Monday, March 25, 2013

मंगोल नेपालका पहिलो राष्ट्रपति


हाम्रो प्रफुल्लता स्वीकार्नोस्
-कृष्ण बहादुर तामाङ (ईतिहासको  पानाबाट )
काठमाण्डौं: बसेर हेर्दा र खुम्चेर हेर्दा सन् १९५० देखि र उठेर हेर्दा र तन्केर हेर्दा सन् १४९५ देखि कुनै न कुनै रुपमा नेपालको राजनीतिक सत्ता कुमाउ गड्वालबाट वर्तमान नेपालमा शरणार्थीको रुपमा भित्रीएका कुमाई बाहुनहरुकै हातमा केन्द्रीभूत भएको देखिन्छ । कुमाउवाट भित्रिएका बाहुनहरु कुमाइ बाहुन हुन् र गड्वालबाट भित्रिएकाहरु ज्ञवाली बाहुनहरु हुन् । राजस्थानवाट शरणार्थी कै रुपमा डोरा सरवाल (अपभ्रंस भएपछि दौरासुरुवाल) मात्र लगाएर आएका शाहहरु र धोती र जनाई मात्र लगाएर भित्रिएका कुमाई बाहुनहरु कुनै न कुनै रुपमा परस्परमा नङ र मासु जस्तै भएर यस मुलुकका अहिन्दु मुलवासी मंगोलहरुलाई शोषण र शासन गर्न सफल भए । यस भेकमा भित्रिदा यिनीहरुको थर बाउन्न हो कालन्तरमा बाहुन भएर बाँचे जसरी गोर्खालीहरु लाउरे भएर अर्थात सेवामा पसेका गोर्खालीहरु । राजस्थानको चितौडवाट मुगोलहरुको खेदाइमा परी भगौडा भएका शाहहरु त श्री ५ मात्र हुन सके कुमाई बाहुनहरु त श्री ६ नै भएर अर्थात श्री माथि भएर नै बाँचेर खाए गाँजिए, झाँगिए । त्यसपछिको अर्को जत्था राणाहरु पनि राजस्थानकै चितौडतिरवाट भगौडा नै भएर सन् १५५९ मा यस भेगमा भित्रेका हुन् र पश्चिमको थारु गाउँमा सरण पाएकाले पछि तिनीहरुसंग सम्पर्कमा रहेका थारुहरुलाई पनि राना टाइटल दिएर श्रीमान त स्वीकारे तर भित्री हृदयको अस्वीकारताले गर्दा लोग्नेलाई खान पस्केर दिंदा खुट्टाले ठेलेर दिने चलन बस्यो ।
वर्तमान नेपालमा देखा परेका जनजाति जमात अर्थात हिन्दु समाजकै बाहुनको पैताला जमात  पनि त्यसै ताका  सन् १५५९ मा नै राणाहरुका भरिया करिया भएर भित्रिए हुन् । किनकी यिनीहरु राणाको कमरा जाति (जन=कमारा-जाती=अतिशुद्र बाहुनको पैताला) थिए । जनजाति आदिवासी होइनन, किनकी यिनीहरुले जंगल अवादी गरेर बस्नु परेन । छिपिएका भुस्तिग्रे राणाहरुको जत्था फेरि भारततर्फ हाँकिए पछि केही कमाराहरु  (जनजाति) तिनीहरुसंग गए भने थारुहरुसंग छाडिएका तिनीहरुका स्वास्नी छोराछोरीको स्याहार सुसारमा छाडिएका जनजातिहरु चारो खोजि खानाको निम्ति त्यस भेगका मूलबासीहरुकै खेताला गोठाला भएर जिविकोपार्जनमा लागे । जंगल फाँडेर, भास्मे फाँडेर बस्नु परेन, पस्नु परेन । यस कारण ती जनजातिको जत्था आदिवासी बनेनन् । बरु बाहुन क्षेत्री आदिवासी बने । क्षेत्री भनेको त एउटा क्षेत्रको मालिक अर्थात अधिपति जमाएर बसेका मालिक । राजपुत भनेको पनि राज्यको पुत्र ।  