Saturday, March 16, 2013

भ्रष्टाचार विरुद्ध लाग्दा अख्तियारले धम्क्याएको पूर्व मन्त्रीको आरोप

काठमाडौ, ३ फागुन । पूर्व भौतिक योजना तथा निर्माण राज्य मन्त्री समेत रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता सञ्जय साहले भ्रष्टाचार विरुद्ध कुरा उठाउँदा अख्तियार दुरुपयोग अनुसन्धाल आयोगले नै आफूलाई सिध्याउने धम्कि दिएको खुलासा गरेका छन् ।
साहले शनिवार राजधानीमा पत्रकार सम्मेलन गरेर धनुषाका सरकारी निकायमा भएका भ्रष्टाचारका विषयलाई उठाउँदा अख्तियारको कार्यालयकै ल्याण्डलाईबाट आफूलाई कर्मचारीले फोन गरेर अख्तियार विरुद्ध गतिविधी गर्ने तपाईलाई सिध्याई दिन्छौ भनेर धम्कि दिएको खुलासा गरेका हुन । साहले भने–आवश्यक पर्यो भने म कल डिटेलनै ल्याएर प्रमाण दिन सक्छु । अख्तियारका कर्मचारीले तपाई विरुद्ध मिडिया लगाईदिन्छु भनेका छन् । नेपाली मिडिया भ्रष्टाचारीको पक्षमा छैन त्यो मलाई राम्रो थाहाँ छ ।
भ्रष्टाचार विरुद्ध लड्नेलाई प्रोत्साहन गर्नु पर्नेमा दुख दिने काम गरेको गुनासो गर्दै उनले अख्तियार पछिल्लो समयमा देश भरी नै असुलीमा लागेको आरोप लगाए ।
अख्तियार भ्रष्टाचारीहरुको सबैभन्दा ठूलो अखडा बनेको आरोप लगाउँदै साहले अख्तियारलाई नसुधारेसम्म आफूले आन्दोलन जारी राख्ने स्पष्ट पारे ।
साहले भने–मलाई जेल पठाएपनि अख्तियारलाई ठिक पार्न छाड्दिन अख्तियार नसुध्रिएसम्म यो देशमा भ्रष्टाचार २० बाट १९ हुदैन ।
स्थानीय निकाय, प्रशासन र अख्तियारमा भएको भ्रष्टाचार विरुद्ध चार दिन धनुषा बन्द भएपछि उनीहरुले आफूलाई पन्छाउन धम्क्याउने र फसाउने षडयन्त्र गरेको दावी समेत पत्रकार सम्मेलनमा गरे ।

मधेसको भ्रष्टाचारमा भूमिगत समूह, दलहरु र कर्मचारीको साँठगाँठः साह

काठमाडौ, १६ माघ । मधेस क्रान्ति फोरमका अध्यक्ष सञ्जय साहले सिराहादेखि विरगंजसम्मका मधेसका जिल्लाहरुमा भूमिगत समूह, राजनीतिक दलहरु र कर्मचारीहरुको साँठगाँठमा राज्यकोषमा ब्रम्हलुट मच्याईएको दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री समेत रहेका साहले मधेसमा भ्रष्टाचारको कुरा उठाउनेलाई उनीहरुको गठबन्धन हत्या गर्न समेत पछि नपर्ने खुलासा गरे ।
मधेसका जिल्लाहरु मध्ये जनकपुर जिल्ला भ्रष्टाचारमा सबैभन्दा अग्रस्थानमा रहेको दावी गर्दै विगत १० वर्षमा जनकपुर जिल्ला विकास समितिबाट मात्रै ३ हजार करोड रुपैया भ्रष्टाचार भईसकेको बताए । जसमा भूमिगत समूह, दलहरु, कर्मचारी,पुलिस र प्रशासकको संलग्नता रहेको ठोकुवा गरे ।
विगतमा भ्रष्टाचारको कुरा उठाउँदा रविन्द साह, राकेस नेपाली सहित ४ जनाको हत्या भईसकेको जानकारी दिदै पछिल्लो समयमा भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका जनकपुर जिविस र नगरपालिकाका कर्मचारी अहिले अनुसन्धानलाई प्रभावित पार्न लागेको आरोप लगाए ।
भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका कर्मचारीहरुलाई उन्मुक्ति दिन अख्तियारले षडयन्त्र गरिरहेको भन्दै सञ्चारमाध्यमलाई खवरदारी गर्न आब्हान गरे । उनले अख्तियारको कार्य शैली प्रति आक्रोस पोख्दै अहिले खुलेआम भ्रष्टाचार हुँदा समेत अख्तियारले कुनै मुद्दा नचलाउनुले अख्तियार आफै भ्रष्टाचारमा संलग्न हुन सक्ने आशंका ब्यक्त गरे ।
उनले मधेसमा जनताले सामाजिक सुरक्षा भत्ता समेत पाउन नसकेको भन्दै मधेसमा  भ्रष्टाचारकै कारण  अपराध बढेको दावी समेत गरे ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete