- रामाशीष, वरिष्ठ भारतीय पत्रकार
करिब पाँच दशक अघि
पत्रकारिता पेसाको सिलसिलमा नेपाल आएका रामाशीष वरिष्ठ भारतीय पत्रकार हुन् । उनी सन्
१९५३ मा मुजफ्फरपुरको प्रकाशन संस्था पुस्तक भवनको प्रकाशन गृहको नेपालको
वीरगञ्ज र काठमाडौं शाखा प्रमुख भएर काठमाडौं आएका थिए । उनले काठमाडौंमा
पहिलो पटक आउँदा देवभूमिमा प्रवेश गरेको महसुस गरेका थिए । उनलाई नेपालको
राम्रो पक्ष नेपालको मन्दिरमा हिन्दू र बौद्धमार्गीहरूले पूजा गरेको लाग्थ्यो ।
नेपालको नराम्रो पक्ष रक्सी, जुवा र वेश्यावृत्ति ठान्छन्, उनी ।
उनले
गोहत्या निरोध समितिले प्रकाशन गरेको ‘सावधान’ नामक सन्ध्याकालीन दैनिक
पत्रिकामा आबद्ध भएर पत्रकारिताको कखरा सिके । पत्रकारिता पेशाप्रतिको
लगावको फलस्वरूप सन् १९६७ सेप्टेम्बर २२ तारिखदेखि ‘हिन्दुस्थान समाचार
संस्था’मा कार्यरत भए । सोही संस्थाको ब्युरो प्रमुख भई १९७१ को
फेब्रुअरीमा काठमाडौं आए । उनले ९ जुलाई १९७३ को रात सिंहदरबारमा आगलागी
भएको घटनालाई प्रजातान्त्रिक आन्दोलनसंग जोडेर समाचार पठाएपछि भारतीय
सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशन प्रशारण गरेका थिए । त्यही
समाचारका कारण तत्कालीन श्री ५ को सरकारले उन्लाई देशनिकाला गरे । त्यसपछि उनले
सन् १९७८ सम्म दिल्लीस्थित प्रधान कार्यालयमा र पटना कार्यालयमा रहेर
पत्रकारिता पेशालाई निरन्तरता दिइरहे । सन् १९८४ मा राजीव गान्धी
प्रधानमन्त्री बनेपछि विभिन्न आरोप लगाएर हिन्दुस्थान समाचार संस्थालाई
तालाबन्दी गरियो । उनी फेरि नेपाल फर्के । हिन्दुस्थान समाचार संस्थामाथि
लागेको तालाबन्दी भारतको भारतको सर्वोच्च अदालतको आदेशले १९ वर्षपछि खुल्यो । प्रतिबन्ध
हटेपछि सन् २००४ देखि उक्त संस्थामा विशेष संवाददाताका रूपमा पत्रकारिता
पेसामा निरन्तर लागी रहेका छन् । नेपाल र भारतको लोकतान्त्रिक आन्दोलनलाई
पत्रकारिता पेशाको माध्यमबाट योगदान दिने लोकतान्त्रिक सेनानी भनिने,
नेपालको गाउँघर शहरबजार घुमीफिरी नेपाललाई चिनेका उनै वरिष्ठ भारतीय
पत्रकार रामाशीषसंग नेपालको राजनीतिमा पछिल्लो पटक घटेको घट्णाक्रमसंग सम्बन्धित रहेर गरेको कुराकानीको सम्पादीत अंशः
० नेपालको अहिलेको राजनीतिक गतिरोधलाई तपाईंले कसरी हेरिरहनु भएको छ ?