राजपुतहरु राजपुतानामा कव्जा जमाएर  बसेकाहरु र भारतमा छरिदै बसेका हिन्दु आर्यले हल्लाउन नसकेको मंगोलहरु हुन् । जो वर्तमान चीनवाट लड्दै भिड्दै छरिएका हुन् । हिन्दु आर्य बाहुनहरु क्षेत्रपति (कालन्तरमा क्षेत्री) हरुको गुणगान गाएर हुन्छ कि, चाकरी गरेर हुन्छ कि धम्काएर हुन्छ कि मौका पर्‍यो भने आफ्नो विरोधीहरुलाई सिध्याई दिएरै हुन्छ कि आफ्नो स्वार्थ सिद्ध गर्ने प्राणी हुन् । सिदाहा (सिद्धार्थ होइन) बुद्ध हुनु अघि हिन्दु आर्य बाहुनहरुकै षड्यन्त्रले देश निकाला गरिएका हुन् । सिदाहाका बाबु सुद्धोधन होइन, सुद्धधान हो । सुद्धधान, सिदाहा दुवै पाली भाषा हो । सुद्धोधन त्यस इलाकाका क्षेत्रपति थिए-हिन्दु आर्य होइन । उनी मंगोल हुन् र छोरो बुद्ध हुनु अघि नै तिनीहरुमा समानता थियो । भेदभाव थिएन । यो भेदभाव र समाजलाई टुक्राउने, भाँड्ने काम त हिन्दु आर्यले मात्र गरे । संसारभर छरिएर बसेका आर्यनहरुले समाजलाई यति विघ्न टुक्राएर समाजलाई घृणा गरेर आफुहरुले शोषण र शासन गरेका छैनन् । हिन्दु आर्य बाहुन क्षेत्रीको यति लामो शोषण र शासन यसपल्ट आएर जुनसुकै रुपमा भएता पनि टुक्रिएको छ र राजनैतिक र सामाजिक स्थानमा गतिलो धक्का लागेको छ । गिरिजाप्रसाद कोइरालाको पहिलो राष्ट्रपति हुने र सुजाताको शाहाज्यादी भएर अझ भ्रष्टाचार गरेर खरबौ कमाउने र मनि पावर र मसल पावरले जनतामाथि उफ्री पाफ्री गर्ने, प्रधानमन्त्री बन्ने सुमधुर सपना पनि हाललाई हावाले उडाइ दिएको छ । ६८ बर्ष अघिसम्म अर्थात १९५० सम्म के थिए र यी कुमाई बाहुनहरु ? परन्तु १९५० पछि राणाहरु हुतिए पछि राणाहरुको ठाउँ ओगटदै गए, राजनैतिक शक्ति हत्याउँदै गए । ६८ बर्ष पछि नेपाल भनेको बाहुन क्षेत्री, बाहुन क्षेत्री भनेको नेपाल भनेझै बनाए । पहिलो झमटमा अव आएर पहाडी बाहुन क्षेत्रीवाट राजनैतिक शक्ति तराईतिर ओर्लेको छ । त्यही पनि तराइको यादव ज्ञानेन्द्रको ठाउँमा पुगेका छन् । सामन्तीको प्रतिक राजा शव्द बोकेर होइन, राष्ट्रपति भएर । तराइबासीले त्यसमा पनि खास गरेर थारु समुदाय र यादव समुदायले निर्भिक्तसाथ अघि बढ्नु पर्छ र राजनैतिक सत्ता केही सताव्दी अघि देखि मात्र हत्याउदै आफ्नो मुठ्ठीमा पुर्‍यायाएका हिन्दु आर्यको बाटो खोस्नु पर्छ । हिन्दु आर्यन बाहुन क्षेत्रीको राजनैतिक गर्ने क्षमता छैन, केवल फुटाउ, टुक्राउ, भाँड, घृणा फैलाई आफ्नो स्वार्थ सिद्ध गर भन्ने सोचाई मात्र छ । त्यसैकारण यो ६८ वर्षमा नेपाल भिख मागेर खाने र प्रत्येक नेपालीलाई ऋणमा डुवाउने हालतमा पुर्‍याए । पाति पढेर मागि खानेले देश बन्धकी राखेर मागी खाने वनाए । ढुंगालाई दूध र मान्छेलाई मुत खुवाउने संस्कारमा मात्र हुर्काए ।
