपमा कति सत्यता छ, त्यो  छानबीनको विषय हो। तर राजतन्त्रको अन्त्यपछि पारसले एक पटक दाउदलाई भेटेको सूचनाचाहिँ मुलुकभित्रकै सुरक्षा निकायसम्म पनि पुगे को छ। एक वरिष्ठ प्रहरी अधिकृत भन्छन्, 'सन् २००९ को अन्त्यतिर मलेसियामा सो भेट भएको विश्वस्त सूचना आए पनि त्यसबारे विस्तृत  विवरण प्राप्त भएको छैन। भेटको यकिन मिति र स्थानबारे स्पष्ट सूचना नपाएपछि उद्देश्य पहिल्याउने प्रश्नै रहेन। त्यसैले यसलाई बेग्लै  छानबीनको विषय बनाउन गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) र प्रहरीकै अनुसन्धानसम्बद्ध निकायलाई जानकारी गराइएको  छ।'

राजतन्त्रको समाप्तिसँगै भावी राजा बन्ने अवसरबाट वञ्चित पारस विरक्तिनु स्वाभाविक थियो। राजतन्त्रको समाप्तिमा मुलुकभित्रका  राजनीतिक दलहरूको भन्दा पनि भारतीय भूमिका प्रमुख रहेको उनको बुझाइ थियो। तत्कालीन सात दल र माओवादीलाई नयाँ दिल्लीमा  लगेर १२ बुँदे समझदारी गराउनमा भारतले मुख्य भूमिका खेलेको तथ्य सार्वजनिक भइसकेको छ। यदाकदा पारस सशस्त्र युद्ध लडिरहेको  माओवादीसँग करिब-करिब सम्झौता भइसकेको तर भारतले १२ बुँदे समझदारी गराएर भाँडेको भनी दरबारनिकट राजनीतिकर्मीसँग चर्चा  गर्थे। सात दल र माओवादी एक ठाउँमा नआएको भए राजतन्त्र समाप्त नहुने, बरु दरबार र माओवादी मिलेको भए सात दल समाप्त हुने  उनको बुझाइ थियो। त्यसैले भारतप्रति उनको आक्रोश प्रस्टै देखिन्थ्यो। यही आवेगमा आएर उनले भारतीय पक्षको टाउको दुखाइमा प्रमुख  भूमिका खेल्नेमध्येका एक दाउदलाई भेटेका हुन् वा कुनै ठूलो योजना अथवा अवैध कारोबारका लागि भेट भएको हो, विस्तृत छानबिनबिना  किटान गर्न सकिँदैन। भारतीय गुप्तचर स्रोतबाट भने पारसको लामै समयदेखि दाउदसँग सम्बन्ध रहेको, नक्कली नोटको कारोबारमा प्रत्यक्ष  संलग्नता रहेको जस्ता सूचना आउने गरेका छन्। एक सुरक्षा अधिकृत भन्छन्, 'हिजो (राजतन्त्रकालमा) तिनलाई केलाउने र पहिल्याउने  हिम्मत सुरक्षा निकायसँग थिएन, आज सामथ्र्य छैन।'

राजधानीमा व्यापार गरिरहेका केही मुस्लिम युवा पारसका साथी थिए, छन्। फुर्सदमा तिनीहरूसँग पारस समय बिताउँथे, पार्टी गर्थे, रेस्टुराँ र  डिस्को जान्थे। बेलाबखत लागूऔषध लिने गर्थे। नक्कली भारतीय नोट, भारतविरोधी गतिविधिमा संलग्न वा भारतीय पक्षबाट आरोप लगाइएका  मुस्लिम समुदायका व्यवसायी, व्यक्तिहरू ती युवाका नाता-सम्बन्धी वा चिनेजानेका व्यक्ति हुन्थे। एक प्रहरी अधिकृतको बुझाइमा, 'पारस  शाहज्यादा र युवराज रहेका बेला ती युवा साथीले त्यस्ता आफन्त वा चिनेजानेका व्यक्तिको पक्षमा काम गरिदिन आग्रह गर्थे। पारसले सहयो गका लागि प्रहरीलाई निर्देश गर्थे। पारसको दाउदसँग सम्बन्ध रहेको वा नक्कली भारतीय रूपैयाँ ओसार-पसारमा उनी संलग्न थिए, छन् भनी  आरोप लाग्नुको पछाडिको एउटा कारण यो पनि हुन सक्छ।' दाउद र पारस सम्बन्धसँगै जोडिएका युनुस अन्सारी भन्छन्- 'मैले भारतीय  दूतावासको खेदाइ विगत १० वर्षदेखि भोगिरहेको छु। भारतीय टेलिभिजन च्यानलमा जाली मुद्रा कारोबारका लागि तत्कालीन युवराज  पारसलाई सिङ्गापुरमा दाउदसँग भेट गराएको समेत मलाई आरोप लगाइएको छ।'

पारसमाथिको भारतीय पक्षको आरोपका पछाडि अर्को एउटा कारण पनि हुन सक्छ र त्यो हो— दरबार हत्याकाण्ड। तत्कालीन राजदरबारमा  उच्च ओहदामा रहिसकेका सुरक्षा अधिकृतदेखि विदेशी निकायका उच्च ओहदाका व्यक्तिसम्मले सो हत्याकाण्डमा वैदेशिक शक्तिको  संलग्नताका बारेमा प्रश्न उठाइरहेका छन्। यस स्थितिमा सो घटनाका एक प्रत्यक्षदर्शी पारस ती शक्तिका लागि सदैव खतराको सूचीमा हुनु  स्वाभाविक हो। २०५८ जेठ १९ को दरबार हत्याकाण्ड, घरेलु छानबिन समितिले भनेझैँ, तत्कालीन युवराज दीपेन्द्रले नभएर वैदेशिक शक्तिको  तालिमप्राप्त दस्तामार्फत भारतको भूराजनीतिक रणनीति अनुरुप गराइएको विश्लेषकहरूको ठहर छ। त्यसका प्रत्यक्षदर्शी पारस र  घटनापछिका प्रत्यक्ष लाभान्वित ज्ञानेन्द्र त्यस षड्यन्त्रमा निरपेक्ष वा बेखबर थिए भन्न सकिँदैन। दरबार हत्याकाण्डभित्रको षड्यन्त्रबारे  जानकार भएकैले पनि पारस निशानामा रहेका हुन सक्छन्।

'नयाँ राजपरिवार' का गतिविधिले पनि यो शङ्कामा बल पुर्‍याएका छन्। २०५८ जेठ २२ गते बिहान ३ः४५ बजे मृत घोषणा गरिएका दीपे न्द्रको शव छाउनीको सैनिक अस्पतालमा राखिएको थियो र सबैलाई अन्तिम श्रद्धाञ्जलीका लागि उर्दी जारी गरिएको थियो, तर राजपरिवारका  कुनै पनि सदस्य त्यहाँ पुगेनन्। सोही दिन दिउँसो ज्ञानेन्द्रले राज्यारोहण गरे। ज्ञानेन्द्र नारायणहिटी रहुन्जेल शोकको भावभङ्गीमा प्रस्तुत भए  पनि सो रात बिताउन निर्मल निवास पुगे, जहाँ उत्सवको माहौल सुरु भैसकेको थियो। दरबार हत्याकाण्डलगत्तै पत्रकार सम्मेलन गरेर हत्यारा  दीपेन्द्र हुन् भनी पहिलो घोषणा गर्ने डा. राजीव शाहीप्रति तत्कालीन राजा ज्ञानेन्द्रले देखाएको सद्भावले पनि आशङ्का थपेको छ। राजीव  शाहज्यादी पूजाका श्रीमान् त हुन् नै, वीरेन्द्र सैनिक अस्पतालका डाक्टर पनि हुन्, जसलाई अन्य सैनिकसरह नियम लाग्छ, तर २०५८ असो जमा 'एट्याचमेन्ट' का लागि लन्डन पुगेका उनी बिनाखबर एक वर्ष त्यहीँ बस्दा पनि कुनै कारबाही भएन। बिनाजानकारी एक महीना मात्रै  हराए पनि सैनिक ऐनअनुसार जागिर जाने मात्र होइन, उनीमाथि कोर्ट मार्सल नै हुनुपर्ने हो, तर २०५९ कात्तिकमा एमडी अध्ययनका लागि  भन्दै उनले बेलायतबाटै तीन वर्षको बिदा मागे, यो विषय ज्ञानेन्द्रकहाँ 'जाहेर' भयो र उनले 'मिलाइदिनू' भन्ने आदेश दिए। सैनिक जनसम्पर्क  निर्देशनालयका अनुसार, फर्केर आफ्नो पदमा बहाल भएका उनी सैनिक अस्पतालमै कार्यरत छन्। उनीप्रतिको यो सदाशय उनले पत्रकार  सम्मेलन गरी हत्याकाण्डमा ज्ञानेन्द्र र उनकै परिवारको संलग्नता हुन सक्ने भनी आम जनमानसले गरेको आशङ्का न्यून गरेको  प्रतिफलस्वरुप हो कि भन्ने प्रश्न उब्जिएको छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा पूर्वरथी विवेककुमार शाहले दरबारको सैनिक सचिव पदबाट आफ्नो राजीनामा मागिनुमा वैदेशिक शक्तिको हात  रहेको उल्लेख आफ्नो पुस्तक मैले देखेको दरबारमा गरेका छन्। कोसोभोस्थित राष्ट्रसङ्घीय मिसनमा कार्यरत नेपाल प्रहरीका एक अधिकृतलाई त्यहीँ कार्यरत भारतीय सिनियर आईपीएसले सुनाएको विवरण उद्धृत गर्दै उनले आफूलाई दरबारबाट हटाइनुमा भारत जिम्मेवार रहेको  सङ्केत गरेका छन्। खास गरी नेपालका माओवादीलाई भारतले तालिम दिएकाबारे आफूले जानकारी पाएकाले भारतीय दबावमा सैनिक  सचिवबाट हटाइएको उनको बुझाइ छ। यस हिसाबले तत्कालीन राजा ज्ञानेन्द्रले दरबारमा कार्यरत कर्मचारीलाई राख्ने वा नराख्ने निर्णयमा  पनि स्वविवेक प्रयोग गर्न नसकेको र उनी पनि भारतबाट प्रभावित हुने गरेको देखिन्छ।

दरबार हत्याकाण्डबारेकै एउटा प्रतिवेदनमा भनिएको छ, 'मारिएका राजा वीरेन्द्र शाह कडा राष्ट्रवादी थिए। उनी माओवादी विद्रोहविरूद्ध सेना  परिचालन गर्न चाहँदैनथे। वार्ताद्वारा सबै समस्याको हल गर्न चाहन्थे, भलै राजतन्त्रको अन्त्य नै किन नहोस्। सेना परिचालन गर्दा नेपालको  राजनैतिक र सुरक्षा अवस्था अस्तव्यस्त हुन जाने र त्यसले नेपालको स्वतन्त्रतामाथि नै गम्भीर आँच पुग्ने राजा वीरेन्द्रको मत थियो। उनी ने पाललाई सिक्किम बन्न दिने पक्षमा थिएनन्।'

बेइजिङस्थित इन्स्टिच्युट अफ एसियन प्यासिफिक स्टडिजका प्राध्यापक वाङ होङ्वेईले, जो चीनका नेपाल नीति निर्मातामध्ये एक मानिन्छन्,  पनि हत्यामा दीपेन्द्रको संलग्नताको कुरा हावादारी भएको बताएका छन्। होङ्वेईको भनाइ छ, 'राजनीतिक षड्यन्त्रअन्तर्गत भएको हत्याकाण्ड  थियो त्यो, जसलाई पुष्टि गर्ने प्रामाणिक आधारहरू नियतवश मेटाइएका छन्। आरोप तत्कालीन युवराजाधिराज दीपेन्द्रमाथि लगाइएको छ, तर  त्यो पत्यारलाग्दो छैन।'

त्यो हत्याकाण्ड राजनीतिक षड्यन्त्र थियो भने त्यसमा कसको हात थियो त ? उत्तर स्वाभाविक छ- देशभित्र र बाहिरका विभिन्न तत्त्वहरूको।  राजदरबारका पूर्वसैनिकसचिव विवेककुमार शाह पनि दरबार हत्याकाण्डलाई राजनीतिक षड्यन्त्रको उपज मान्छन्। त्यस्तो षड्यन्त्र गर्नमा  स्वदेशीसहित खास गरी दक्षिणी छिमेकी भारतीय एजेन्सीहरूसमेत संलग्न रहेको शाहले इशारा गरेका छन्। शाहले आफ्नो पुस्तकमा लेखेका  छन्, 'त्यस बेला तत्कालीन राजा वीरेन्द्र बोआओ कन्फरेन्समा भाग लिएर भर्खरै चीनबाट फर्केका थिए। र, केही समयपछि नै कुनै कदम  चाल्दै छन् भन्ने चर्चा थियो। कतै चिनियाँहरूकै साँठगाँठमा त्यस्तो कदम चाल्न लागेको हो कि भन्ने आशङ्का त्यस्तो कदम नचाहने तत्त्वह रूलाई भएको हुनुपर्छ।'विदेशी एजेन्सीको संलग्नताको चर्चा र नेपालमा चिनियाँ उपस्थिति नचाहने तत्त्वहरूले त्यस्तो गरेको हुनुपर्छ भन्ने  विश्लेषणबाट औंला भारततर्फ तेर्सिन्छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले त त्यति बेला नामै लिएर दरबार हत्याकाण्डमा भारतको हात  रहेको बताएका थिए। राजा वीरेन्द्र राष्ट्रवादी भएको र चीन लगायत मुलुकसँग हतियार किन्न लागेको, जनयुद्धको शान्तिपूर्ण अवतरणका लागि  माओवादीसँग वार्ता गर्न लागेको जस्ता कारणले भारतीय पक्षले उनको हत्या गरेको दाहालको भनाइ छ।

पूर्वसैनिकसचिव शाहले पुस्तकमार्फत दरबार हत्याकाण्डका अन्य केही कारण पनि खोतलेका छन्, जसले पनि दक्षिणी छिमेकीतिरै इशारा गरे का छन्। जस्तो- त्यस बेला नेपाली सेनाका लागि हेक्लर एन्ड कोक कम्पनीको अत्याधुनिक हतियार 'जी-३६' राइफल किन्ने प्रक्रिया अगाडि  बढेको थियो। तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्र दुवैलाई मन परेको सो हतियार नेपालमै एसेम्बल गर्ने र दक्षिण एसियाली मुलुकमा  समेत बेच्ने योजना थियो। यो कुरा आफ्नै मुलुकमा बनेको कम गुणस्तरको इन्सास राइफल बेच्ने योजना बुनिरहेको भारतलाई मन परिरहेको  थिएन। भारतले ७० प्रतिशतसम्म अनुदान दिने भन्दै इन्सासका पक्षमा लबिङ गर्न पूर्वप्रधानमन्त्री इन्दरकुमार गुजराललाई नेपाल नै पठाएर  तत्कालीन राजा, प्रधानमन्त्रीलाई भेट्न लगाएको थियो।

स्मरणीय छ, २०४५ सालमा नेपालले चीनबाट केही 'एन्टी-एयरक्राफ्ट' हतियार किन्दा भारतले आर्थिक नाकाबन्दी नै लगाएको थियो। अकार् तर्फ 'जी-३६' खरीद प्रक्रियामै रहेका बेला नागरिकता प्राप्तिका थुप्रै सहज प्रावधान राखेर संसद्ले पारित गरी लालमोहरका लागि पठाएको  विधेयक तत्कालीन राजा वीरेन्द्रले रायका लागि सर्वोच्च अदालतमा पठाइदिएका थिए। र, सर्वोच्चले विधेयक संविधानसम्मत नभएको भन्दै  खारेज गरेको थियो। जबकि, अनौपचारिक भ्रमणकै क्रममा आएका तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीका सुरक्षा सल्लाहकार  व्रजेश मिश्रले २०५७ जेठ २५ मा राजा वीरेन्द्रसँग भेटी नागरिकतासम्बन्धी विधेयकमा लालमोहर लगाइदिन आग्रह गरेका थिए। सीमावर्ती क्षे त्रका भारतीयलाई नागरिकता दिने निहित उद्देश्य अनुरुप ल्याइएको र त्यस बेला तुहिएको योजना पछि संविधानसभाको पूर्वसन्ध्यामा केही  मधेसकेन्दि्रत दलको दबाबमा नागरिकता टोली बनाई कार्यान्वयन गरियो।

पूर्वसैनिकसचिव शाहको बुझाइमा, 'हतियारको राजनीति पनि दरबार हत्याकाण्डभित्र लुकेको एउटा प्रमुख कारण हुन सक्छ। नेपालमा आफ्नो  मात्र एकछत्र प्रभाव कायम हुनुपर्छ भन्ने भारतको सधैँको चाहना हो। त्यसमा बाधा पर्दा ऊ क्रुद्ध हुने मात्र होइन, जस्तोसुकै कदम उठाउन  पनि पछि पर्दैन।'

त्यस बेला तत्कालीन राजा वीरेन्द्रले आफ्ना भाइ पूर्वअधिराजकुमार धीरेन्द्र शाहलाई माओवादीसँग वार्ताका लागि खटाएका थिए। उनले  तत्कालीन शाही नेपाली सेनाका महासेनानी दिलीप रायमाझीलाई, जो पछि सेनाको गुप्तर निकाय 'डीएमआई' का प्रमुखसमेत भए र सहायक  रथीबाट अवकाश पाए, समेत खटाएका थिए र माओवादीसँग सहमति भए गोलमेच सम्मेलन गरी ऊसहितको राष्ट्रिय सरकार बनाउन तथा  आफ्नो भूमिका सीमित गर्न, आफू अझै बढी आलङ्कारिक राजामा सीमित रहन सहमति जनाएका थिए।

तत्कालीन राजाको यस्तो कदम भारतले रूचाएको थिएन। २००७ सालदेखिकै महत्वपूर्ण राजनैतिक घटनाक्रम केलाउने हो भने भारत नेपालमा  कुनै पनि समस्याको घरेलु समाधानविरूद्ध देखिन्छ। हरेक राजनीतिक घटनाक्रममा आफ्नो 'भूमिका र सल्लाह' निर्णायक हुनुपर्छ भन्ने उसको  मान्यता रहँदै आएको छ।

भारतीय पक्षले दरबार हत्याकाण्डलगत्तै दाउदसँग पारस शाहको साँठगाँठ रहेको लाञ्छना लगाउन शुरु गरेको हो। भारतीय सेनाका सेवानिवृत्त  लेफ्टिनेन्ट कर्णेल ठाकुर कुलदीप एस लुद्राले, जो नेपाल मामिला खास गरी उनकै दाबी अनुसार आईएसआई र दाउदको निर्देशनमा नेपाली  भूमिबाट हुने भारतविरोधी क्रियाकलापमाथि कलम चलाउँछन्, निकै अघिदेखि पारसलाई दाउदसँग जोड्ने काम गर्दै आएका छन्। लुद्राले 'ने पाल एट क्रसरोडः थ्रेटनिङ इन्डियन इन्ट्रेस्ट' शीर्षकमा इन्डियन स्ट्राटिजिक रिभ्युमा शृङ्खलाबद्ध रुपमा धेरै लामा लेख लेखेका छन्। तिनमा  नेपालमाथि धेरै हदसम्म हावादारी आरोप लगाइएका छन्। उनले नै तथाकथित एउटा गुप्तचर सूत्रको हवाला दिँदै पारस शाह दाउदका एक  प्रमुख सहयोगी भएको र दरबार हत्याकाण्डमा दाउदको संलग्नता रहेको जस्तो कपोलकल्पित कुरा लेखेका छन्। प्रोपोगान्डा आफैंमा  गुप्तचरीको एक अंश हो। शङ्काको सुई अन्यत्र मोड्न र आफूले गर्ने सम्भावित कारबाही अरूले गरेको भान परोस् भनी पहिल्यै अनर्गल  हल्ला फिँजाउनु गुप्तचरीको एउटा पाटो नै हो।

एक प्रतिवेदनमा लुद्राले लेखेका छन्, 'दरबार हत्याकाण्डको गुरुयोजना पारसले तयार गरेका थिए। र, त्यसमा सेनाका तत्कालीन प्रमुख  लगायतका उच्च सुरक्षा अधिकारीहरूले सघाएका थिए। पूर्वयुवराज दीपेन्द्रको त्यसमा कुनै प्रकारको संलग्नता थिएन। दीपेन्द्रलाई त झन् लखे टीलखेटी मारिएको थियो। दीपेन्द्र र देवयानीको प्रेमप्रसङ्ग पनि पारसले नै बुनेको काल्पनिक कथा मात्र थियो। अहिले नारायणहिटीमाथि  पारसको पूर्ण नियन्त्रण रहेको छ। पाकिस्तान सरकार र आईएसआईको आशीर्वादप्राप्त कुख्यात तस्कर दाउद इब्राहिम र पारसबीच निकटको  सम्बन्धकै कारण आईएसआईले नेपालको राजतन्त्रसम्म दह्रो पकड बनाइसकेको छ।'

उपर्युक्त प्रोपोगान्डाबाट पारसविरूद्धको सम्भावित कारबाहीका लागि पहिलेदेखि नै वातावरण बनाइएको देखिन्छ। राजतन्त्रको समाप्तिपछि  नागरिकमा झरेका पारसविरूद्ध एकपछि अर्को आरोप लगाइनु, प्रोपोगान्डा तीव्र पारिनुले स्वाभाविक आशङ्का उब्जाएको छ।

जमिम हत्यासम्बन्धी प्रतिवेदनले युनुस जेल गएकाले नै जमिममाथि पहिले आक्रमण भएको तथ्य बाहिर ल्याएको छ। जमिमको हत्यापछि  युनुसमाथि आक्रमण भएको हो। र, युनुसमाथि गोली प्रहारसम्बन्धी छानबीन प्रतिवेदनले अर्को खुलासा गरेको छ- उनी जेल जानुअघि वा  गएलगत्तै पारसमाथि आक्रमणको योजना बुनिएको थियो। यस हिसाबले जमिमको हकमा सहजता नभएको भए उनको स्थानमा पारस हुन्थे।  जमिम हत्यामा पक्राउ परेका केही अभियुक्तका अनुसार हत्याराले भारतबाट तीन-चार जनाको हत्याका लागि सुपारी लिएर आएको बताउने  गरेका थिए। अझ युनुस अन्सारीले वीरगन्जको अल्ताफ भन्ने व्यक्ति २०६६ मंसिर २० मा अन्य सात-आठ जनासहित आफूलाई खत्तम गर्न  आएको कुरा सुनेको र अल्ताफ वीरगन्जस्थित भारतीय वाणिज्य दूतावासमा पटकपटक जाने गरेको बताएका छन्। जमिम मारिएका छन्,  युनुसमाथिको आक्रमण असफल भएको छ। बाँकी सुपारी कसका लागि थिए ? एउटा पारस अरू ?

(कान्तिपुर दैनिकमा कार्यरत पत्रकार सरोजराज अधिकारीको आज शुक्रबार सार्वजनिक हुन लागेको नयाँ कृति 'चक्रव्यूहमा चन्द्रसूर्य’ बाट  उद्धरण गरिएका केही महत्त्वपूर्ण परिच्छेदहरूको सम्पादित अंश)

Monday, November 26, 2012

पूर्व युवराज पारस शाह थाइल्याण्डमा पक्राउ


काठमाडौं, मंसिर, १२ । पूर्वयुवराज पारस शाह थाइल्याण्डमा एक महिनाअघि प्रतिबन्धित लागु औषधसहित पक्राउ परेको खुलेको छ । धरौटीमा हिरासतमुक्त उनी अहिले थाई अदालतमा लागुऔषध मुद्दाको तारेख खेपिरहेका छन् ।
गुपचुप राखिएको यो घटनाबारे नेपाल र थाई दुवै सरकार मौन छन् । विश्वस्त स्रोतका अनुसार कात्तिक ७ गते पर्यटकीय सहर फुकेटमा रहेको उनको निजी निवास छापा मार्दा प्रहरीले ३ दशमलब ४ ग्राम गाँजा फेला पारेको खबर नागरिक दैनिकले छापेको छ ।
पारसले भने बरामद गरेको गाँजा आफ्नो नभएको दाबी गरे पनि प्रहरीले उनलाई कार्यालय पुर्‍याएको थियो । उनले फुकेट प्रहरी हिरासतमा एक रात काटेका थिए । दोस्रो दिन एक थाई नागरिकले १० हजार भाट धरौटी राखेर उनलाई छुटाएका थिए । उनी अहिले १२-१२ दिन तारेख थाम्न अदालत पुग्ने गरेका छन् ।
थाई कानुन अनुसार लागुऔषध मुद्दाको छिनोफानो हुन कम्तीमा तीन महिना लाग्ने गरेको छ । पूर्वयुवराज पारस शाह पक्राउ परेको बारे थाई प्रहरीले कात्तिक ११ गते नेपाली दूतावासलाई जानकारी गराएको थियो । लगत्तै उक्त खबर परराष्ट्र र गृहमन्त्रालयसम्म आएको थियो ।

Sunday, November 25, 2012

'गोली खान तयार छु, बालुवाटार छाड्दिनँ'


राष्ट्रपति र अध्यक्ष मिलेर मलाई कू गर्न खोज्दैछन् : प्रम 
प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर ११ - प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति रामवरण यादव र आफ्नै पार्टी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले योजनाबद्ध तरिकाले आफूलाई बर्खास्त गर्न खोजेको आरोप लगाएका छन्। 
सरकारी निवास बालुवाटारमा शनिबार आफूनिकट नेताहरुसँग प्रधानमन्त्री भट्टराईले राष्ट्रपति यादव र अध्यक्ष दाहालको मिलिभगतमा आफूलाई बर्खास्त गर्ने योजना बनेको र त्यसलाई जसरी पनि विफल पार्नुपर्ने बताएका थिए।
'राष्ट्रपति र अध्यक्ष प्रचण्ड (दाहाल) बीच दमननाथ ढुंगानालाई प्रधानमन्त्री र कृष्णबहादुर महरालाई गृहमन्त्री बनाउने सहमति भइसकेको मैले सुनिरहेको छु,' प्रधानमन्त्रीले शुभेच्छुकसँग गुनासो गरे, 'तर दुवैको योजनालाई नै यसरी म विफल पारिदिनेछु कि उनीहरुले सोच्न पनि सक्दैनन्।'
प्रधानमन्त्री भट्टराईले त्यही योजना विफल पार्न आइतबार आकस्मिक मन्त्रिपरिषद् डाकेर सात दिनभित्र सहमति जुटाउन राष्ट्रपतिले गरेको आह्वानलाई असंवैधानिक भएको निर्णय गराएका थिए।
'राजनीतिक सहमति जुटे आफू बाधक बन्दिनँ भनेर प्रधानमन्त्री स्वयंले राष्ट्रपतिलाई भन्नुभएको थियो, सहमतिका लागि १५ दिन अझै प्रयास गर्छु पनि भन्नुभएको थियो,' प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले नागरिकसँग भने, 'तर त्यसको भोलिपल्टै कूको शैलीमा सात दिनको म्याद राखी आह्वान भएपछि स्वाभाविक रुपमा जो पनि रुष्ट हुन्छ।'
प्रधानमन्त्री स्वयं सरकार छाड्ने 'मुड' मा रहेको र त्यस्तो जानकारी गराएको भोलिपल्ट अचानक सहमतीय सरकारका लागि आह्वान गरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेकाले सरकारले त्यसलाई असंवैधानिक भनी औपचारिक निर्णय गरेको पौडेलले जानकारी दिए। यद्यपि, राजनीतिक दलबीच सहमति जुटे सहज रुपमा सरकारबाट बाहिरिने योजनामा प्रधानमन्त्री भट्टराई अझै पनि रहेको पौडेलले दाबी गरे।
सहमतिबिना आफैलाई हटाउन प्रयास भइरहेको भन्दै प्रधानमन्त्री भट्टराईले त्यसको खरो प्रतिकार गर्न निकटस्थलाई निर्देशन दिएका थिए। 'म गोली खान तयार छु, तर सहमतिबिना बालुवाटार छाड्दिनँ,' प्रधानमन्त्रीको आक्रोश थियो, 'अनि हेर्छु, राष्ट्रपति र अध्यक्षले कसरी मेरो सहमतिबिना निर्णय गरेर जाँदा रहेछन्? मलाई बालुवाटारबाट कसरी हटाउँदा रहेछन्?'
सरकारबाट आफूलाई हटाउन सक्ने संवैधानिक र कानुनी आधार कसैसँग नभएको भट्टराईको दाबी थियो।
अध्यक्ष निवास लाजिम्पाटमा बिहान भएको निर्णयअनुसार नै प्रेस विज्ञप्ति सार्वजनिक नगरेकोमा अपराह्न प्रधानमन्त्रीले निकटका नेताहरुसँग अध्यक्ष दाहालप्रति आक्रोश पोखेका थिए। 'बिहान (विघटित स्थायी समितिको बैठक) प्रेस विज्ञप्ति निकाल्ने निर्णय भएको थियो, तर राष्ट्रपतिसँग भेटेर आएपछि अध्यक्षले उल्टो पो बोल्नुभयो,' प्रधानमन्त्रीको आक्रोश थियो, 'मलाई यहाँ राष्ट्रपतिले यस्तो अप्ठेरो पार्नुभएको छ, अध्यक्ष भने ठिक गर्नुभएको छ भनेर मिडियासँग बोल्नुहुन्छ, यो पनि कुनै तरिका हो?' निर्णयअनुसार पार्टीले प्रेस विज्ञप्ति सार्वजनिक नगरेको र अध्यक्ष दाहालले राष्ट्रपति आह्वान सकारात्मक भन्दै पक्षमा अभिव्यक्ति दिएपछि प्रधानमन्त्री भट्टराई शनिबार दिनभर निकै आक्रोशित देखिएका थिए।
बालुवाटारमा आफू निकटसँग कुराकानी गरेपछि उनी सोझै पार्टी मुख्यालय पेरिसडाँडा गएर दाहालसित विज्ञप्ति सार्वजनिक नगरेको र राष्ट्रपतिको आह्वान 'सकारात्मक' भनी दिएको अभिव्यक्तिको आधारबारे प्रस्टीकरण माग गरेको बालुवाटारस्रोतले जनायो। जवाफमा अध्यक्ष दाहालले राष्ट्रपति यादवबाट कुनै पनि थप कदम चालिने संकेत आफूले नपाएको भन्दै प्रधानमन्त्री भट्टराईलाई विश्वस्त तुल्याउने कोशिस गरेका थिए। 'राष्ट्रपतिले सात दिनको समयसीमा सकिए पाँच दिन थप गर्ने, सो सकिए तीन दिन थप गर्ने र सो पनि सकिए एक दिन थप गरी सम्पूर्ण प्रक्रियाबाट ब्याक हुन्छु भन्नुभएको छ,' दाहालले प्रधानमन्त्रीलाई जवाफ दिँदै भनेका थिए, 'त्यसकारण तपाईं आत्तिहाल्नुपर्ने अवस्था छैन, म चाहिँ ढुक्क र विश्वस्त छु।'
लामो छलफलपछि प्रधानमन्त्री भट्टराई र अध्यक्ष दाहालबीच राष्ट्रपतिको आह्वानलाई 'असंवैधानिक' रुपमा लिने सहमति बनेको थियो। सोही सहमतिअनुसार सत्तारुढ घटक संघीय लोकतान्त्रिक गठबन्धनको बैठकमा प्रवेश गरेका प्रधानमन्त्री भट्टराई र अध्यक्ष दाहालले राष्ट्रपति आह्वानलाई 'असंवैधानिक' भएको संयुक्त धारणा राखेका थिए। तर, राष्ट्रपतिको आह्वानबारे माओवादीमा स्पष्ट दुई धार देखा परेको महसुस गरेपछि तराई मधेस लोकतान्त्रिक पार्टी, नेपालका अध्यक्ष महेन्द्र यादवले त्यसबारे प्रस्ट्याउन माग गरेका थिए। जवाफमा दुवैले असंवैधानिक भनेपछि गठबन्धनले पनि सोही निष्कर्ष निकालेको थियो।
'तैपनि सधैंझैँ पार्टीको आधिकारिक इमेल ठेगानाबाट सञ्चारकर्मीलाई गठबन्धनको निर्णयबारे इमेल पठाउन मुख्यालयमा एकपटक अवरोध सिर्जना गरियो,' भट्टराईका एक सहयोगीले गुनासो गरे, 'न त पार्टीले राष्ट्रपतिको आह्वानको विरुद्धमा विज्ञप्ति निकाल्यो, न त गठबन्धनको विज्ञप्ति नै पठाउन दियो।'
प्रधानमन्त्रीका सल्लाहकार पौडेल भने प्रधानमन्त्री भट्टराई र अध्यक्ष दाहालबीच कुनै तिक्तता नरहेको जिकिर गर्छन्। 'हिजो केही समय प्रधानमन्त्री र अध्यक्षबीच केही असहमतिजस्तो देखिएको थियो तर अहिले केही छैन,' पौडेलले नागरिकसँग भने, 'अब राष्ट्रपतिको आह्वानविरुद्ध एकजुट भई डटेर सामना गर्ने समझदारी भइसकेको छ।'