नेपालको अहिलेको राजनीतिक गतिरोध डामाडोल र उथलपुथलको स्थितिमा छ । यो गतिरोध सत्ता टिकाइराख्ने चालबाजीको कुरा हो । शाषक वर्ग नेपाली कांग्रेस र एमाले आफ्नो जित सुनिश्चित गर्ने अडानमा यथावत छ । प्रान्तहरू बनेपछि कुनै पनि देशमा टुक्राटाक्री, विखण्डन भएको छ? यस्तो देखिएको छैन । भारतमा त जातको आधारमा पनि आधा दर्जनभन्दा बढी प्रान्तहरू छन् । भाषाको आधारमा पनि प्रान्तहरू छन् । तर भारत टुक्रिएको छैन । नेपालमा शासनसत्तामा बसेको व्यक्तिहरूले सत्तालिप्साको कारणले झुठो अफवाह फैलाइरहेको छ । सङ्घीयता भएर प्रान्तहरू भयो भने देश टुक्रिन्छ । बेकामको हल्लाखल्ला गर्नुको अर्थ उनीहरूले आफ्नो सत्ता टिकाइरहने षड्यन्त्र मात्रै हो । मैले जहाँसम्म थाहा पाएको छु । पश्चिमी नेपाल र पूर्वी नेपालको केही जिल्लाहरू पहाडसंग जोड्ने उनीहरूको प्रयास छ । त्यसको पक्षमा सर्वसाधारण जनता छैनन् । यो उनीहरूको सत्ता टिकाउने दाउ मात्रै हो । मैले त्यहाँसम्म सुनें–केपी ओली पूर्वी तराईको केही क्षेत्रलाई आफ्नो खल्तीमा राख्ने चाहनामा हुनुहुन्छ । उहाँलाई के डर छ भने सङ्घीयता भएर प्रान्तहरू बनेपछि चुनाव भएमा म चुनाव जित्छु कि जित्दिन, मेरो सत्ता कायम रहन्छ कि रहँदैन ।

त्यस्तै पश्चिममा पनि मधेशको
दुई तीन जिल्लाहरूलाई पहाडसंग जोड्न खोजी रहेका छन् । त्यहाँको नेताहरूलाई
पनि के डर छ भने नयाँ संविधान अन्तर्गत जति अलग प्रान्तहरू बन्छन्, त्यस
ठाउँमा आफूहरूले चुनावमा जित्न सकिन्छ कि सकिदैन । अहिले सत्तामा भएकाहरू
आफ्नो भविष्य जोगाई राख्न यही सत्तालाई निरन्तरता दिन चाहिरहेका छन् ।
उहाँहरूले वास्तवमा जनताको सवालको कुरा सुन्ने हो भने त पाँच वटा, सात वटा र
दश वटा जति वटा प्रान्तहरू बनाउँदा पनि फरक पर्नेवाला छैन । किनकि अरू
देशहरूमा हेरौ न । इजरायलमा ४० लाख जनसङ्ख्या (आवादी) छ । त्यहाँ ७० वटा
राजनीतिक दलहरू छन् । तर इजरायल विश्वकै शक्तिशाली देशको रूपमा देखिन्छ ।
यहाँ नेपालमा सङ्घीय प्रान्तहरू बनाउन केको असुविधा छ त । म थाहा पाउँदिन ।
विपक्षी मोर्चाका पार्टीहरूले अडान लिइराखेका छन् । मधेशका मधेशीहरू
भन्छन् हामीले गुलामीको जिन्दगी बिताइरहेका छौं । गुलामी मुक्तिको आन्दोलन
चल्दैछ । यदि समथल भूमिमा भौगोलिक आधारमा प्रान्तहरू बनायौ भने पहाडको पनि
विकास हुन्छ, मधेशको पनि विकास हुन्छ । नत्र मधेशमा डर छ, पहाडसँग जोड्ने
हो भने मधेशको विकासको सारा बजेट पहाडमा जान्छ । हामीहरू फेरि पनि पडाडको
पहिलाको जस्तै गुलामको गुलाम नै बनिरहनेछौ । उनीहरू भन्छन्–अढाई सय वर्ष
सामन्तीहरू आए, हामीलाई गुलाम बनाए । त्यो बेलादेखि अहिलेसम्म हामी गुलाम
भइरहेका छौ । अब हामी गुलामी गर्न तयार छैनौ । त्यसकारण यो सत्तासीन
नेताहरू जति बसेका छन्, तिनीहरूले आफ्नो शासनसत्ता टिकाइराख्न र भविष्यको
चिन्ताको कारणले सङ्घीयतामा सहमति भइराखेको छैन । आजभोलि त मूलबासी,
दलित, मधेसी, महिला, मुस्लिम मात्र हैन विध्वात बाहुन क्षेत्री र जनपक्षधर
मिडियाले पनि नेपालको शासनसत्ता शाहवंशबाट बाहुनवंशमा मात्रै सरेको छ भनिरेका
छन् । यो बाहुनवंश सबै पण्डित पुरोहित पार्टीको चर्चा पनि हुने गरेको छ ।
जस्तो एमालेलाई पण्डित पुरोहित पार्टी, बाहुन बाजे कर्पोरेशन (बीबीसी) भन्ने
गरेको पाइन्छ । तराई, पहाड र हिमाल सबैतिर बाहुन क्षेत्रीको बारेमा
नकारात्मक नारा लागी रहेको छ । यदि बाहुन क्षेत्री समुदायका मान्छेहरूले
राज्यका सबै अङ्गमा एकाधिकार जमाइराख्ने हो भने सबैलाई राज्यको सबै अङ्गमा
समानुपातिक समावेशी प्रतिनिधित्व गराउन तयार नहुने हो भने नेपालमा ठूलो
सङ्घर्ष हुने सम्भावना देखिरहेको छु ।
० भनेपछि सत्तारुढ दलहरूले सङ्घीयतालाई आफ्नो एकात्मक शासनसत्ता चाँडै गुम्ने अर्थमा लिएका छन् ?