यादव र थारुहरु वर्तमान नेपालकै अहिन्दू मूलवासी मंगोल हुन् । त्यतिमात्र होइन यि दुवै समुदाय बुद्धिष्ट हुन् । अपितु हिन्दु आर्यनहरुको हातमा नेपाल र भारतको राजनैतिक सत्ता पुगेपछि थारुहरुलाई यति निर्ममतापूर्वक शोषण र सासन मात्र गरेनन् कि गोड लगैछी हजुर (हजुरको खुट्टामा परे) भन्ने सम्म पुर्‍याए । झुठ्ठा कुराहरु घोकाएर अत्यन्तै भिरुपनि बनाए । अहिलेको विहार (बौद्ध विहार हो) भित्र नै बुद्धका विशाल विश्वविद्यालयहरु थिए । जुन विश्वविद्यालयहरु महेनजोदडो, हरप्पाले परिचित छन् र हिन्दु आर्य बाहुनहरुले गयाको बोधी बृक्ष उखेलेर आगो लगाई दिए जस्तै यी विश्वविद्यालयहरु भत्काएर चकनाचुर पारिदिए । मान्छेको उत्पत्ति संसारमा नै तीनवटा रेसमा उत्पत्ति र विभाजन छन् । वर्तमान चीन, भारत,  नेपाल अहिन्दु मूलवासी मंगोलको उत्पत्ति स्थान हो । यी नामहरु त हिजो अस्ति मात्र राखिएका हुन् । चिन्न सजिलोको निम्ति मंगोलको रङ पहेलो हुन्थ्यो  सुन जस्तै चम्कने । आर्यनहरुको  उद्गम स्थान ककसियस पहाड हो, जुन क्यासपियन सि र ब्ल्याकसि माझ पर्छ । तिनीहरु त्यहीवाट विश्वभर छरिए । जव हाइटी साम्राज्यको जमातले क्राइष्ट जन्मनु भन्दा १९ सय वर्ष अघि आक्रमण गरे । हामीले चिन्ने हिन्दु आर्य त्यहीवाट भागेको एउटा शाखा हो जुन वर्तमान भारतमा ३ हजार ५ सय बर्ष अघि मात्र सिन्धु नदीको घाँटी भएर भित्रेका हुन् । त्यसै कारण हिन्दु भए, ‘स’ को अपभ्रंश ह । काला हब्सीहरुको उद्गम स्थान हो अफ्रिकी मुलुक । अफ्रिकी महासंघ छ, यूरोपियन महासंघ छ, एशियन महासंघ भयो भने त्यो मंगोल महासंघ हुनेछ ।
यादवहरुले सन् १९२९ मा एउटा सम्मेलन गरेर जनै भिरे लखनाउमा । बाहुनहरुको अत्याचारवाट इखिएर बाहुनहरुलाई देखाउन त्यसो गरिएको थियो । बाहुनहरुकै दुष्टतापूर्ण अत्याचार कै कारण गुरु नानकले हिन्दु आर्य बाहुन विरोधी सिक धर्म जन्मायो । हिन्दुआर्य बाहुनहरु कै निर्ममत अत्याचारको विरोधमा जिन्दाल भाई पंजरिया मुसलमान भए, पछि गएर हिन्दु आर्य बाहुनहरुकै कारणले जिन्दल भाई पंजरिया जिन्हा भए र जिन्हाले पाकिस्तान जन्माइ दिए । मुसलमानहरुले छाडेर गएको ३५ लाख हेक्टर जमिन बाहुनहरुकै हातमा पर्‍यो ।  यादव गाई भैसी पालक, जमातलाई भन्ने गरिन्छ । त्यसरी हेर्दा गोपालवंशी पनि यही हो । गोपालवंशीले वर्तमान नेपालमा सासन गरेको हो । अव बसेर हेर्दा र खुम्चेर हेर्दा, उठेर हेर्दा र तन्केर हेर्दा नेपालको राजनीति धेरै लामो समय पछि हिन्दु आर्यनको हातवाट खोसिएर मंगोलको हातमा पुगेको छ र पहाडवाट तराई झरेको छ । दुष्ट हिन्दु आर्य बाहुन क्षेत्रीहरुले अहिन्दु मूलवासी मंगोलहरु देशै नहुने अतिशुद्र बाहुनको पैताला जाति जनजाति वनाउने भगिरथ प्रयास गरिरहेका छन् । दुष्टमध्येहरुको विचार नै दुष्ट-दुष्ट ।
