काठमाडौं, ७ माघ : अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको मेहनतलाई पानीमा हालिदिएर बैदेशिक रोजगार विभागका कर्मचारीले दैनिक लाखौं रुपैयाँ घुस असुलिरहेका छन्। अन्तिम स्वीकृति शाखाका कर्मचारीले हप्तामा तीन पटकसम्म अवैध रुपले मानिसलाई खाडी राष्ट्र उडाएर भ्रष्टाचार विरोधी निकायको खिल्ली उडाएका हुन्। गत तीन महिनाको अवधिमा सो शाखाबाट करीब दश हजार नेपालीलाई कानूनी प्रक्रिया नपुर्यातई पैसा असुलेर उडाइएको विभागका एक अधिकृतले बताए।
कतार, साउदी अरब, युएइ र बहराइन जस्ता मुलुकमा अनलाइनमा भिसा नै नदेखिएका, पद, कम्पनी नमिलेका मानिसलाई प्राय सार्वजनिक बिदाको अघिल्लो दिन अवैध स्वीकृति दिने गरिएको छ। कार्यालय समयको अन्तिम क्षणमा प्रक्रिया नपुर्यािई दिइएका यस्ता स्वीकृतिप्राप्त मानिस सोही दिन राति उड्ने गरेका छन्। स्रोत भन्छ–एक लटमा कममा पनि तीनसय प्रक्रिया नपुगेका मानिससँग प्रतिव्यक्ति २५ हजारसम्म लिएर अन्तिम स्वीकृतिका कर्मचारीले कमाउधन्दा चलाइरहेका छन्। प्रक्रिया नपुर्याहई मलेसिया र साउदीमा महिला पठाएको रकम भने दलाल मार्फत् ३० हजारसम्म लिने गरिएको छ। मलेसियाका लागि केटीले ३० हजार र केटाले १२ हजार अतिरिक्त घुस (रकम) दिएपछि नियम विपरीत भए पनि सो शाखाका कर्मचारीले उडान स्वीकृतिका छाप लगाइदिने गरेका छन्। जाने मुलुकको अनलाइनमा भिसा नदेखिएकाको मूल्य हो ३० र २५ हजार। यसरी प्रतिव्यक्ति १२ हजारदेखि ३० हजारसम्म असुल गरी तीन महिनाको अवधिमा उक्त शाखाका कर्मचारीले ९ हजारभन्दा बढी मानिसलाई उडाएका छन्। यो रकम सरदर १५ हजारमात्र मान्ने हो भनेपनि यस अवधिमा १५ अर्ब रकम घुसस्वरुप बैरोको अन्तिम स्वीकृति शाखाले मात्र आम्दानी गरेको छ। अहिले पनि बैरोमा अख्तियारबाट खटिने कर्मचारी र प्रहरीको व्यूरोका प्रतिनिधिमा कमी आएको छैन। फरक यति मात्र हो कि हाल उनीहरूसमेत शुभलाभबाट मुक्त हुन सकेका छैनन्। अन्तिम स्वीकृतिका एक कर्मचारीले व्युरोमा नियमित रुपले सेवा पुर्याहउन डीएसपी सुरेश भट्टराईसँग सम्झौता भएको निकटका मानिसलाई बताउने गरेका छन्। अहिले अख्तियारमा निजामती कर्मचारीको भन्दा बढी प्रभाव प्रहरीको भएकाले पनि बैरोमा कमाउन गएका कर्मचारीले प्रहरीसंग सेटिङ मिलाएपछि धेरै झन्झट व्यहोर्नु नपरेको थाहा भएको छ।
हाल अन्तिम स्वीकृतिमा निर्देशक कमल भण्डारी छन् भने शाखा अधिकृतहरू बाबुलाल रेग्मी, कुमार पोखरेल, गम्भीर सिंह विष्ट नासु भीम बस्नेत कार्यरत छन्। विष्ट र बस्नेत कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य हुन् भने पोखरेल युनियनकै सचिव गोपाल पोखरेलका भाइ हुन्।

No comments:
Post a Comment