प्रशासनिक उच्च पदमा आदिवासीको पहुँच


- कृष्णकुमार तामाङ
नेपालका मूलबासी मंगोल समुदाय किन प्रशासनका उच्च पदहरूमा वा राज्यका अन्य संयन्त्रहरूमा न्यून छन्? पढे–लेखेका मूलबासी मंगोलहरूले लोक सेवा आयोग, प्रहरी सेवा वा अन्य सरकारी पदहरूमा नाम निकाल्न किन सफल हुँदैनन्? मूलबासी मंगोल समुदायहरू के साँच्चिकै कमजोर छन् त? यस प्रश्नको स्पष्ट जवाफ डा. बाबुराम भट्टराईद्वारा गठन गरिएको ४९ सदस्यीय मन्त्री परिषद् र सशस्त्र प्रहरीका डीआईजीहरूको एआईजीमा गरेको बढुवालाई हेरे पुग्छ। ४९ सदस्यीय मन्त्रिमण्डलमा दलित समुदायका तर्फबाट एकजना पनि मन्त्री नहुनु र वरिष्ठ डीआईजी कृष्णकुमार तामाङलाई षड्यन्त्रमूलक ढंगले एआईजीमा बढुवा नगर्नुले यस कुराको पुष्टि हुन गएको छ। डा. भट्टराईले आफ्नै १३ दिने भाइ ऋषबदेव भट्टराईलाई एआईजीमा बढुवा गरेका छन्। जो वरिष्ठ डीआईजी कृष्णकुमार तामाङभन्दा दुई वर्ष कनिष्ठ हुन्।  
डा. बाबुराम भट्टराई नेतृत्वको सरकारबाट डीआईजीमा गरिएको बढुवा प्रकरणले राम्रो काम गरेर देखाउने, बढुवा हुने र आफ्नो करियर बनाउने योजनामा लागेका प्रहरीहरूलाई कार्तिक १७ गते गरेको बढुवाले ठूलो झापड दिएको छ। भट्टराई नेतृत्वको सरकारले कार्तिक १७ गते मनलागी बढुवा गरेपछि ६० हजारको संख्यामा रहेको नेपाल प्रहरी र ३३ हजारको संख्यामा रहेको सशस्त्र प्रहरी बलमा नराम्रो असर परेको छ। डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका डीआईजीहरूको मनोमानी तरिकाले बढुवा गरेपछि राम्रो काम गर्नुभन्दा पार्टीको पछि लाग्नु, भ्रष्टाचार गरेर नेतालाई पैसा बुझाउनु अनि बढुवा हुनु, पैसा र शक्ति भएपछि जे पनि हुन्छ भन्ने सन्देश प्रहरीवृत्तमा गएको छ। 
प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले वरिष्ठतालाई लत्याएर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा षड्यन्त्रपूर्ण तरिकाले बढुवा गरेपछि दुवै प्रहरी संगठनमा माथिदेखि तलसम्म तीव्र असन्तोष फैलिएको छ। यसभन्दा अघि एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले पनि वरिष्ठतालाई लत्याएर रविन्द्रप्रताप शाहलाई बढुवा नगरी सुडान कान्डका मतियार रमेशचन्द्र ठकुरीलाई प्रहरी महानिरिक्षक बनाएका थिए। बाबुराम भट्टराई नेतृत्वको सरकारले डीआईजीहरूको ईमान्दारपूर्वक बढुवा गरेको भए यतिखेर नेपाल प्रहरीका एआईजीमा दिनकशम्शेर राणा, सशस्त्र प्रहरी बलको एआईंजीमा कृष्णकुमार तामाङ र प्रकाश ओझा हुने थिए। 
डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाल प्रहरीका वरिष्ठतामा एक नम्बरमा रहेका डीआईजी दिनकशम्सेर राणालाई छोडेर दोस्रो नम्बरका नवराज ढकाल र तेस्रो नम्बरमा रहेका भीष्म प्रसाईंलाई एआईजीमा बढुवा गरेका हुन्। ढकाल र प्रसाईं दुवै जना पटक–पटक विवादमा पर्दै आएका प्रहरी अधिकृत हुन्। भट्टराई नेतृत्वको सरकारले नेपाल प्रहरीमा मात्र होइन, सशस्त्र प्रहरी बलको बढुवा पनि चरम रूपमा हस्तक्षेप गरेको छ। सशस्त्र प्रहरी बलका अधिकृतहरूका अनुसार डीआईजीहरूको मनोमानी तरिकाले गरेको बढुवा सशस्त्र प्रहरी बलमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो राजनीतिक हस्तक्षेप भएको बताउँछन्। सशस्त्र प्रहरी बलमा आठौँ र दशौँ नम्बरका डीआईजी ऋषबदेव भट्टराई र जीवनकुमार थापालाई मनोमानी ढंगले एआइजीमा बढुवा गरेका छन्। कृष्णकुमार तामाङ र प्रकाश ओझाजस्ता क्षमतावान र प्रभावशाली डीआइजीहरूलाई बढुवा नगरी आठौँ र दशौँ नम्बरका डीआइजीहरूलाई एआइजीमा बढुवा गर्नुले भट्टराई सरकारको नियत ऐनाजस्तै छर्लङ्ग हुन पुगेको छ। ऋषबदेव भट्टराई र जीवनकुमार थापा वरिष्ट डीआइजी कृष्णकुमार तामाङभन्दा २ वर्ष कनिष्ठ रहेका थाहा भएको छ। सेनामा कार्यरत रहँदा शान्ति मिशनमा गोली चोरी बिक्री गरेको कारण कोर्टमार्शलको सजाय पाएका ऋषवदेव भट्टराई, प्रधानमन्त्री डा. बाबुराम भट्टराईको १३ दिने भाइ हुन्। 
२०४२ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका जीवनकुमार थापा सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक सनतकुमार बस्नेतका बहिनी ज्वाइँ भएको बताइन्छ। उनी २०४६ सालमा प्रहरी इन्सपेक्टर भएका थिए। २०४३ सालमा भएको खुला प्रतिस्पर्धाबाट कृष्णकुमार तामाङ नेपाल प्रहरीका इन्सपेक्टर भएका हुन्। उनी २०५७ सालमा सशस्त्र प्रहरी बलको गठन हुँदा एसपी भएका थिए। त्यस समय भट्टराई र थापा दुवै जना जुनियर डीएसपी रहेका थिए। प्रधानमन्त्री कार्यालयनिकट उच्च सूत्रका अनुसार कृष्णकुमार तामाङलाई डीआइजीबाट नै घर पठाउने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको योजनाअनुसार तामाङलाई एआइजीमा बढुवा नगरी आफ्नो १३ दिने भाई ऋषबदेव भट्टराईलाई एआइजीमा बढुवा गरेको थाहा हुन आएको छ। एआइजीमा बढुवा नभए तामाङले २०६९ जेष्ठ महिनाबाट अनिवार्य अवकाश पाई घर जानुपर्र्ने हुन्छ। प्रहरी सहायक निरीक्षक हुँदा नराम्रोसँगं छपि विगारेका जीवनकुमार थापा २०४६ सालमा भएको पञ्चायत विरोधी जनआन्दोलनका क्रममा काठमाडौंको पुतलीसडकस्थित पद्मोदय मोडमा खटिएका थिए। त्यस क्रममा उनले आन्दोलनकारीमाथि जथाभावी लाठी चार्ज गरेको र आफ्नो कमाण्डमा रहेको फोर्सलाई कन्ट्रोल गर्न नसकेका कारण तत्कालीन उपत्यका प्रमुख रहेका डीआइजी अच्युतकृष्ण खरेलले महेन्द्र पुलिस क्लबको चौरमा बोलाई त्यहाँ भएका सबै प्रहरीका अगाडि कान निमोठ्दै एक थप्पड हानेका थिए। जीवनकुमार थापाले नेपाल प्रहरीमा हुँदा विभिन्न किसिमका अवैध क्रियाकलाप गरेको कारण बढुवा हुने सम्भावना नदेखेपछि सशस्त्र प्रहरी बलमा गएका हुन्। कृष्णकुमार तामाङलाई डा. बाबुराम भट्टराई नेतृत्वको वाहुनवादी सोच र चिन्तन बोकेको सरकारले जातीयताकै आधारमा अन्यायपूर्वक र पक्षपातपूर्ण तरिकाबाट एआइजीमा बढुवा नगरी उनीभन्दा २ वर्ष कनिष्ठ ऋषबदेव भट्टराई र जीवनकुमार थापालाई एआइजीमा बढुवा गरेपछि तामाङले हिनताबोधका साथ उनीहरूलाई सलाम ठोकेर काम गर्नुपर्ने भएको छ। जातीयताकै आधारमा तामाङमाथि भएको शोषण, दमन, अन्याय र अत्याचारको असर नेपालको सिंगो आदिबासीमाथि पर्न गएको छ। सशस्त्र प्रहरी बलजस्तो जिम्मेवारी बोकेको संगठनमा जातीयताकै आधारमा यस किसिमको भेदभाव र षड्यन्त्र गरिन्छ भने देशको शान्ति, सुरक्षाजस्तो गहन, गम्भीर र संवेदनशील जिम्मेवारी बोकेको फोर्स आफ्नो पेशा र कर्तव्यप्रति कसरी जिम्मेवार हुन सक्छ? कृष्णकुमार तामाङमाथि जातीयताकै आधारमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको षड्यन्त्रका कारण भोलिका दिनमा त्यो संगठन कसरी अनुशासित र एकढिक्का भएर अगाडि बढ्न सक्छ? सर्वत्र चासोको विषय बनेको छ। बाहुनवादी शासकहरूबाट जातीयताकै आधारमा आदिवासीहरूमाथि हुने गरेको यस किसिमको भेदभाव, शोषण, दमन, अन्याय र अत्याचारका कारण नेपाल नराम्रोसँग विद्रोह र गृहयुद्धमा फँस्न सक्छ? बाहुनवादी शासकहरूबाट हुने गरेको यस किसिमको भेदभावपूर्ण व्यवहारले जातीय सद्भाव र सुमधुरता ल्याउँछ कि जातीय सद्भाव र विग्रह? नेपाली नागरिक र अन्तर्राष्ट्रिय समुदायले सोच्नुपर्ने मुख्य कुरा यही हो। डीआइजी तामाङमाथि गरेको जस्तै षड्यन्त्र एकल जातीय र बाहुनवादी चिन्तनले ग्रस्त बाहुनवादी शासकहरूले गरिरहने हो भने बाहुनवादी शासकहरूका विरुद्ध विद्रोह गर्दै अघि बढ्ने दिन पनि आउन सक्छ। शान्ति र संविधान प्रति जिम्मेवार हुने पक्षधर शक्तिहरूले यो कुरालाई सोच्नैपर्छ। यसका लागि तत्काल कृष्णकुमार तामाङ, ऋषवदेव भट्टराई र जीवनकुमार थापाको बढुवालाई सच्चाइनुपर्छ। तामाङमाथि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारबाट जातीयताकै आधारमा गरेको षड्यन्त्र र भेदभावका कारण नेपालका सम्पूर्ण आदिबासीहरूको विश्वास र भावनामा ठूलो चोट पुग्न गएको छ। बाहुनवादी शासकहरूबाट नेपालका आदिबासीहरूमािथ जातीयताकै आधारमा गरिने कुनै पनि षड्यन्त्र र योजनाहरू अबका दिनमा सफल हुन सक्दैन। यस्तो सोचका शासकहरूबाट हुने गरेका सबै षड्यन्त्रहरू नेपालका आदिबासीहरूले बुझिसकेका छन्। इतिहासदेखि नै आदिबासीहरूमाथि जातीयताकै आधारमा हुने गरेको षड्यन्त्रका कारण नेपालमा अझै ठूलो विद्रोह हुने सम्भावना रहेको देखिन्छ। नेपालको पूर्वी भेगमा लिम्बुहरूले छुट्टै राज्यको माग गर्नु र किराँत जनवादी वर्कसजस्ता संगठनले छुट्टै राज्यको माग गर्दै विद्रोह गर्नु, पछिल्लो समयमा देखापरेका उपेन्द्र घर्ती मगरजस्ता विद्रोहीहरू त प्रतिनिधि पात्र मात्रै छन्। यस्ता भेदभावको झिल्कोमा झुसिने नदेखिएका हजारौँ आदिवासी युवाहरू भुसको आगोझैँ भित्रभित्रै जलिरहेका छन्। यसले ठूलो ज्वालाको रूप नलिइयोस्, सम्पूर्ण नेपाली जनता र देश द्वन्द्वमा नफसोस्, नजलोस्। अहिले फेसबुक र टि्वटरजस्ता सामाजिक संजालहरूमा देखापरेको जातीय विग्रह र विद्रोहका स्वरहरू खुला मैदानमा विष्फोट नहोस्। कृष्णकुमार तामाङमाथि जातीयताकै आधारमा बाहुनवादी राज्यसत्ता र शासकहरूबाट भएको षड्यन्त्र, शोषण, दमन, अन्याय, अत्याचार र भेदभावका विरुद्ध नेपालका सम्पूर्ण देशभक्त बुद्धिजिवी र नागरिक समुदायले आवाज उठाउँदै भट्टराई नेतृत्वको सरकारले गरेको गलत निर्णय सच्चाउन पहल गर्नु नै सच्चा र इमान्दार कदम हुनेछ। स्मरण रहोस्, आफ्नो खुबी, क्षमता, योग्यता, इमान्दारिता र निष्ठाको आधारमा प्रशासनको उच्च पदमा पुगेका आदिवासीहरूमाथि नराम्रो सोच र चिन्तनले ग्रस्त राज्यसत्ताबाट हुने गरेको षड्यन्त्रपूर्ण गतिविधि र क्रियाकलापलाई नेपालका आदिवासीहरूले सूक्ष्म रूपमा हेरिरहेका छन्। नेपाल प्रहरीकै इतिहासमा पहिलो पीएचडी गर्ने योग्य, कर्तव्यनिष्ठ, इमान्दार र निष्कलंक छवि भएका एआइजी डा. गोविन्दप्रसाद थापा मगरलाई जातीयताकै आधारमा कुनै पनि जिम्मेवारी नदिई षड्यन्त्रमूलक तरिकाबाट आइजीपी बन्न नदिई घर पठाइएको घटनालाई नेपालका आदिबासीहरूले अहिलेसम्म पनि बिर्सन सकेका छैनन्। एआइजी डा. गोविन्द्रप्रसाद थापा मगरमािथ तत्कालीन एकतन्त्रीय निरंकुश शासकहरूले गरेको जस्तै षड्यन्त्र डीआइजी कृष्णकुमार तामाङमाथि गर्नेहरूलाई पनि भोलिको दिनमा त्यसरी नै फ्याँक्ने छन्। कृष्णकुमार तामाङमाथि भएको एकल जातीय षड्यन्त्र र भविष्यमा अन्य आदिबासीहरूमाथि हुन सक्ने षड्यन्त्रका विरुद्ध नेपालका आदिबासीहरू चनाखो भएर बसेका छन्। एक तन्त्रीय निरंकुश शासन व्यवस्था उखेलेर फ्याँक्न सक्ने नेपाली जनता अब एकल जातीय चिन्तन बोकेको शासन व्यवस्थाका नामोनिशान मेटाउने तर्फ एकजुट भई अग्रसर भइरहेका छन्। आदिवासी समुदायमाथि एकल जातीय निरंकुश, हैकमवादी, बाहुनवादी शासन व्यवस्थाद्वारा हुने गरेको यस्तै शोषण, दमन, अन्याय र अत्याचारजस्ता षड्यन्त्रका कारण आदिबासी समुदायहरू एकजुट भएकै कारण एकल जातीय बाहुनवादी राज्यसत्ताको नामोनिशान मेटिने वातावरण बन्दै गइरहेको छ। डा. बाबुराम भट्टराईजस्ता बुद्धिजीवी भनिएका व्यक्तिले पनि एकल जातीय, हैकमवादी र भेदभावरूपी शासन व्यवस्था चलाउन खाल्टो खनिरहेका छन्। तिनीहरू स्वंयम् नै त्यस खाल्टोमा पुरिने छन्। नेपालको आदिबासीहरूको चाहना र समयको माग पनि यही हो।
प्रकाशन मिती ७ मंसिर २०६८ (हिमालय टाईम्स दैनिक) 
लेखक हाल सशस्त्र प्रहरी बलको एआईजी पदमा  बहल हुनुहुन्छ ।

Thursday, November 22, 2012

सात राजनीतिक संगठन बिच कार्यगत एकता

पहिचान सहितको संघियता र संघियता सहितको सम्बिधान निर्माण गर्नको निम्ती दबाब दिने उद्धेशेले मंगोल डेमोक्रेटिक पार्टी लगायत अन्य ६ वटा संगठनहरु मिलेर काठ्माण्डौमा पत्रकार सम्मेलन गरी शसक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

ती संगठनहरु हुन । १) मंगोल डेमोक्रेटिक पार्टी
२) संयुक्त जातिय मुक्ती मोर्चा नेपाल
३) किरात जनवादी वर्कश पार्टी
४) संयुक्त खम्बुवान राष्ट्रीय मोर्चा
५) मंगोल मूलबासी पार्टी ( गोपाल गुरुङको एमएनओबाट बिद्रोह गरेको समुह)
६) वल्लो किराँत (कोईचवान) फोर्स र
७) लिम्बुवान स्टेट फोर्स बिच कार्यगत एकता गरी अघी बढ्ने निर्णय गरेको छ ।
थप जानकारिको निम्ती : ९७४१०७८६९९

Tuesday, November 13, 2012

मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा


काठमाण्डौ: संसार तिमीहरुको हो, हाम्रो पनि हो, तर अन्तिम बिश्लेषणमा तिमीहरुकै हो । शक्ती र चेतना पूर्ण तपाईं युवा-युवातिहरु बिहान आठ-नौ बजेको सुर्यझै जिबनको फक्रँदो बेलामा छौँ । हाम्रो आशा तपाईहरुमा रहेको छ । संसार तपाईहरुको हातमा छ । नेपाल र नेपाली जनताको भबिष्य तपाईहरुकै हातमा छ । मंगोल डेमोक्रेटिक पार्टीद्वार राप्ती पहाडमा संचालन गरेको बृहत प्रशिक्षण कार्यक्रममा ब्यक्ता गरिएको भनाई । उक्त कार्यक्रमको बिबरणहरु सिडिमा पनी हेर्न सकिन्छ ।
नेपालका मूलबासी मंगोल समुदायलाई बाहुनबादी शासकहरुले गर्ने गरेको अन्याय, अत्याचार, शोषन, दमनबाट मुक्त गराउने उद्देसेले मंगोल डेमोक्रेटिक पार्टीका हजारौ कार्यकर्ताहरु राष्ट्रीय मुक्ति आन्दोलनमा सहाभागी भएका छन् ।
राष्ट्रीय मुक्ति आन्दोलनमा सहाभागी भएकाहरुले लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तिय सरकारको बारेमा नागरिकहरुलाई प्रशिक्षण दिने र यस्को महत्व बुझाउने छ । मंगोल डेमोक्रेटिक पार्टी बाहुनबादी शासकहरुको अन्याय अत्यचार बाट शोसित पिडित नागरिक जनसमुदायलाई बाहुनबादी राजनीतिक दलहरुबाट बिद्रोह गरी मंगोल डेमोक्रेटिक पार्टीले गरी रहेको राष्ट्रीय मुक्ती आन्दोलनमा सहाभागी भई जिम्मेवारी भूमिका निर्बह गर्न हार्दिक अनुरोध गर्दछ । 
नयाँ संबिधानमा राष्ट्रीयताको आधरमा पहिचान सहितको संघियता र संघियता सहितको सम्बिधान निर्माण गर्न बाहुनबादी राजनीतिक दलहरु तयार नभएकोले र नेपालको मूलबासी मंगोल समुदाय माथि हुने शोषन, दमन्, अन्याय र अत्यचार जस्ताको जस्तै रह्ने भएकोले मूलबासी मंगोल समुदायलाई मंगोल डेमोक्रेटिक पार्टीले गर्न लागी रहेको शान्ती पूर्ण राष्ट्रीय मुक्ती आन्दोलनमा सहभागी भईदिनुहुन हार्दिक अपिल गर्दछौ । नयाँ संबिधानमा राष्ट्रीयताको आधरमा पहिचान र सामर्थ्या (जस्तै लिम्बुवान, किरात, तामाङसालिङ, नेवा, तमुवान, मगरात र थरुवान) सहितको संघिया  शासन ब्यवस्था हुनुपर्छ भन्ने मंगोल डेमोक्रेटिक पार्टीको धारणा रहेको छ ।

१६औं शताब्दीतिर इस्ट इन्डीया कम्पनी भारतमा व्यापारिक रुपमा भित्रीए पछिको इतिहास बोकेका अंग्रेजहरुलाइ एमके गान्धीले 'भारत छोडो' भन्ने नारा दिएर किन लडाइ छेड्नु पर्‍यो? 'बृटिस साम्राज्यमा घाम कहिल्यै अस्ताउदैन' भनेर चुरीफुरी गर्ने अंग्रेजहरुले ४ सय वर्ष पछि भारतबाट किन सुइकुच्चा ठोक्नु पर्‍यो? तीस लाख वर्ग माइल ओगटेर बस्ने अंग्रेजहरुको हालत कसरी विस्तार विस्तार बेहालत हुन पुग्यो? त्यहाँका मुलबासी बिउँझे पछि म्यानमारबाट (बर्मा) भारतीय र नेपालीलाइ किन खेदे? फिजिमा के भयो? रोडेसीयाका प्रधान मन्त्री इयन स्मिथको के गति भयो? मूलबासी कालाहरु बिउँझीएर उठे-जुटे पछि जिम्वाबेमा के भयो? गोरा आर्यन राष्ट्रपति डीक्लर्कको चुरीफुरी-परस्पर जुझाउने-लडाउने-भिडाउने सडयन्त्र कसरी तहसनहस भयो? अल्पसंख्याक गोरा आर्यनहरुले दक्षिण अफ्रीकामा नेलशन मन्डेलालाई कसरी बाध्यातात्मक सत्ता सुम्पनुपर्‍यो? बोलिभीयामा के भयो ? संसारकै शक्ति सम्पन्न एकमात्र धनी र शक्तिशाली राष्ट्र अमेरीकामा कसरी त्यहाँका बहुसंख्याक मूलबासी काला मुस्लिम बाराक हुसेन ओबामा राष्ट्रपति भएका छन्? अमेरिकाकै रिपब्लिकन पार्टीका अध्यक्षमा कसरी काला मूलबासी चुनिए? यि तथ्य र सत्य बुझ्नुपर्छ; बुझेर बुझपचाउनु हुन्न। 
शंकरदिगबिजय-मनुको नियम-पुग नपुग हजार वर्ष अघि लेखिएको काल्पनिक उपन्यास महाभारत-रामायण पढेर परस्पर दाजु-भाइलाई लडाएर, एकलब्यलाइ वर्णकै विभेदले औंला काट्न लगाएर, प्रल्हादलाइ आफ्नै बाबु मार्न लगाइ हिरण्यकसिपुको श्रीसम्पत्ति लुट्नमा गर्व गर्नेहरुले अब यो कल्पना गर्न नछाडें संकट निम्त्याउँछ। एकलब्य मंगोल थिए, शंकराचार्य हिन्दु काला आर्यन बाहुन। परस्परमा लड्ने भिड्ने सुग्रीब वाली मंगोल थिए । मंगोल डेमोक्रेटिक पार्टी आगामि भष्यिमा निर्माण गरिने संवैधानिक दफाहरुको केन्द्र विन्दुमा केन्द्रीत हुनु अघि निम्न हरफहरुप्रति आकर्षण गर्न चाहन्छ । अब निर्माण गरिने संविधानलाइ पनि गफास्टहरुको गफ, ढुंगालाइ दुध र मान्छेलाई मुत खुवाउने संस्कारको बनाइएको खण्डमा र हेपाहा नीति अपनाउने दुष्टतापुर्ण हेपाहा निती अपनाएर सम्पुर्ण नेपालीको हितार्थ नबनाईएको खण्डमा यो पनि २०४७ (१९९०) को संविधान जस्तै अल्पायुको त हुन्छ नै किन्तु मुलुकमा ज्वालामुखी विष्फोटन भै त्यसको लाभा जताततै पहाड, तराई र मधेशको चेपचापबाट पनि बग्नसक्ने हुनेछ र निर्ममता बोकेको भुकम्प ल्याउने प्रकारको पनि हुनेछ।
आजसम्मकै निर्माणीत तथाकथीत संविधानको, अन्तरिम संविधानको छैटौं संसोधित संस्करण सम्मलाइ गहिरिएर हेर्ने हो भने २० प्रतिशत हिन्दु काला आर्यन वाहुन छेत्रीहरुले २०४७ (१९९०) को तथाकथीत संविधानमा नेपालका अहिन्दु मूलबासी मंगोललाइ मंगोल नै भन्न दिएको थिएन जब की बाहुन छेत्री जो हिजो शरणार्थीको रुपमा यस मुलुकमा भित्रीएका थिए। ति हिन्दु आर्यनहरुलाइ संविधानको धारा २७ को उपधारा (१) ले हिन्दु आर्यन भन्ने अधिकार सुरक्षीत राखेको थियो। तथाकथीत उक्त संविधानलाइ गफास्टहरु 'एसियाकै उत्कृष्ट संविधान' भनेर भन्ने गर्थे, दंग पर्थे, भाषण छाँट्थे। त्यस तथाकथीत संविधानले प्रमुख र प्रवल सामन्तलाइ विभिन्न रुपमा पुजा गर्दै त्यसैको आडमा तिनीहरु ठडीएका थिए। त्यो तथाकथीत संविधान सम्पुर्ण रुपले ढुंगालाइ दुध र मान्छेलाई मुत खुवाउने संस्कारमा जन्मेका,पालिएका, हुर्केकाहरुको जड, गिदीको जड, उत्पादन थियो र संस्कारगत हिन्दु संस्कारको, हिन्दु संस्कारलाई दिगो र सुरक्षा सहित मलजल हाल्दै हुर्काउने ढाँचाको थियो। नेपालमा हिन्दु भनेको २० प्रतिशत बाहुन छेत्री हिन्दु काला आर्यनमात्र छन्। जसको जनसंख्यामा १६ प्रतिशत छेत्री र ४ प्रतिशत वाहुन छन्। यी हिन्दु आर्यनहरु हाम्रो मुलुक अर्थात अहिन्दु मुलबासी मंगोलको मुलुक नेपालमा सन् १४९५ ताकादेखि भारतका विभिन्न भेगवाट शरणार्थीको रुपमा भित्रेका हुन्।

अल्पायु बोकेर लिखुरे रुपमा ठडाइएको तथाकथीत २०४७ (१९९०) को संवैधानिक धाराहरु ११२, ११३(३) समस्त ८० प्रतिशत अहिन्दु मूलवासी मंगोललाइ, अहिन्दु वुद्धिष्ट, अहिन्दु मुस्लीम, खृष्टियन,सिक र जैनलाई हिन्दुकरण गरी जात जाति भनिएको थियो र धर्म, सम्प्रदायीक्ता, विखण्डनवादीको डर देखाएर गर्दनमा तरवार र पुर्व दरवार टाउकोमा बजारिने गरी मुंग्रो तयार पारेर राखिएको थियो। 'पद, पैसा, ऐन र कानुन हातमा लिए पछि अहिन्दु मुलबासी मंगोल, अहिन्दु वुद्धिष्ट, अहिन्दु मुस्लीम, खृष्टियन, सिक र जैनलाइ जे गर्दा पनि हुन्छ, जसरी कज्याउँदा पनि हुन्छ' भनेर व्यवहार गरिन्थ्यो।
हाम्रो निम्ती अर्थात अहिन्दु  मूलबासी मंगोलको निम्ती ऐन, कानुन, न्याय भनेको हात्तीको दारामात्र थियो र भै रहेकोछ, चपाउने दाँत अर्कै नदेखिनेछ। आज पनि जुनसुकै पार्टीका जुनसुकै प्रकारका डिंग हाँक्ने नेताहरु र जतीसुकै ठूल-ठूला क्रान्तिको हावादारी गफ हाँक्नेहरु पनि तिनीहरुको जन्मसिद्ध संस्कारको घेराभित्रबाट  बाहीरीन सकेका छैनन्। वर्तमान अन्तरिम संविधानमा पनि घुमाइ फीराइ हिन्दु संस्कारलाइ कडा पहरा दिएर संरक्षीत गरिएकोछ र यहाँका ८० प्रतिशत अहिन्दु मुलबासी मंगोललाइ पैताला वनाइ पिस्ने र देशनै नहुने वन्जारा-फिरिंगे-जनजाति (gypsy)  बनाउने प्रवल चेष्टा र अत्यन्त विखालु षडयन्त्र रहस्यमय ढंगले सुरक्षित राख्तै यहाँका मूलबासीहरुलाई आदिवासी (बाहिरवाट भित्रेको) बनाइएको छ।