 २०६५ साल भाद्र १ गते  प्रकासित: ।

Sunday, March 24, 2013

कंग्रेस एमाले सामन्ती कै दुइपाटे प्रतीक

नेपालमा माओवादीलाइ ‘आतंककारी’ घोषित गरिएको छ र देश भित्रका समस्त शक्तिले पनि माओवादी शक्तिलाइ दबाउन असमर्थ भएपछि अब विदेशीलाइ गुहार्न दौडधूप चलेको छ, त्यसो त माओलाइ नै पनि त एकताका लङ मार्च सफल हुँदै गएपछि एउटा साम्राज्यवादी मुलुकले लाल डाकु नभनेका होइनन नी ।
यस सयम नेपाललाइ आतंकित गराउने सारा दोष माओवादीलाइ मात्र दिएर राजाको सरकार मात्र नभएर प्रशासनलाइ गौमत छर्केर जुन झुटो प्रचार हर माध्यमबाट भइरहेको छ त्यो साधारण जनताको पनि चित्त नबुझदो छ, झुठो र कपोकल्पित छ यस समय संविधान भनिने कंग्रेस एमाले र दरबारको त्रिपक्षीय सम्झौता पत्रले यसको प्रस्तावनालाइ अर्ध जीवित अवस्थामा पुर्‍याएको छ, सही समाचार न बाहिर ल्याउन दिइएको छ, न त आइरहेको छ, आइरहेको छ त केवल माओवादीले आक्रमण गरेको र तिनीहरु मारिएको समाचार ।
माओवादीको जुझारु रुप स्पष्टसंग देखिनु अघि र माओवादीलाइ आतंककारी घोषणा गरिनु अघि नै देशको  शहर बजार कुना काप्चा चारैतिर प्रहरी प्रशासन, कंग्रेस र एमालेको आतंक चरम सीमामा पुगेको थियो, अब त त्यसमा सैनिक आतंक पनि थपिएको छ । त्यसको साक्षात प्रमाणको रुपमा म यहाँ दुइ चार आफ्नै उदाहरण पेश गर्छुः
दोलखा जिल्लामा मंगोल नेशनल अर्गनाइजेशन समर्थक उम्मेदवारहरु एक जनालाइ चुनाव ताका कंग्रेसले नाम दर्ता नै गराउनु दिएन । साफी पिटने काम मात्र गरेनन तर बिहानदेखि साँझसम्म एउटा घरमा लगेर बन्द गरी दिने काम गरे । दोलखामा एमएनओको बोर्ड राख्न नदिएर प्रहरी प्रशासनको मदतले हटाउने काम गरे भने एमालेका गुण्डाहरुले एकजना एमएनओ समर्थकको घर नै उजाड बनाइदिने गरी ढुंगाले भत्काइदिए । मेरो चुनाव क्षेत्रमा कंग्रेसहरुले हत्यारालाइ नेता बनाएर गुमाउने राती राती एमएनओको झण्डा उखेली कंग्रेसको झण्डा गाडने काम गरे । पाँचथरमा लिम्बुहरुलाइ बाहुन, छेत्री, प्रहरी र गार्डले मिलेर हिन्दु आर्य भनेकोमा पक्राउ गरी दण्ड तिराएर भागवण्डा गरी खाए । सेप्टेम्बर ७ तारिख बेलुकी ५:३० मा मेरो घरमा एकजना इन्सपेक्टरको नेतृत्वमा प्रहरी दल बल गएर मेरो अफिसको नौला पुस्तक ‘अस्तित्वको खोजमा मंगोलको’ मात्र होइन अफिसमा भए जति सबै बहुमुल्य वस्तुहरु उठाएर लगे । मलाइ नभेटेको झोंकमा मेरी पाहुना बहिनीलाई नै लिएर गए र बन्दगीको रुपमा प्रयोग गर्ने काम गरे । प्रहरीलाइ सोधें पंचायतकालीन भाषामा माथिको आदेश भनिदियो, धम्कायो, सेलायो चाउरियो, बस्यो । यस्ता हजारौ प्रहरी र प्रशासनबाट भएको आतंकित कार्वाही चाहि आतंककारी थियो कि थिएन ? 
