Thursday, January 23, 2014

‘भारत’बारे ज्ञानेन्द्र र पारसबीच बिबाद

भारतसँग मिल्नुभन्दा बरु, स्वदेशकै राष्ट्रवादी शक्ति र एमाओवादीसँग मिल्नुपर्ने पारसको सल्लाह रहेको बताइन्छ । ‘एमाओवादीका धेरै मानिसहरु राष्ट्रवादी छन् । उनीहरुसँग मिल्नुपर्छ । तर विदेशीको इशारामा हामी जानु हुँदैन’, पारसलाई उधृत गर्र्दै सुत्रले भन्यो ।
नेपालमा राजतन्त्र समाप्त गर्ने र आफ्नो बदनाम गर्ने काममा भारतकै उक्साहटमा नेपालका केही शक्ति र मिडिया लागेको पारसले आफन्तमाझ बताउँदै आएका छन् । हृदयघातपछि उपचार र सुधारका क्रममा हाल बैंककमा रहेका पारस र ज्ञानेन्दवीच भारतसँगको सम्बन्धलाई लिएर मतभिन्नता भएको उनी निकट सुत्र बताउँछ ।
पूर्व राजा ज्ञानेन्द्र अचेल पटक–पटक भारत भ्रमणमा गइरहेका छन् । आफन्तको विवाहको बहानामा उनले भारतीय पक्षसँग राजतन्त्र फर्कीने संभावना र चाल्नुपर्ने कदमबारे परामर्श पनि गरिरहेको बुझीन्छ । भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने सम्भावना प्रवल रहेको र त्यसो भएमा नेपालमा राजतन्त्र पक्षधरहरुका लागि अनुकुल बातावरण बन्नसक्ने अडकाल काट्दै राजावादीहरु हौसीएका छन् । त्यसका लागि लामो समय भारतको बेंगलोरमै क्रिश्चीयन भएर बसेका डा. तुलसी गिरीले पनि च्यानल मिलाइरहेका छन् ।
हालै मात्र संविधानसभामा केही सिट ल्याएको राप्रपा नेपालको सफलताबाट पनि जनता राजाकै पक्षमा रहेको भन्दै राजावादीको भुईंमा गोडा छै्रन । यस्तोमा भारतको सहयोग भएमा राजतन्त्र फर्कनसक्ने सल्लाह पुर्व राजालाई दिइएको छ । पुर्व राजाले पनि ‘आखिर सबै कुरा उतै(दिल्ली)बाटै भइराख्या’छ भने उताको पनि साथ लिउँ’ भन्न थालेका छन् ।
पारस भने यसको ठीक विपक्षमा छन् । मदिरा पिएको बेला जथाभावी मात्तीए पनि नपिएको बेला उनी ‘देउता नै भएको’ ठान्ने एक राजावादी भन्छन, ‘पारस सरकार राष्ट्रवादी अडानमा होइबक्सन्छ । उहाँ भारतको सहयोगमा राजतन्त्र फर्काउने पक्षमा होइबक्सन्न । भारतको भूमिका उहाँलाई मन परीराख्याछैन । त्यसैले त उहाँ आफ्नो ससुराली त गइबक्सेको छैन ।’ पारसकी पत्नी पुर्व युवराज्ञी हिमानीको माइत भारत हो । भारतमा ससुराली भए पनि भारतीयहरुसँग पारसको खासै हिमचिम छैन ।
भारतसँग मिल्न नहुने पक्षमा भएकै कारण विभिन्न मिडियामा आफ्नाविरुध्द अनर्गल प्रचार भइरहेको, आफुलाई भौतीक रुपमै समाप्त गर्ने कोशीस भइरहेको पारसले बताउँदै आएका छन् । सिंगापुरमा आफुमाथि भौतीक आक्रमण गर्ने पनि त्यही शक्ति भएको भन्दै पारस बैंककमा बस्न थालेको हुन । भारतीय पक्षबाट सुरक्षा खतरा बढेपछि पारस अचेल चिनियाँ सुरक्षा घेरामा रहेको सुत्र बताउँछ ।
बाबु छोराबीच कुनहदसम्म खटपट भएको छ भने अचेल ज्ञानेन्द्रले पारसलाई बैंककमा खर्च पनि पठाउन छाडेका छन् । ‘पारस सरकारलाई पुनस्थापना केन्द्रमै मासिक चार लाख रुपैयाँ खर्च लाग्छ । तर, ज्ञानेन्द्र सरकारबाट एक पैसा पठाइएको छैन’, पारसका एक मित्र भन्छन, ‘पारस सरकारले निकै दुःख पाइस्याछ । पारस सरकार सुध्रीबक्सेको छ । उहाँ राष्ट्रवादी हो । त्यसैले हामी सबै परिवारका अन्य सदस्य मिलेर उहाँको खर्चको व्यवस्था मिलाइरहेका छौं ।’
पूर्वयुवराज पारस शाहले थाइल्याण्डको सुधारगृहमा उपचार सकिए पनि खर्च अभावमा फर्कन सकेका छैनन । थाइल्याण्डको च्यान्चाईस्थित सुधारकेन्द्रमा रहेका पूर्वयुवराज पारस पूर्ण स्वस्थ भएर १५ पुसमा छुट्ने भनीएको थियो । हाल धीरेन्द्रकी छोरी सीताष्मामार्फत पारसलाई साथीहरुले पैसा पठाइरहेका छन् । पारसलाई उनकी थाइ प्रेमीका कन्निका लिनले अचेल खासै वास्ता गर्दीनन । - See more at:
पूर्व राजा ज्ञानेन्द्र र उनका छोरा पूर्व युवराज पारसवीच भारतलाई हेर्ने विषयमा दृष्टीकोणमै भिन्नता आएको खबर छ । पूर्व राजा ज्ञानेन्द्र अचेल भारतलाई पनि विश्वासमा लिएर भारतकै सहयोगमा राजतन्त्र फर्काउनुपर्ने सोच राख्न थालेका छन् भने पारस भने कुनै हालतमा भारतको सहयोग लिन नहुने अडानमा छन् । पारसले भन्ने गरेका छन, ‘कुनै हालतमा भारतको इशारामा राजतन्त्र फर्काउनुहुन्न । भारतसँग झुक्नुभन्दा राजतन्त्र नफर्केकै जाती ।’

No comments:

Post a Comment