बिलकुल, उनीहरूको मनमा भित्री डर छ । यदि सङ्घीयता बन्यो भने खास गरेर हामी बाहुन क्षेत्री समाजका एकात्मक नेताहरूले कहाँ जाने र हामीले कहाँबाट भोट पाउने भन्ने डर छ । किनकि उनीहरूको भोट एकै ठाउँमा त छैन, टुक्राटुक्रा ठाउँ-ठाउँमा छन् । हामीले जति उपेक्षित उत्पीडित वर्ग समुदायको कुरा गरिराखेका छौ । त्यसलाई उनीहरूले साम्प्रदायिकता फैलायो भन्ने हल्ला गरिरहेका छन् । त्यसमा मलाँई चिन्ता छैन । केको साम्प्रदायिकता? बाहुनजातीय जो शासनसत्तामा छ, त्यो त साम्प्रदायिकता भन्दा पनि तल्लोस्तरको भइसक्यो । सम्प्रदाय भन्दाखेरि त सयवटा जातिको सम्प्रदाय हुन्छ । मधेसीभन्दा मधेसी कुनै जात छैन । तर बाहुनभन्दा एउटै बाहुन छ । बाहुनकै सत्ता छ, बाहुनकै सबथोक छ । त्यसकारणले कसैलाई साम्प्रदायिकताको आरोप लगाउँछ भने त्यो त उसको बुद्धिको पराकाष्ठा मात्र हो । सामान्य जनताको उपकार चाहन्छन् भने सबैले लोकतान्त्रिक व्यवस्थामा आउनुपर्छ । समानुपातिक प्रतिनिधित्वको आधारमा देशको शासनसत्ता सञ्चालन हुनुपर्छ । सहमतिको आधारमा संविधान बन्नुपर्छ । यो संविधानसभा छ, यो पार्लियामेन्ट छैन, संसद्को कामको निर्वाह मात्र गर्दैछ । पार्लियामेन्टमा अल्पमत बहुमत गरेर कहीं संविधान बनेको छैन । सहमतिमा भारतको संविधान बन्यो । संविधानमा समय समयमा संशोधन गर्ने प्रावधान राख्नुपर्छ । भारतको संविधानमा ९० पटकभन्दा बढी संशोधन भइसक्यो । देश राम्ररी चल्दैछ । यस्तो व्यवस्था संविधानमा गर्नुपर्छ ।
० नेपालमा आजसम्म विकास नहुनाका कारणहरूमा एक प्रमुख कारण राष्टघाती, भ्रष्टाचारी बाहुन नेताहरू सत्तामा पुग्नु र भारतजस्तो विस्तारवादी छिमेकी हुनु हो भनिन्छ नि ?