एकातिर प्रजातन्त्र (रैती कमारो) शब्द भाषणै पिच्छे रगट्नु, अर्कोतिर वर्तमान शक्ति सम्पन्न तिनवटै (क) माओवादी (ख) तथाकथीत एमाले र (ग) फोरम ले जनजाती (gypsy)  देशनै नहुने जमात र बाहिरवाट भित्रेका (आदिवासी) बनाउन चाहानु र भनाउन चाहानु आदिवासी जनजाती भन्नेहरुलाइ ठूलो हन्डी दिएर लोभ्याउन चाहानु फटाक फुटुक लोभ देखाएर पद र पैसा प्रदान गर्नुले के संकेत गर्छ? indigenous भनेको मूलबासी हो। यो शव्दको दुरुपयोग गर्नु र बुझपचाउनु भनेको फेरी अर्को चर्को प्रतिक्रान्ति निम्ताउनु हो। त्यस्तै एकातिर 'धर्मनिरपेक्ष' भनिएको छ। अर्कोतिर हिन्दुहरुकी आमा लक्ष्मी भनिने गाइलाइ राष्ट्रीय पशु भनेर गाइलाई नै यथावत राखिएको छ। यसरी मूलबासी (indigenous) लाई हिजो भित्रेका देशनै नहुने जाति जनजाती (gypsy)  बनाउने भनाउनेमा वाड तहदेखि केन्द्रीय तहका यथास्थीतीवादी भनिनेदेखि लिएर ठूल-ठूला क्रान्तिको चट्के भाषण गर्ने जम्मै हिन्दु काला आर्यन बाहुन छेत्रीहरु एकढीक्का भएर जुटेका छन्; उठेका छन्।
सहि अर्थमा आदिवासी जनजाति (हिजो भित्रेका-देशनै नहुने) जमात भनेको मुगोल (बाबु मंगोल आमा पार्सीयन-इस्लाम) हरुको खेदाइमा परेर यस मुलुकमा शरणार्थीको रुपमा बास र गाँस खोज्दै आएका हिन्दु काला आर्यन बाहुन छेत्रीहरु हुन्। जसको देश न नेपाल हो, न त भारत र इरान नै। यिनीहरु ककसियसबाट हाइटीहरुद्वारा लखेटिएर इरान पसे, त्यसपछि भारत र नेपाल। हाम्रो मुलुकमा बास र गाँस पाए पछि हामीलाई नै उठीबास लगाउँदै आएका छन यिनीहरुले। यस अघिको तथाकथीत् २०४७ (१९९०) को संविधानमा जात जाति भनिनुको अर्थ पनि सम्पुर्णरुपले हिन्दुकरण गरिनु थियो; जसलाइ गफास्टहरु एसीयाकै उत्कृष्ट संविधान भनेर गफ हाँक्थे जसको आयु अल्पायु हुन पुग्यो।


१६औं शताब्दीतिर इस्ट इन्डीया कम्पनी भारतमा व्यापारिक रुपमा भित्रीए पछिको इतिहास बोकेका अंग्रेजहरुलाइ एमके गान्धीले 'भारत छोडो' भन्ने नारा दिएर किन लडाइ छेड्नु पर्‍यो? 'बृटिस साम्राज्यमा घाम कहिल्यै अस्ताउदैन' भनेर चुरीफुरी गर्ने अंग्रेजहरुले ४ सय वर्ष पछि भारतबाट किन सुइकुच्चा ठोक्नु पर्‍यो? तीस लाख वर्ग माइल ओगटेर बस्ने अंग्रेजहरुको हालत कसरी विस्तार विस्तार बेहालत हुन पुग्यो? त्यहाँका मुलबासी बिउँझे पछि म्यानमारबाट (बर्मा) भारतीय र नेपालीलाइ किन खेदे? फिजिमा के भयो? रोडेसीयाका प्रधान मन्त्री इयन स्मिथको के गति भयो? मूलबासी कालाहरु बिउँझीएर उठे-जुटे पछि जिम्वाबेमा के भयो? गोरा आर्यन राष्ट्रपति डीक्लर्कको चुरीफुरी-परस्पर जुझाउने-लडाउने-भिडाउने सडयन्त्र कसरी तहसनहस भयो? अल्पसंख्याक गोरा आर्यनहरुले दक्षिण अफ्रीकामा नेलशन मन्डेलालाई कसरी बाध्यातात्मक सत्ता सुम्पनुपर्‍यो? बोलिभीयामा के भयो ? संसारकै शक्ति सम्पन्न एकमात्र धनी र शक्तिशाली राष्ट्र अमेरीकामा कसरी त्यहाँका बहुसंख्याक मूलबासी काला मुस्लिम बाराक हुसेन ओबामा राष्ट्रपति भएका छन्? अमेरिकाकै रिपब्लिकन पार्टीका अध्यक्षमा कसरी काला मूलबासी चुनिए? यि तथ्य र सत्य बुझ्नुपर्छ; बुझेर बुझपचाउनु हुन्न।
शंकरदिगबिजय-मनुको नियम-पुग नपुग हजार वर्ष अघि लेखिएको काल्पनिक उपन्यास महाभारत-रामायण पढेर परस्पर दाजु-भाइलाई लडाएर, एकलब्यलाइ वर्णकै विभेदले औंला काट्न लगाएर, प्रल्हादलाइ आफ्नै बाबु मार्न लगाइ हिरण्यकसिपुको श्रीसम्पत्ति लुट्नमा गर्व गर्नेहरुले अब यो कल्पना गर्न नछाडें संकट निम्त्याउँछ। एकलब्य मंगोल थिए, शंकराचार्य हिन्दु काला आर्यन बाहुन। परस्परमा लड्ने भिड्ने सुग्रीब वाली मंगोल थिए ।
 बृटिसहरु सधैनै 'बृटिस साम्राज्यमा घाम कहिल्यै अस्ताउँदैन' भनेर दम्भ गर्थे, गोराहरु। घोडामा चढ्नु पर्दा भारतीयलाइ घोप्टो पर्न लगाएर त्यसमाथि टेकेर घोडा चढ्ने गर्थे। तर, यी असहनीय व्यवहारले पल्टा खायो। एमके गान्धीको आह्वानमा टुक्रीएर परस्पर घृणा गर्ने र परस्परमा सुग्रीब र वाली जस्तै लडीरहने भारतीयहरुमात्र होइन मुस्लीमहरुपनि उठे-जुटे  अंग्रेजहरुलाई साझा शत्रु ठानेर। आखिर गान्धीको 'भारत छोडो' आह्वान सशक्त भएर जताततै उम्लनु थाले पछि सन् १६१५ तिर इस्ट इन्डीय कम्पनीको नकाव लगाएर भारत भित्रेका अंग्रेजहरुले कुलेलाम ठोक्न परेको कुरा त चिसिएको छैन भने नेपालमा पनि त्यसो नहोला भनेर कसले भन्न सक्छ? विदेशी काला हिन्दू आर्यनहरुको सेखी झार्नको निम्ती, त्यस्तो संकटकाल ननिम्ताउनको निम्ती अब बन्ने संविधानमा अहिन्दु मुलबासी मंगोल सहित अरुरु अहिन्दुहरुलाई हयाकुलोले थिच्ने र पैतालाले पिस्ने परम्परागत दुष्ट प्रवृती छाडेर मंगोल  डेमोक्रेटिक पार्टीको  निम्न लिखित सल्लाहमा ध्यानाकर्षित हुनै पर्छ जसले गर्दा सबै नेपालीले समतहका नेपाली भएको महसुस गर्न सकोस, सम्मान पुर्वक बाँचेको र सुरक्षित महसुस गर्न सकोस।

नेपालका समस्त अहिन्दु मूलबासी मंगोलहरु राष्ट्रभित्रका राष्ट्रहरु हुन। हाम्रा पुर्ख्यौलीहरुले खेलाएका ढुंगे युगका हातहतियारहरु तिब्रीकोट, बुढानिलकन्ठ, हाङदेवा, नोवलपरासीत्यादी ठाउँहरुमा तीस, बत्तीस, पैतीस र चालीस हजार वर्ष पुरानो मात्र नभएर लाखौं वर्ष पुरानो पनि प्राप्त भएको सर्वविधीतै छ भने पाल्पाको दोभानमा र त्रिवेणी भन्ने ठाउँमा अहिन्दु मूलबासी मंगोल पुर्खाको डेढ सेन्टीमिटर लामो, एक सेन्टीमिटर चौडाको दाँत चट्टानमा चेप्टीएर बसेको फेलापरेको थियो। जुन एक करोड दश लाख वर्ष पुरानो भएको बताइएको छ। यो सत्य तथ्य हामीले दोहोर्‍याइरहनु पर्दैन। सन् १४९५ देखि हिन्दु काला आर्यनहरु अर्थात बाहुन छेत्रीहरु हाम्रो मुलुकमा बास र गाँसको खोजीमा भित्रीन थाले पछि र सन् १५५९ मा द्रव्य शाहा, नारायण अर्याल र गणेश पाण्डेको षडयन्त्रमा कपटपुर्ण ढंगले मंगोल पुर्खाको टाउको गोर्खावाट गिडीन सुरु भए पछि र हिन्दु साम्राज्यवादी पृथ्वी नारायण शाहाले 'असली हिन्दुस्थान भनेको यही हो'। अर्थात हिन्दुहरुको असल र सुरक्षित ठाउँ यही वर्तमान नेपाललाई ठानेपछि हामी अहिन्दु मूलबासी मंगोल माथिको दमन, शोसण र शासनको क्रुरता चरम सिमामा पुर्‍याउँदै हाम्रो सबथोक लुट्दै र चक्नाचुर पार्दै आज हामीलाई यस स्थितिमा पुर्‍याइएको छ। अबको संविधान निर्माताहरुले सत्यलाई टर्रो सम्झेर मुल्यहिन आँक्ने नगरेकै बेस हुनेछ।  
भावी नेपाल र आउँदो पिडीको निम्ती-संविधानको प्रस्तावनामा
(१) लोकतन्त्र अर्थात गणतन्त्र (republic)
(२) धर्म निरपेक्षता (secularism)
(३) प्रान्तीयता (provincial govt)
(४) वाकस्वतन्त्र (freedom of speech)
(५) अभिव्याक्ति स्वतन्त्रता र (freedom of press)
(६) घुमफिर गर्ने स्वतन्त्रता (freedom of movement)  राखिनु पर्छ।
संविधानको पहिलो भागमा राखिनु पर्ने
(१) मूलबासी शब्द राखिनुपर्छ।  
(२) राष्ट्रीय भनिएको अराष्ट्रीय झण्डा परिवर्तन गरिनु पर्छ  । नेपालका वर्तमान झण्डाले चन्द्र वंसी बुद्धिष्टहरु माथि भारतीय सुर्यवंसी राजाहरुको विजय भएको झल्काइएको छ।  
(३) नेपालमा राजस्थानबाट मुगोलको खेदाई पछि वर्तमान नेपाल भित्रेका शाहाहरुले राज्यसत्ता आफ्नो मुठीमा पारेपछि अराष्ट्रीय पोसाक दौरा-सुरुवाल (डोरा सरवाल) र नेपाली बनाइएको मुसलमानी टोपी (fez) लाइ राष्ट्रीय पोसाक बनाइनु र भनाइनु हुन्न। पोसाकलाई आफ्नो ऐक्षिक विषयमा छाडीनुपर्छ।  
(४) राष्ट्रीय जनावर हिन्दुहरुकी आमा तथा ब्रम्हाकी छोरी र स्वास्नी लक्ष्मी भनिने गाइ होइन कस्तुरी मृग राखिनु पर्छ। गाइलाइ एकतर्फी धर्म निरपेक्षलाई हात्तीको दाह्रा जस्तो मात्र बनाएर धर्म निरपेक्षको विरोधमा पर्खाल बनाएर उभ्याइएको छ भने अर्कोतिर निकट भविष्यमा अगतिलो द्वन्द्व निम्ताउनको निम्ती उजन्डवादीहरुले यसो गरेको संकेत मिल्छ।  
(५) अहिन्दू मूलबासी मंगोलहरु राष्ट्रभित्रका राष्ट्रहरु हुन् यिनीहरु प्रतिमात्र होइनन् अपितु अहिन्दु बुद्धिष्ट, अहिन्दु मुस्लिम, अहिन्दू खृष्टियन, सिक र जैनहरु माथि पनि अल्पसंख्यक २० प्रतिसत हिन्दू काला आर्यन बाहुन छेत्रीले राजनैतिक शक्ति आफ्नो मुठीमा पारेर पद र पैसाको घमण्डमा सबै अहिन्दुलाई हिन्दुकरण गरिने दुष्टतापूर्ण प्रयास गरेर जात जाती, प्रजातीत्यादी लेख्ने हेपाहा निती बन्द गरेर त्यस ठाउँमा (क) विभिन्न समुदाय (ख) विभिन्न वर्ग (ग) विभिन्न सम्प्रदाय अथवा विभिन्न थरी लेखिनु पर्छ।
६) अहिन्दू बहुसंख्याक ८० प्रतिशत मूलबासीले शरणार्थीको रुपमा भित्रेर बास गाँस पाएका २० प्रतिशत हिन्दु काला आर्यन बाहुन छेत्रीलाइ न हिजो देउता मानेका थिए न आज मानेका छन् न त भोलीनै मान्छन् यसकारण यो खस लिपीलाइ देउनागरी भन्नु अथवा संविधानमानै लेख्न चटक्कै छाड्नुपर्छ।  
(७) नेपालमा राष्ट्रीय बनाइएको अराष्ट्रीय संम्वतलाई बदली गरी कि अन्तराष्ट्रीय इष्वी सन् की चाहिँ नेपाल संवत् जसलाई नेवारी भन्ने चलन छ चलाइनु पर्छ।  
(८) सम्पर्क भाषामा खस लगायत- अंग्रेजी र हिन्दीलाई पनि सम्पर्क भाषाको मान्यता दिनु पर्छ।  
(९) पाठशालामा प्राथमीक तह देखिनै जम्मै राष्ट्रीय भाषालाइ ऐक्षिक विषय बनाइनु पर्छ र अंग्रेजी र हिन्दी भाषालाई चाहीं खस भाषा सरह प्राथमीक तहबाट नै दरिलो प्रकारले पढाउने गरिनुपर्छ।  
(१०) नेपालका अहिन्दू मूलबासी मंगोलहरु बाध्यताबस संसारको कुनै पनि मुलुकमा पुग्नु परेको भएता पनि उसलाइ दुइ देशीय नागरिक स्वीकार गरी उ नेपाल फर्के पछि स्वयं नागरीक भएको स्वीकारीनु पर्छ भने छुट्टीमा आउँदा, आफन्त भेट्न आउँदा अथवा अन्य कुनै पनि कामले नेपाल आउँदा उसलाई विदेशी सरह भिसा लाग्ने चलन हटाइनु पर्छ र उ नेपालमा बस्दा मानसिक रुपले पनि आफ्नै मुलुकमा भएको महसुस हुने मनस्थीतीको बनाइने गर्नुपर्छ।
राजनैतिक दल सम्वन्धी
राजनैतिक दल सम्बन्धीको संवैधानिक व्यवस्थामा मान्यता प्राप्त राजनैतिक दलमा भेदभाव विहीन समानताको व्यवाहार अपनाइनुपर्छ। हात्ती शरीरले ठूलो भएता पनि मुर्ख हुन्छ। जरायोको सिङ राम्रो देखिने भएता पनि परि आउँदा त्यसले आफ्नै शरीर सुरक्षाको काम पनि गर्न सक्तैन।
संकटकालीन घोषणा  
राष्ट्रमा साँचीकै संकट भित्रीयो अथवा भित्राइयो भने ६-६ महीना गरेर १ वर्ष सम्म संकटकाल घोषणा गर्न सक्ने त्यो भन्दा बेसि लम्ब्याउन नहुने हुनुपर्छ।
संविधानमा बाधा अड्चन
संवैधानिक बाधा अडचनमा पनि ५० प्रतिशतकै नियम लागु हुने बनाइनु उचित ठान्दछु जुन संविधान संसोधान प्रक्रियाप्रति व्याक्त गरेको छु।
संविधान संसोधन प्रक्रिया  
संविधान संसोधन प्रक्रियालाइ जटिल बनाइनु हुन्न। संविधान संसोधनलाई ५० प्रतिशतले पनि संसोधन गर्न सकिने र निर्णयाक मत चाहीं अध्यक्षको हुने बनाइए बेस। जस्तो की ५० प्रतिशतले संसोधनको पक्षमा र ५० प्रतिशतले विपक्षमा मत दिएर बराबरी हुन आएको खण्डमा निर्णायक मत चाहीं अध्यक्षको हुनुपर्ने बनाइए सजिलो हुन्छ भन्ने मंगोल डेमोक्रेटीक पार्टीको राय छ।
(क) राजनैतिक दलको परिभाषा
राजनितीक अर्थात राजनैतिक दलको परिभाषा भनेको कुनै पनि मुलुकलाइ संचालन गर्ने निती (policy) हो।  
(ख) हरेक नागरीकलाई पूर्ण रुपले राजनैतिक दल खोल्ने स्वतन्त्रता हुनु पर्छ। राजनैतिक दल अथवा संगठनहरुले प्राय नै नागरीकको सुसुप्त चेतनालाई बिउँझाउंने काममा घच्घचाउने काम गर्छ। नागरीकको चेतनाको स्तर अनुसार तिनीहरुले कुन राजनैतिक दलको पछि लाग्ने सुर कस्छन त्यो उसको स्वतन्त्र बिचारको विकास हुन्छ। अपितु त्यती भएर पनि माओवादीले जस्तो नागरिकलाई आतंकीत बनाएर आफ्नो राजनितीमा लगाउनु  हुँदैन । सकिन्जेल राजनैतिक दललाई बन्देज लगाउनु हुँदैन। जुन दलको नीति नागरिकले रुचाउदैन त्यसको पछि नागरिक नलागी दिएको खण्डमा त्यो स्वयं बन्देज भए सरहनै हुन्छ।
(ग) दल दर्ताको निम्ती जति सक्तो सजिलो बनाउनु राम्रो हो।
(घ) राजनैतिक दल भित्र फराकीलो प्रकारको लोकतान्त्रीक गणतंत्र हुनुपर्छ त्यसमा समावेसिको त्यति महत्व देख्तीनं।
(ङ) राजनैतिक दलको व्यवस्थापन, पारदर्शिता र जवाफदेहिता भन्ने कुरा राष्ट्र चलाउने नीती बोक्ने र नीती बनाउने त्यसै पार्टीको जिम्मेवारीमाथि छाडीदिनु पर्छ। त्यो त्यस पार्टीका नेताहरु माथी भर पर्छ, किनभने पार्टी हाँक्ने नेताहरुको विचार र व्यवहार उ जन्मेर पढे, बढे, हुर्केको संस्कार-सेरो फेरोको वातावरणको गहिरो छाप परेको हुन्छ, त्यो छुमन्तरको भरमा छाडीने र सुध्रने होइन। जस्तो की प्रजातन्त्र भनेको राजा राख्ने र रैती कमारा स्वीकार गर्ने स्वीकार गर्न लगाउने हो। २१ औं शताब्दीमा राजतन्त्र, कम्युनिष्ट तन्त्र, तानासाही तन्त्रको कुरा गर्नु भनेको आफ्नो निहित स्वार्थमा राजाको पिट्ठू हुनु हो, संसारमा एक पछि अर्को गर्दै ढल्दै गएको र संसारमा कहीं पनि १०० वर्ष पनि नटिकेको तानासाही कम्युनिष्ट तन्त्रको जग बसाउनु चाहानु हो।
राजतन्त्र, कम्युनिष्ट तन्त्र, सैनिक तन्त्र सोचाइको विकासको निम्ती प्रमुख दुष्ट हो। नेपालमा गिरिजा प्रसाद मर्काका नेताहरु सामन्ती प्रथा र राजतन्त्रको आर्शिवादमा हुर्के-बाँचे-फले फुलेकाहरु हुन। त्यस्ताहरु भनेको 'मुरख कभि नसम्झे ज्ञानका गाँठ जाये -कोयल कभि नउजिलाये सौ मन साबुन लगाए' भने जस्तै हो। त्यसमा पनि ढुंगालाई दुध र मान्छेलाइ मुत खुवाउने संस्कारमा जन्मे बढे हुर्केकाहरु हुन्। यस्ताहरुको हातमा देशको निती निर्धारण गर्ने शक्ति भएकाले नै देशमा यस प्रकारको विकृती, भ्रष्टचार, चाप्लुसी, चाकरीवाद, नातावाद, कृपावाद मौलाएका हुन। तस्करी, काला बजारियाहरुको रजाइँ, धाक, धम्की चरम चुलीमा पुगेका हुन्।यस कारण राजनैतिक दल व्यवस्थापन पारदर्शिता र जवाफदेहीतामा अंकुस लगाएर विचार लादने विषालु बिऊ रोपिनु हो।

अन्तमा मंगोल डेमोक्रेटिक पार्टीका सुझावहरुसंग घोलिएका सुझावमा पुनः एकपल्ट दोहोराएर भन्न चाहान्छु।  
(क) तथाकथीत राष्ट्रीय भनिने अराष्ट्रीय झण्डा-जुन झण्डामा नेपालका बहुसंख्याक अहिन्दु मूलबासी (indigenous) मंगोल बुद्धिष्टहरुको पतन (चन्द्रवंशी) गरेर सुर्यवंशीको उत्थानको प्रतिकको प्रतिनिधित्व गर्दछ-यस प्रकारको झण्डा बदल्नै पर्छ।
(ख) गाइलाई राष्ट्रीय पशु राखेर धर्म निरपेक्षको घाँटी निमोठ्ने दुष्टतापूर्ण विचार त्याग्नै पर्छ।  
(ग) अब बन्ने संविधानलाइ हिन्दुकरन गरेर-जात जाती-उपजाती-प्रजाती भन्ने शब्दहरु निर्मूल गरिनै पर्छ र समुदाय, सम्प्रदाय, विभिन्न थरी भन्ने शब्दहरुलाइ परिचित गराउनु अनिवार्य छ।
(घ) विजय दशमीले नेपालको अहिन्दु मूलबासी मंगोलको पुर्खाको टाउको गिडीएर हिन्दू काला आर्यनको विजय र मूलबासी मंगोलको पतनको कथा संगालेको छ यसमा गहिराई पूर्वक सोचिनु पर्छ।
उक्त विचारहरुलाइ हेल चक्राई गरेर-लत्याउने र पैतालाले पिसेर धुजा धुजा बनाउने हेपुवा र दुष्टतापूर्ण निती अपनाएको खण्डमा यही नै एउटा कलहको बिउ बनिन सक्छ र अर्को एउटा विसालता बोकेको निर्णयाक क्रान्ति पनि हुन सक्ने छ ।

Saturday, November 10, 2012

भट्टराई बाहुन जातिका अन्तिम प्रधानमन्त्री : कृष्णबहादुर तामाङ


कृपया तपाईंले यात्रा गर्दा आफ्नो सुरक्षाको ख्याल गर्नुहोस् । तपाईंले यात्रा गर्दा हवाई मार्गबाट बाटो पार गर्दा अझ वेश हुन्थ्यो कि सोच्नुस् अनि मात्र यात्रा गर्नुहोस् । यो कुरा गोप्य राख्नुहोस् उही साथी…......। २५ अगष्ट २०११ का दिन बिहान ५ बजेर ४५ मिनेट ४३ सेकेन्डको समयमा ९८४३०५११५५ नम्बरको मोबाइलबाट मलाई एउटा सन्देश आयो त्यो सन्देशले मलाई पूरै दिनभरिको यात्रामा झस्काई रह्यो र यो सन्देश पठाउने मान्छे को हो? मेरो शुभचिन्तक हो कि विरोधी हो मलाई त्यो सन्देश पठाउने मान्छे । किनकि मलाई यसभन्दा २५ दिन अगाडि प्रहरीहरुले पक्राउ गरी २४ दिनसम्म प्रहरी हिरासतमा राखी सन्देश आएको अघिल्लो दिन २४ अगष्टमा मात्रै प्रशासनको आदेशमा छुटेको थिएँ त्यो पनि धरौटी रकम राखेर । २५ अगष्टका दिन मैले लामो यात्रा पूरा गर्नुपर्ने थियो । किनकि मलाई राजधानी काठमाडौं पुग्न आवश्यक थियो । २४ अगष्टका दिन मेरा शुभचिन्तकहरुले मेरो राजधानीसम्म आउने सहज वातावरण मिलाउनका लागि हेलिकोप्टरको व्यवस्था पनि गरिसकेका थिए । तर मौसम खराब भएको कारण हेलिकोप्टरबाट मेरो यात्रा सहज भएन । १९ दिने लोकतान्त्रिक आन्दोलनपछिको पहिलो प्रहरीको हिरासत बसाई नै मेरो यही थियो । मलाई मेरो अमेरिकामा श्रीमती रहेको र २ वटा छोरी भएको आरोप पनि लागेको थियो । जबकि म आजसम्म अविवाहित छु र कुनै पनि महिलासँग मेरो कुनै किसिमको सम्बन्ध छैन ।
१९ दिने लोकतान्त्रिक आन्दोलनपछिको पहिलो प्रहरी हिरासतमा बसाई मेरो यही नै थियो । १९ दिने जनआन्दोलनभन्दा अगाडि धेरैपटक सेना र प्रहरीले पक्राउ गरेका थिए । २०५८ भाद्र २३ गते ललितपुर जिल्ला प्रहरी कार्यालयले मात्र मलाई राजद्रोहको अभियोगमा मुद्दा चलाएको थियो । २०६० साल मंसिर २ गते रामेछाप जिल्लाको बेतालीस्थित पलाते बजारबाट तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरी चरम शारीरिक र मानसिक यातना दिएको थियो । तर सेनाले मलाई मुद्दा नचलाई लामो समयसम्म हिरासत राखेर प्रहरीको जिम्मा लगाएर छोडिदियो एकजना जर्नेलको निर्देशनमा । १९ दिने जनआन्दोलनभन्दा अघि त मेरो जीवनमा यस्ता दर्जनौँ घटनाहरु घटेका थिए । तर म कुनै अपराधी थिइन । मात्र मैले सामन्ती राज्यसत्ताको स्वरुप र चरित्रको विरोध गरी परिवर्तनको माग गरेको थिएँ । नदिए खोस्ने सोच पनि बनाएको थिएँ । यस पटक प्रहरीले पक्राउ गरेपछि मैले एउटा कुरा बुझ्न पाएँ । त्यो के हो भने त्यस समयको प्रहरी प्रशासन र अहिलेको प्रहरी प्रशासनमा धेरै परिवर्तन भएको रहेछ । त्यस समयको प्रहरी प्रशासनले बोल्ने भाषा अति असभ्य र असहयोगी भावनाको हुन्थ्यो भने अहिलेको प्रहरी प्रशासनले बोल्ने भाषा अति सभ्य र भावना पनि सहयोगी भएको मैले पाएँ । त्यस समयको प्रहरी प्रशासन बयानमुखी थियो भने अहिलेको प्रहरी प्रशासन अनुसन्धानमुखी भएको मैले पाएँ ।
त्यस बेलाको प्रहरी प्रशासन सत्ता र राजनीतिक दलहरुप्रति बफादार रहेको हुन्थ्यो भने यस समयको प्रहरी प्रशासन राजनीतिक दल र सत्ताको नेतृत्वमा पुग्नेहरुले मुलुक बिगारेको हो भन्ने चेतनाको विकास भइसकेको र तिनीहरुप्रति आक्रोश व्यक्त गरेको मैले देखेँ । त्यस समयको प्रहरी प्रशासन सत्ताभक्ति रहेको हुन्थ्यो भने यस समयको प्रहरी प्रशासनमा रहेकाहरु देशभक्त रहेको मैले पाएँ । त्यसभन्दा पनि त्यहाँको प्रहरी प्रमुख र सरकारी वकिलको कुराले मलाई धेरै प्रभाव पार्‍यो । सरकारी वकिलको तपाईसँग जुन क्षमता छ त्यो देशका लागि प्रयोग गर्नुहोस् । यस समयको प्रहरी प्रशासनलाई शासक वर्गले स्रोत साधनले युक्त बनाउन नसके पनि उनीहरुको गुणस्तर क्षमतामा वृद्धि भएको मैले पाएँ । मलाई त्यहाँको प्रहरी प्रमुखले भनेको एउटा कुराले चसक्क घोचिरहेको छ त्यो के हो भने सम्बन्ध भनेको ठूलो मान्छेसँग मात्र होइन तल्लो तहका मान्छेसँग पनि बनाउनुपर्छ । यसकारण म अब तल्लो तहका मान्छेसँग पनि आफ्नो सम्बन्ध विस्तार गर्ने योजना बनाइरहेको छु । प्रहरीले पक्राउ गर्नुभन्दा अघि मैले एउटा कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेको थिएँ । कार्यक्रमपछि नेपालका ८० प्रतिशत मूलवासी मंगोल समुदायको एउटा शक्तिशाली राजनीतिक पार्टी बनाउने योजना थियो ।
जुन पार्टीले विदेशी हिन्दू आर्यन आक्रमणकारी बाहुन-क्षेत्रीको हातमा रहेको सम्पूर्ण शासनसत्ता खोस्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने थियो । यसका लागि मैले साउनको पहिलो हप्तादेखि मंगोल समुदायका वरिष्ठ राजनीतिज्ञहरु, प्रशासकहरु, सेना र प्रहरीमा रहेका मंगोल समुदायका वरिष्ठ अधिकृतहरुसँग छलफल गरेका थिएँ । उनीहरुबाट सकारात्मक प्रतिकृया प्राप्त भएको थियो । तर मलाई साउनको दोस्रो हप्ता प्रहरीले पक्राउ गरेपछि त्यो कार्यक्रम स्थगित हुन पुग्यो । मेरा मोबाइल फोनहरु प्रहरीको कब्जामा पुग्यो । यस क्रममा मलाई हजारौँ व्यक्तिले फोन गरेका रहेछन् । जुन समय मेरो मोबाइल फोन स्वीच अफ् थियो । मोबाइल स्वीच अफ् भएपछि कतिपयले एसएमएस पनि गरेका रहेछन् । एसएमएसमा लेखिएको हुन्थ्यो । कृष्णजी तपाई कहाँ हुनुहुन्छ? एकपटक फोन रिसिभ गर्नुहोस् या फोन गर्नुहोस् । राष्ट्रिय राजनीतिमा तपाईंको अति जरुरी छ । यस्ता हजोरौँ एसएमएसहरु मेरा मोबाइलमा आइरहेको थियो भने प्रहरी अधिकृतहरुले त्यो एसएमएसहरु हेरिरहेका हुन्थे । मलाई लाग्छ साउनको दोस्रो हप्ता प्रहरीले मलाई पक्राउ नगरेको भए यस समय नेपालको प्रधानमन्त्री मंगोल समुदायको व्यक्ति हुने थियो ।नेपालका ८० प्रतिशत मूलबासी मंगोल समुदायलाई म के विश्वास दिलाउन चाहन्छु भने नेपालमा विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीबाटक हुने अन्तिम प्रधानमन्त्री नै बाबुराम भट्टराई हो । अब भविष्यमा कहिल्यै पनि नेपालको प्रधानमन्त्रीमा बाहुन हुने छैन । डाक्टरहरुको रिपोर्टअनुसार यतिखेर मेरो स्वास्थ्यमा गम्भिर समस्या छ । म बिरामिको कारण घरमानै थलिएर बसेको छु । मैले मेरो बायाँ हात राम्रोसँग चलाउन सकिरहेको छैन र घरमै आराम गरेर बसिरहेको छु । स्वास्थ्य खराब भएर घरमै बस्नुपरे पनि मैले आफ्नो योजनालाई बृहत रुपमा अगाडि बढाइरहेको छु । मेरो स्वास्थ्य पूर्णरुपमा ठीक भएपछि काठमाडौंमा मंगोल समुदायका वरिष्ठ राजनीतिक व्यक्तिहरुको भेला गरी नेपालका ८० प्रतिशत मूलबासी मंगोल समुदायको शक्तिशाली राजनीतिक पार्टी बनाउने अभियानलाई अगाडि बढाउने छु । यस समय नेपालको सबै मूलबासी मंगोल समुदाय विभिन्न संगठनको नामबाट अधिकार प्राप्तिको लागि आन्दोलनको मैदानमा उत्रिएका छन् ।
पूर्वमा लिम्बुवान र खम्बुवान, मध्ये क्षेत्रमा तामाङसालिङ, तराईमा मधेसी र थरुहट, पश्चिममा तमुवान र मगरातहरुले गरिरहेको सशक्त आन्दोलनले बाहुनवादी राज्यसत्ताको निंद हराम हुन पुगेको छ । अब मूल जरो उखेलिन मात्र बाँकी छ । अब लिम्बुवानमा त्यहाँको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु लिम्बु समुदायबाट नै हुनेछ । तामाङसालिङमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु तामाङ समुदायबाट नै हुनेछ । तमुवान क्षेत्रका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु तमु समुदायबाट नै हुनेछ । मगरातका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु मगर समुदायबाट नै हुनेछ । थरुहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु थारु समुदायबाट नै हुनेछ । र मधेशका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु मधेशी समुदायबाट नै हुनेछ । नेपालको राष्ट्रपति र प्रधानमन्त्री भविष्यमा कुनै बाहुन हुन सक्ने छैन । किनकि यिनीहरुको संस्कार र चरित्र नै सामन्ती किसिमको छ । नेपालका विभिन्न राजनीतिक दलमा रहेका मंगोल समुदायको सम्बन्ध क्रमशः नङ र मासुको जस्तै हुँदै गइरहेको छ । तसर्थ नेपालको मूलबासी मंगोल समुदायले गरिरहेको आन्दोलन विजयको चरम बिन्दुमा पुगिसकेको छ । अब भविष्यमा ८० प्रतिशत मूलबासी मंगोल समुदाय एउटै राजनीतिक पार्टीमा समावेश हुनेछ । त्यो समय नेपालको राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश र प्रधान सेनापति लगायतका सबै प्रमुख पदहरुमा मंगोल समुदाय नै हुनेछ । मंगोलसमुदायमा अहिले विकास भइरहेको वृहत् एकताकै कारण बाहुन जातिबाट हुने अन्तिम प्रधानमन्त्री बाबुराम भट्टराई हुनेछ । सम्पर्क र प्रतिकृयाको लागी : मो. ९७४१०७८६९९
  ०४ सेप्टेम्बर २०११
काठ्माण्डु नेपाल 

Friday, November 9, 2012

Thank you

Obama - Biden Friend --

President Obama made a surprise visit to the campaign office in Chicago yesterday to give a heartfelt thank-you to staff and volunteers.

I wanted to pass this video along, because it's a message every single person who helped build this campaign deserves to see. He wasn't just talking to those of us in the office -- he was talking to all of you.


In his speech on Election Night, President Obama gave you all the title you have spent the last year and a half earning:

"The best campaign team and volunteers in the history of politics."

So many times in this election, this campaign was counted out. They said our supporters wouldn't turn out, and we'd never see the kind of voter participation we saw in 2008. They said we'd be buried in money and special-interest influence. And they said that no campaign could overcome the political headwinds we faced.

Last year, a major American newspaper asked, "Is Obama toast?" As recently as two weeks ago, another ran this headline: "Can Obama win?"

Tuesday night, you all answered all of those doubts with a resounding YES WE CAN. By knocking on doors, organizing phone banks, and chipping in a few bucks when you could, you built a campaign that is unparalleled. And you re-elected our president.

You also proved that millions of ordinary people taking ownership of a cause is still the most powerful force in our political process. You showed that grassroots organizing and small donations are not only the right way to win, but also the most effective way.

How we got here must guide where we go. If we're going to accomplish the things America voted for on Tuesday, you've got to be even more involved in getting them done than you were in giving us all the chance.

We'll be in touch soon about how we can get started on some of the President's top priorities in his second term.

For now, I just want to say I am so proud of this team. And I can't wait to see where you take this incredible movement from here.

Thank you -- more to come,

Messina

Jim Messina
Campaign Manager
Obama for America

Donate

Friday, November 2, 2012

अन्तराष्ट्रीय मूलबासी हजुरआमाहरुलाई बौधमा भब्य स्वागत गर्नु हुने





12th Grandmothers Council Gathering IndieGoGo Campaign


Support the 13 Grandmothers Prayer for Peace in the Land of the Buddha! IndieGoGo campaign for the 12th Council Gathering in Kathmandu, Nepal - November 8-11, 2012, 
१३ जना अन्तराष्ट्रीय मूबासी हजुरआमाहरुलाई बिश्वसम्पदा सुचिमा सुचिकृत धार्मिक एबं सांस्कृतिक स्थल बौध महास्तुपमा हार्दिक स्वागत गर्दछ ।
- मुल स्वागत समरोह समिती बौध
स्थान: बौध महास्तुपा, बौध काठमाण्डौं 
समय: दिउँसो २ बजे मिति: २०६९ कार्तिक १९ गते आईतबार 

अन्तराष्ट्रीय मूलबासी हजुरआमा -हरुको १२ औं सम्मेलन कर्तिक २३ देखि २६ गते (नोभेम्बर ८ देखि ११ तारिख) सम्म होटल अन्नपूर्ण, दरवार मार्ग  काठमाण्डौंमा हुँदैछ ।
यो कार्यक्रमको आयोजक नेपालको तर्फबाट बौद्ध निवासी आमा बोम्बोले गरेकीछिन् । 

आदिवासी हजुरआमाहरुको सम्मेलनमा सहभागीहरुको स्वागतको लागि बौद्ध स्थित विभिन्न संघसंस्थाहरुले कार्तिक १९ गते शनिवार बौद्धमा दिउसो २ बजे भव्य स्वागत कार्यक्रम आयोजना गर्ने भएको छ ।  

कार्तिक १९ गते दिउसो २ बजे बौद्धमा र कार्तिक २३, २४, २५ र २६ गते विहानदेखि साँझासम्म अन्नपूर्ण होटलमा हुने कार्यक्रमहरुमा मूलबासी हजुरआमाका साथै ईच्छुक सबैलाई हार्दिक निमन्त्रण आयोजकले गर्नु भएको छ । 12th Grandmothers Council Gathering IndieGoGo Campaign

INTRODUCING THE 13 GRANDMOTHERS
My hope is that that this new era beginning to open, be an era of understanding for fundamental questions of health.That this period be an era of love and friendship between humans and among all peoples.” 
-Grandmother Bernadette Rebienot

Origins of the 13 Grandmothers Council - by Jyoti




सम्पर्कको लागि 
प्रभातजंग गुरुङ मोवाईल:९८४१३२३६०५