Thursday, November 1, 2012

यस्तो पनि विज्ञापन ! दक्ष नेताहरुको आवश्यकता रे !


पार्टी नीति र नेतृत्वसँग कूरा नमिलेपछि अलग भएकाहरुले नयाँ पार्टी गठन गर्नु नौलो कुरा भएन। पार्टी विभाजन र नयाँ पार्टी गठनको लहर अहिले पनि चलिरहेकै छ ।
पार्टी गठन गर्नुअघि उस्तै नीति र विचार मिल्नेहरुबीच छलफल हुन्छ । विधान बन्छ । पार्टीको नाम र झण्डा तय हुन्छ । साधारणसभाले पार्टी अध्यक्ष, उपाध्यक्ष, सचिव, सदस्य लगायतका पद निर्धारण गर्छ । अनि निर्वाचन आयोगमा दर्ता भएर पार्टीले आफ्नो काम गर्छ ।
साधारणतया नयाँ पार्टीको गठन र पद निर्धारण यसैगरी हुन्छ । तर नेपालको इतिहासमै पहिलोपटक नयाँ पार्टीका बिभिन्न पदको लागि सार्वजनिक आहृवान गरिएको छ । बुधबार राजधानीबाट प्रकाशित एउटा दैनिक पत्रमा नयाँ पार्टीको बिभिन्न १७ पदका लागि सार्वजनिक आहृवान गरिएको ठूलो विज्ञापन छापिएको छ ।
‘देशमा हाल रहेको अन्यौलग्रस्त स्थिति, जनताले पाउनुपर्ने संविधान नपाएको अवस्था र राजनीतिक संकटको कारण हामी पौने तीन करोड नेपाली एवं हाम्रा सन्तती समेतको भविष्यमाथि भैरहेको खेलबाड रोकी जनताको चाहना अनुरुप यस राष्ट्रलाई सम्मुनत मार्गमा लैजान इच्छुक…………लाई आगामी एक वर्षभित्र कम्तीमा ३० लाख सदस्यता वितरण गर्ने उदेश्य सहित तुरुन्त स्थापना हुन गैरहेको नयाँ राष्ट्रिय स्तरको पार्टीको लागि तल उल्लेखित पदहरुमा आवेदन दिन अनुरोध गर्दछौं’ विज्ञापनमा उल्लेख छ । उपाध्यक्षदेखि कार्यालय सचिवसम्मको लागि दरखास्त आहृवान गरिएको छ । अध्यक्ष भने मागिएको छैन ।
सरकारी तथा गैरसरकारी निकायले मान्छे मागेको पारामा नयाँ पार्टीको लागि दरखास्त आहृवान गरेको थाहा पाएका सबै चकित भएका छन् ।  पार्टी गठन गर्दैछौं भनेर पहिले नै हल्लाखल्ला र जानकारी दिनु नयाँ कुरा होइन । ‘पहिले कांग्रेस पार्टी स्थापना गर्दा पनि बीपीले हामी पार्टी खोल्दैछौं भनेर सार्वजनिक जानकारी गरेका थिए तर यसरी सार्वजनिक रुपमा पदको लागि दरखास्त आहृवान गर्नु चाहिँ नयाँ कुरा हो ।’
कसको काम होला ?
नयाँ पार्टी गठनको लागि भन्दै बिभिन्न पदको लागि सार्वजनिक रुपमा दरखास्त आहृवान गरिएको विज्ञापनमा आवेदन पठाउने इमेल ठेगाना मात्रै छ । व्यक्ति, समूह या पार्टीको नाम र ठेगाना उल्लेख छैन । यो विज्ञापन हेर्ने कतिले रमाइलोको लागि कसैले यसो गरेको होला भन्ने अनुमान लगाएका छन् । तर रमाइलोको लागि यति धेरै पैसा खर्च गरेर कसैले पनि विज्ञापन गर्दैन ।
वर्तमान राजनीतिक अन्योलले सबै निराश भएकोबेला आफूप्रति ध्यान आकषिर्त गर्न पार्टी गठन गर्ने उदेश्यले नै दरखास्त आहृवान गरिएको धेरैको विश्लेषण छ ।
तर यो कसले कस्तो पार्टी गठन गर्न लागेको होला त ? अहिले एमालेबाट छुट्टएिर हिँडेका एमालेका जनजाति, सरकारबाट हटाईएका बदि्रपस्राद न्यौपाने, काँग्रेसमा असन्तुष्ट जनजाति नेताहरुले यसो गरेको हो कि भन्ने कसैको आशंका छ । तर विज्ञापनको भाषा हेर्दा यस्तो लाग्दैन । विज्ञापनमा जातीय, क्षेत्रीय, वर्गीय कुनै कुरा उल्लेख छैन ।
‘अहिले पार्टीमा सकृय भएर लागेका या फुटेर गएका नेताहरुको काम होइन यो’ पत्रिकामा विज्ञापन छपाउने एजेन्सीका एकजना प्रतिनिधिले भने-’स्वतन्त्र हैसियमा रहेका व्यक्तिहरुको समूहले यो पहल गरेको हो ।’ पार्टी खोल्नकै लागि यो अभियान चलाइएको भन्दै उनले यसबारे अहिले नै थप कुरा भन्न नमिल्ने बताए । ‘अब चुनावको चर्चा पनि चल्न थालेको र राजनीतिक अन्योल पनि बढिरहेको बेला एउटा समूहले नयाँ ढंगबाट पार्टी गठन गर्न लागेको हो’ उनले भने -’अहिलेलाई यति मात्र बुझौं।’
विज्ञापन जसले गरेको भएपनि हेर्नेहरुलाई रमाइलै भएको छ । कसैले उपाध्यक्ष, कसैले सचिव, कसैले सल्लाहकार पदमा भर्नुपर्यो भन्दै हाँसो गर्दैछन् । ऊबेला शाहीकालमा पूर्व राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीको लागि गरेको आहृवानमा जस्तै नयाँ पार्टीको पदका लागि पनि धेरैले दरखास्त दिने भएका छन् । कतिले रमाइलो र ठट्टाको लागि, कतिले साँच्चै नेता हुनको लागि यस्तो गर्नेछन् ।
तपाईलाई पनि नेता बन्ने इच्छा भए निवेदन दिई हाल्नुस कि कसो !
हेर्नुस विज्ञापनमा निम्न योग्यता भएका नेताहरु चाहिएका छन् :

No comments:

Post a Comment