नेपालीका रूपमा नेपालमै जन्मन लागेकी आफ्नी नातिनीलाई 'अमेरिकी' बनाएर एमाले नेता वामदेव गौतमले आफ्नो 'राष्ट्रवादी भावनाको उजागर ' गरेका छन् । आफ्नी पुत्रवधुलाई बच्चा जन्मनुभन्दा दुई साताअघि अमेरिका पुर्याएर उनले आफ्नी नातिनीलाई 'अमेरिकी' बनाएका हुन् ।
अमेरिकी कानुनअनुसार अमेरिकामा जन्मने हरेक मानिस अमेरिकाको जन्मसिद्ध नागरिक हुने चाल पाएपछि गौतमले बुहारीलाई बच्चा जन्माउन अमेरिका पठाएको चर्चा अहिले त्यहाँ नेपालीहरूबीच चलिरहेको छ ।
अमेरिकी कानुनअनुसार अमेरिकामा जन्मने हरेक मानिस अमेरिकाको जन्मसिद्ध नागरिक हुने चाल पाएपछि गौतमले बुहारीलाई बच्चा जन्माउन अमेरिका पठाएको चर्चा अहिले त्यहाँ नेपालीहरूबीच चलिरहेको छ ।
आफ्ना छोरा हरिश गौतमकी पत्नी तारा कुँवर अमेरिकामा पुत्री जन्माएर नेपाल फर्किसकेकी छिन् । फक्स ट्राभल्स नामक एक निजी कम्पनीमा कार्यकारी प्रमुख बनाइएकी ताराको विवाह सात वर्षअघि भए पनि उनको सन्तान हुन सकेको थिएन । बुहारी गर्भवती भएको थाहा पाएदेखि वामदेवले बच्चाचाहिँ अमेरिकामै गएर जन्माउन छोराबुहारीलाई सुझाउने गरेको बताइन्छ । उनको सुझाव मनन गर्दै बुहारी तारा छोरी जन्माउन अमेरिका गएपछि त्यहाँ रहेका नेपालीबीच वामदेव गौतमको राष्ट्रवादलाई लिएर चर्चा सुरु भएको थियो ।
स्मरणीय छ, करिब बाह्र वर्षअघि वामदेव गौतम पहिलोपल्ट अमेरिका भ्रमणमा गएका थिए र त्यहाँबाट फर्कंदा उनी अमेरिकी समृद्धिको ठूलो प्रशंसक बनेका थिए । नेपाल फर्किएपछि गौतमले भनेका थिए, 'अमेरिकामा त साम्यवाद आइसकेको रहेछ ।' विश्वकै सबभन्दा ठूलो पुँजीवादी मुलुकलाई प्रशंसा गर्दै त्यहाँ साम्यवाद आइसकेको अभिव्यक्ति दिएपछि गौतमको भनाइको कतिपयले रमाइलो मजाक ठानेका थिए भने कम्युनिष्टहरूभित्र उनको व्यापक आलोचना भएको थियो । जसले जे भने पनि वामदेवले अमेरिकाको प्रशंसा गर्न छोडेनन्, बरु अर्को वर्ष सपरिवार अमेरिका गएर आफ्नी छोरीलाई समेत त्यहीँ बसोबास भएका एक नेपाली केटाको जिम्मा लगाएर फर्किएका थिए । सानो वैवाहिक समारोहजस्तो गरी गौतमले पूर्व राष्ट्रिय पञ्चायत सदस्य जागृत भेटवालका छोरालाई छोरी जिम्मा दिएर नेपाल फर्केका थिए ।
गौतमका ज्वाइँ अमेरिकाको 'ग्रिनकार्ड होल्डर' थिए भने अब छोरी पनि अमेरिकी बन्ने क्रममा रहेको बुझिएको छ। पछि अमेरिकाको नागरिक बन्न कठिन हुनसक्ने देखे–भोगेका गौतमले नातिनीलाई भने जन्मँदै अमेरिकी बनाउन सफल भएका छन्। गौतमका छोरा हरिश इञ्जिनियर छन्।
एमालेकै अर्का नेता ईश्वर पोखरेलका एक छोरा अमेरिकामा लागूपदार्थको कुलतामा फसेको बुझिएको छ । गाँजा र चरेसको सेवन गर्ने उनलाई सुधार्न नेपालीहरूले गरेको प्रयास असफल भएको बताइन्छ ।
No comments:
Post a Comment