चाउमिनले बलात्कार बढाउँछ भन्ने कुरा के तपाइँ पत्याउनुहुन्छ? सायद पत्याउन सकिँदैन। तर भारतको हरियाणास्थित जिन्द जिल्लाको एक पञ्चायतले चाउमिनका कारण बलात्कार बढेको ठहर गरेको छ। जिन्द जिल्लाको छातर गाउँ पञ्चायतले गाउँमा बढेका बलात्कारका घटनामा चाउमिन दोषी रहेको ठहर गरेको हो।
यौनका विषयमा सो पञ्चायत पछिल्लो समयमा निकै चर्चित तथा विवादित रहने गरेको छ। एक हप्ताअघि मात्रै एक जना पञ्चायत नेताले उमेर छिप्पिने बेलासम्म पनि छोरीको बिहे नगरिदिँदा बलात्कार बढेको बताएका थिए। बलात्कार घटाउन छोरीको बिहे १६ वर्षै गरिदिनुपर्न उनको तर्क थियो। बलात्कार बढ्नुका कारणबारे विभिन्न अड्कलबाजी चलिरहेका बेला पञ्चायतले अन्ततः औपचारिक रुपमै चाउमिनलाई दोषी करार गरेको हो।
पञ्चायत अध्यक्षका अनुसार चाउमिनको सेवनले तन्नेरीहरुको सरीरमा हर्मन असन्तुलित बनाउँछ जसका कारण उनीहरु उत्तेजित हुन्छन् र सेक्सको तिर्खा निकै बढेपछि बलात्कारको तहसम्म पुग्छन्। पञ्चायतको यस्तो ठहर कत्तिको वैज्ञानिक हो? भन्ने कुराको भने परीक्षण भैसकेको छैन। तर पटकपटक विवादित कुरा गर्न उक्त पञ्चायतको पछिल्लो निर्णय पनि विवादित बन्ने पक्का छ।
No comments:
Post a Comment