बाहुन शासनसत्तामा पुगेको बारेमा सबैलाई थाहा छ, मैले भनिसकें । जहाँसम्म भारतको विस्तारवादको कुरो हो नि, भारतले त जति जमिन पाएको छ नि त्यसैलाई रक्षा गर्न धौधौ भइराखेको छ । भारतले के विस्तारवाद गरिराखेको छ? नेपाललाई पेट्रोल दिने भारतीय विस्तावाद हो । नेपाललाई चामल दिने भारतीय विस्तावाद हो । नेपाललाई औषधी दिने भारतीय विस्तावाद हो । नेपाललाई मसला दिने भारतीय विस्तारवाद हो । नेपालको मान्छेलाई नोकरी दिने भारतीय विस्तारवाद हो । त्यो त हो, त्यो म मान्छु । त्यो विस्तारवाद छ र त नेपालका कथित स्वाभिमानी व्यक्तिहरूले सोच्नुपर्छ । भारतमा अहिले करिब दुई लाख कन्या केटीहरू कस्तो निरीह नारकीय जीवन बम्बईको कोठीमा बिताइरहेका छन् । हिजोकै अखबारमा छ, दुबईमा गत महिना आठ हजार नेपाली चेली वेश्यावृत्तिमा काम गर्न गइरहेका छन् । त्यसमा भारतको विस्तारवाद कहाँबाट आयो ।
नेपालबाट करिब ७० लाख युवाहरू वैदेशिक रोजगारमा गएका छन् । त्यो पनि भारतको विस्तारवाद हो । नेपालका ७५ देखि ८० लाखको हाराहारीमा नेपालीहरू भारतमा रोजगारी गरिरहेका छन् । आवतजावतको कुरा अर्कै हो । त्यो पनि भारतको विस्तारवादको कुरा हो । त्यो त हो, म पनि मान्छु ।
० नेपालमा सुरुमा नै दलाल पार्टीको रूपमा स्थापना भएका नेपाली कांग्रेसजस्तो पार्टीहरू र सत्तामा पुगेपछि राष्ट्रघात गर्ने एमाले र एमाओवादीजस्तो पार्टीहरू छन् भनिन्छ यस बारेमा तपाईं के भन्नुहुन्छ ?
वास्तवमा यो त नारा र नारा मात्रै हो । केको राष्ट्रघात? केको राष्ट्रवाद? राष्ट्रवादी भन्नु भएको भए सबै पार्टीको नेताहरूले महात्मा गान्धीले जसरी एउटा लुङ्गी र गञ्जी लगाएर जीवन बिताउनु पर्थ्यो, त्यो ठाँटको जीवन अरबपतिको जीवन बिताउने थिएन । केको राष्ट्रवाद? राष्ट्रवादमा त नेताहरू जोगी (फकिर) बन्छन् । फकिरी गरेर गान्धीजस्तो बन्नुपर्छ । केको राष्ट्रवाद? अनि राष्ट्रघात पनि केको राष्ट्रघात? बाबा पहिले राष्ट्र बनाऊ न । त्यसपछि पो राष्ट्रघात हुन्छ नि । अहिलेसम्म त नेपालमा राष्ट्रको नारा मात्रै छ, राष्ट्र नै बनेको छैन । दुनियाँमा कुनै पनि देशको नागरिक अरू देशको सेनामा काम गर्न गएको छ? नेपालीहरू किन अरूदेशको सेनामा भर्ती भइरहेका छन्? अनि नेपालीहरूको कहाँ गयो राष्ट्रवाद? नेपालका लाखौ नेपाली चेलीहरू नेपाल बाहिर विदेशमा वेश्याको जीवन बिताइरहेका छन् । कहाँ गयो राष्ट्रवाद? राष्ट्रवादको लागि त पहिला राष्ट्र पो बन्नुपर्छ । राष्ट्र बनाउनुहोस् । बाहिर मान्छे पठाउन बन्द गर्नुहोस् । सेनामा जान्छ भने रोक्नुहोस् । एउटा सबल मजबुत राष्ट्र बनाउनुहोस् । त्यसपछि पो राष्ट्रघात हुन्छ । त्यसपछि पो राष्ट्रिय स्वाभिमान हुन्छ । नत्र केको स्वाभिमान ?
० राष्ट्र बन्ने क्रममा सङ्घीयतालाई जोडेर हेर्न मिल्छ कि मिल्दैन ?
सङ्घीयता त आपसको विचार हो । जनताको विचार हो । जनताको तर्फबाट माग आएको छ । किन मिल्दैन? अवश्य जोडेर हेर्न मिल्छ । सङ्घीयतामा राष्ट्रवाद खत्तम हुँदैन । भारतमा पहिले १४ वटा प्रान्तहरू थिए, अहिले ३५, ३६ वटा प्रान्तहरू भइसक्यो । के त्यहाँ राष्ट्रवाद खत्तम भइसक्यो? । रुस, अमेरिकामा सङ्घीयता छ, के त्यहाँ राष्ट्रवाद छैन? । जहाँ जहाँ सङ्घीयता छ त्यहाँ राष्ट्रवाद छैन । एकसेएक राष्ट्रवादीहरू एकजुट भएर सङ्घीय राज्यको रूपमा राष्ट्रहरूको निर्माण गर्न जुटिरहेका छन् ।
० नेपालका राजनीतिक पार्टीहरूमा ‘रअ’ का तलबी कर्मचारीहरू र सहयोगीहरू बहुसङ्ख्यक छ भन्ने गरिन्छ नि ?
वाह ! (छोटो हाँसो हाहाहा...) ‘रअ’ को जुन काम छ । हरेक दूतावासमा सबै डिपार्टमेन्ट छ । ‘रअ’ को मान्छे त्यहाँ पनि होलान् । तर यहाँ नेपालको मान्छेहरू किन ‘रअ’ को पैसा खान्छन्? किन भन्नुहुन्न कि ‘रअ’ को पैसा खान्छौ? ‘रअ’ आखिर भारतको भएकोले भारतको पैसा खाएर राष्ट्रको विरुद्ध किन काम गरेको भन्नुहुन्न? मलाई थाहा छैन कसले कति पैसा खाएर बसिरहेका छन् । म भारतीय हो, मलाई त ‘रअ’ले पैसा दिदैन । म बुढो भइसकें । मलाई त मद्दत गर्दैन भने नेपालीलाई पैसा दिन्छ भन्ने मलाई विश्वास नै लाग्दैन ।
० छिमेकी चीन र भारत नेपालमा कस्तो सङ्घीयता होस् भन्ने चाहन्छन् ?
चीनले प्रष्ट शब्दमा भनिसकेको छ । ‘उसले सङ्घीयता मन पराउँदैन ।’ उसको राष्ट्रपतिले भनिसक्यो– ‘चीन सङ्घीयताको पक्षमा छैन ।’ उसलाई के डर छ भने नेपालको सिमाना तिब्बतको सिमानासँग मिल्छ । नेपालमा सङ्घीयता बन्यो भने मेरो एकाधिकार प्रभाव खत्तम हुन्छ । त्यहाँका मान्छे आफ्नो विचारमा स्वतन्त्र हुन्छन् ।

सङ्घीयताको पक्षमा नेपाली जनताले भोट दिएका छन् ।
संविधानसभा बनेको छ । नेपालमा पाँच वटा, १० वटा र २० वटा प्रान्तहरू बनोस्
त्यो निर्णय गर्ने नेपाली जनताको अधिकारको कुरा हो । त्यो निर्णय गर्ने
भारतको अधिकार हैन । त्यसकारण भारत शतप्रतिशत सङ्घीयताको पक्षमा छ ।
० यसैमा जोडी हालौ, स्वतन्त्र तिब्बतको नारा चीनलाई कमजोर बनाउने पश्चिमाहरूको रणनीति हो भनेर भन्ने गरेको छ नि ?
तिब्बतको समस्या हल भयो भने चीनमा अरू देश पनि बन्ने सम्भावना छ । त्यहाँ मुस्लिम बाहुल्य प्रान्त छ । त्यसले स्वतन्त्रताको माग गर्दैछ । त्यो त डर छ चीनलाई । यदि तिब्बत स्वतन्त्र देश बन्यो भने चीनलाई उसको देशमा धेरै स्वतन्त्र देशहरू बन्छन् भन्ने डर छ । तर, नेपालको गतिविधिले चीनलाई कमजोर बनाउँछ । भारतको गतिविधिले चीनलाई कमजोर बनाउँछ । यो त म मान्दिन । किनकि भारत र चीनको सिमाना धेरै ठाउँमा मिलेको छ । कति भारतीयहरूलाई तिब्बतीहरूसँग काम गर्दा चीनले समात्यो । छैन, कुनै पनि भारतीयलाई आजसम्म चीनले समातेको छैन । भारतले केही बिगारेको छैन । भारतले त तिब्बतलाई चीनको अङ्गको रूपमा मानिसकेको छ । त्यसकारण चीन कमजोर हुने कुरा झुठो दलिल मात्र हो । यसको कुनै अर्थ छैन ।
० विपक्षीहरू सरकार पक्षलाई सहमतिमा संविधान बनाउनका लागि दबाब दिन भनेर सडक आन्दोलनमा लागेका छन् यसबारे तपाईं के भन्नुहुन्छ ?
विपक्षीहरूको आन्दोलनमा दम, तागत र जनतालाई अधिकार दिन सक्ने शक्ति छ । ऊ पनि जनताको प्रतिनिधि हो । उनीहरूले आफ्नो विचारको पक्षमा आन्दोलन कतिसम्म चलाउँछ, कति आन्दोलन सफल हुन्छ, त्यो त भविष्यको कुरा हो । तर उसको मागबारे नेपालका एउटा संविधानविद्ले एउटा गोष्ठीमा भन्यो–अन्तरिम संविधान २०६३ मा चार पाँच ठाउँमा सहमति सहमति... शब्द लिपिबद्ध गरिएको छ । आज किन प्रक्रियामा जाने? अन्तरिम संविधानमा लेखिएको छ कि सबै काम सहमतिमा हुनेछ । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौताले पनि त्यही भन्छ । अहिले आएर केपी ओलीले आफ्नो तागत लगाउनुको अर्थ के? यो केपी ओलीको सत्तालिप्साको स्वार्थ मात्र हो । त्यसकारण सत्तासीनहरूको विरुद्ध अब भीषण आन्दोलन हुने सम्भावना छ ।
० नेपालको लागि उपयुक्त शासकीय स्वरूप कस्तो होला ?
शतप्रतिशत सङ्घीय लोकतान्त्रिक गणराज्य हुनुपर्छ । चाहे संसदीय शासकीय स्वरूप होस्, चाहे मिश्रित (फ्रेञ्च मोडेल) शासकीय स्वरूप होस्, चाहे सहमतीय (स्विस मोडेल) शासकीय स्वरूप होस् । तर नेपाली विशेषता अनुरूपको लोकतान्त्रिक शासन व्यवस्था र सङ्घीय गणराज्य नेपालको लागि उपयुक्त शासकीय स्वरूप होस् ।
० प्राकृतिक स्रोत साधनले भरिपूर्ण नेपाल देश सुनको कचौरामा भिख मागिरहेको जस्तो देखिन्छ, किन होला ?
विलकुल ठीक भन्नु भयो । नेपाल विश्वमा सबैभन्दा धनी देश हुनुपर्ने हो । प्राकृतिक स्रोत साधनले भरिपूर्ण देश नेपालमा नेताहरू एक आपसमा लडेर कुनै पनि राष्ट्रिय महत्वका आयोजनालाई सफल हुन दिएनन् । नेपालमा जलस्रोतको सही सदुपयोग गरेर विद्धुत उत्पादन गर्ने हो भने विदेशमा गएका सबै नेपालीहरू फर्केर आउने छन् । नेपाल त्यति धनी हुन्छ । विदेशबाट मजदुर मगाउनुपर्छ । राणाशासन, पञ्चायती शासन, बहुदलीय संसदीय शासन, लोकतान्त्रिक शासन सबैले नेपालको विकासलाई रोकेर राखी रहेका छन् । आआफ्ना तर्क दिएर नेपालको विकास र समृद्धिलाई रोकी राखेका छन् । चाहे भारतको नाउँमा होस् । चाहे अमेरिकाको नाउँमा होस् । सबका सबलाई गाली गरेर विकास रोकी राखेका छन् ।
० प्रसंग बदलौ, पूर्व राजा ज्ञानेन्द्रले नातिका लागि राजतन्त्र पुनः स्थापना गर्ने कोसिस गरिरहेको कुरा मिडियामा आइरहेका छन् नि ?
तपाईंले थाहा पाएजस्तै मैले पनि थाहा पाएको छु । तर, गुमेको राजतन्त्र फेरि फर्केर आउँछ जस्तो मलाई लाग्दैन । विश्वमा छिटफुट राजतन्त्रको पुनः स्थापना भए पनि नेपालमा त्यस्को कुनै सम्भावना देख्दिन ।
० तपाईं नेपालका राजनीतिक दलहरू कसरी अघि बढोस् भन्न चाहनुहुन्छ ?
नेपालका राजनीतिक दलहरू सबै लोकतान्त्रिक र सहमतिको साथ अगाडि बढोस् भन्ने चाहन्छु । यो भन्दा अर्को कुनै बाटो छैन ।
० अन्त्यमा
नेपाल विकसित देश बन्यो भने म त विहार युपीको मान्छे, नेपालमा बिजुली भयो भने नेपालको बिजुली युपी र विहारमा जान्छ, हाम्रो विहारको पनि विकास हुन्छ, युपीको पनि विकास हुन्छ । मेरो देशको पनि विकास हुन्छ । नेपालमा बिजुली उत्पादन होस् । नेपालमा धेरै अन्न उब्जोस् । बाहिरको मान्छे आएर खेतीपाती गरोस् । कृषि प्रधान देश नेपाल सबल बनोस् । बिजुली प्रधान देश नेपाल समृद्ध बनोस् । नेपालले जति तरक्की गर्छ, हामी विहारीलाई त फाइदा नै फाइदा छ ।

No comments:
Post a Comment