जुझारु रुपमा ओर्लिएपछि त संसर भरनै मार्ने र मर्ने काम हुन्छ, त्यो कतै पनि जहिले पनि भइरहेको छ । राजाको सरकारले, सेनाले, प्रहरी प्रशासनले गरेको जुनसुकै अपराध पनि आर्शिवाद हुने, मानव अधिकिारवादी हुने यो कसरी हुन सक्छ र ? जुझारु अवस्थामा र क्रान्तिद्वारा सत्ता परिवर्तनको हतियार उठाउंदा, भारतबाट अंग्रेजहरु लखेटदा, बंगलादेशको मुक्तिको लडाइंको बेला, नेपालमा नै राणा शासन हटाउंदा, बहुदल माथि बलात्कार हुंदा नै नभएको हो कि ? हतियारधारीसंग लडने त हतियारधारी नै हुन्छ हतियारधारीको अघिल्तिर हतियार विहिन जनता त मारिनु बाहेक केही पनि हुंदैन उसको हालत बाघको मुखेन्जी मराए, पाकिस्तानी सैनिकले वर्तमान बंगलादेशकालाइ मराए । १९६० मा राई लिम्बु र गुरुङ मगर गाउंमा बाहुन छेत्री पल्टन पठाइयो, खाडल खन्न लगाइयो, गोली ठोकियो , पुरिदियो तर त्यही शासन तीस वर्षसम्म चल्यो, शक्तिको अघिल्तिर सबैको शीर नत थियो । त्यहां मानव अधिकार हनन भएन न त भ्रष्टाचार नै देखिन्थ्यो । पिसकोरकाण्डमा, छिनताङ काण्डमा हतियार बिहिन जनताको हत्या निर्ममता पूर्वक भयो तर तिनै हत्याराको नायकेहरु आज खांटी राष्ट्रीय प्रजातन्त्रवादी पनि भएका छन । भ्रष्टचारीहरु, हत्याराहरु जसको साथमा पैसा, कुटनैतिक बल, सैनिक र प्रहरीबल, प्रशासन बल छ त्योसंग अधिकार माग्ने र खोस्ने काम केवल दुइ प्रकारले हुनसक्छ एउटा हो सारा जनता आन्दोलित भएर अघि बडनु, अर्को हो हतियारसंग जुझनु हतियार नै उठाउनु जुन आज माओवादीले गरिरहेका छन । हुन त माओवादीको नाममा विभिन्न क्षेत्रमा पेन्ट लगाएर हिडने युवतीहरुलाइ समातेर पेन्ट काटिदिने, च्यातिदिने, साडी र सिन्दुर भिडाइदिने काम नभएको होइन गरीबहरुको घरमा पसेर विभिन्न लान्छना लगाएर भांडाकुडा फोरिदिनु, लुटिदिने काम नभएको होइन, पश्चिममा तिमी मतवालीहरुलाइ मतवालीहरुद्वारा नै ठीक गर्छौ र पूर्वमा तिमी मतवालीहरुलाइ ठीक गर्न हामी बाहुन छेत्री सक्षम छौं, भन्दै हिंडने नक्कली माओवादीहरु देखा नपरेका पनि होइनन । अपितु त्यस्ता नक्कली माओवादीहरु अब तुम शरणम गच्छामी भइसकेका हुनन ।
मंगोल नेशनल अर्गनाइजेशन र मंगोल शब्द नै पनि भोली काउसो बन्न सक्छ जसरी आज जम्मै पार्टीका नेताहरुका निम्ती काउसो बनेको छ । परन्तु कुरा वर्तमानको हो, गतवर्ष जुनको दररिया निर्ममता र निरंकुश हत्याकाण्डपछि माओवादीले नेपालमा जम्मै कम्युनिष्ट नामधारी नक्कली कम्युनिष्टहरुलाइ पाठ सिकाएका छन मात्र होइन उछिनेका पछि छन जसले गरीबको सरकारको गीतांगे भएर गरीबलाइ नै ठगिरहेका छन र त्यसो गर्नेमा एमाले पहिलो हांचमा पर्छ । कंग्रेस, एमाले एउटै रुपियांको दुइ पाटा जस्ता हुन र सामन्तीका प्रतीक हुन यिनीहरु भ्रष्टाचारका नायके रुढिवादका पूजारी नौलो पुञ्जीपति हुन । यिनीहरुको नौलो जनवाद जस्तै यिनीहरुको नेतृत्वको दिवालीया पनि नबुझनेको निम्ती खोलाको गीत भएता पनि बुझनेको निम्ती हांसको चाल र कुखुराको चाल हो । दरबार हत्याकाण्डसम्म माओवादीलाई हेर्ने र बिचार्ने तह दुइ खेमामा विभक्त भएको भएता पनि अब त्यसले एउटा कोल्टो फेरेको छ । कंग्रेस अब त्यसको अडानको अग्नि परिक्षा भइरहेको छ । कंग्रेस र एमाले पनि राप्रपा जतिकै सामप्रदायिक पार्टी हो र त्यसमा पनि राप्रपा छेत्री पार्टी हो भने कंग्रेस र एमाले बाहुनवादी पार्टी हो । मनमोहन अधिकारी प्रधानमन्त्री हुनासाथ झण्डलाई कालो बोकाको रगत भोग दिने कम्युनिष्ट नेता पनि हुन । कम्युनिष्ट जन्माउने नै कार्लमार्क्स हुन । मार्क्स र एगेल्सले कम्युनिष्ट घोषणा पत्र प्रकाशित गरेका १८४८ मा हो, माक्र्सको क्रान्तिकारी विचारलाइ रुसमा फक्राएर जसरी माओले चीनमा । सायद चीनमा सनयातसेन र माओ नजन्मेका भए चीन अफिमकै नशामा निदाइरहेको हुन्थ्यो र चीनको छात्ती विदेशी साम्राज्यवादीहरुले छिया-छिया पारी सकेका हुन्थे । चीनमा जनवादी नारा दिने सनयातसेन हुन । चीनका पहिलो राष्ट्रपति सनयातसेनको पार्टी ‘तुङमेङ हुइ’ ले कहिले दर्ता नपाएको भएता पनि हजार वर्ष पुरानो मंचु राजतन्त्रको जरो उखालिदियो । राष्ट्रीय राजनीतिमा ठूलै पार्टीको मात्र गणना हुंदैन कम्युनिष्टहरुको निम्ती धर्म अफिम हो र कालो बोकाको भोग चडाउने कम्युनिष्ट कम्युनिष्ट नै होइन । 
उता पक्का बाहुनवादी हो । मार्क्स भन्थे 'Religion is the opium of all people, Communists stand for abolition of all resligions, Red communists intend to set up a stateless and classless society others also imitative.'
मार्क्स भन्नुहुन्थ्यो –“वर्गसंघर्ष अनिवार्य छ, धनी र गरीबमाझ सम्झौता हुनै सक्दैन । धनीहरुलाइ गरीबहरुले जरैदेखि उखेल्नु पर्छ” रसियन मंगोल कम्युनिष्ट स्तम्भ लेनिन भन्नुहुन्थ्यो ‘बुर्जुवाइज संसद भनेको विश्वासघाती र दुष्टहरुको पार्टी हो, जसले जनतालाइ क्रान्तीको बोक्रे (मौखिक) मान्यतामात्र दिएर धोका दिने काम गर्छ’ नेपालमा कंग्रेसी र राप्रपाका बाहुन पुरोहितहरुले स्वर्ग र नर्कको लोभ देखाएर शोषित, पिडीत र गरीब जनतालाइ अझ शोषण गरी आफुहरु भ्रष्टाचारमा मोज गरिरहेका छन भने एमाले जस्तो बुर्जुवा कम्युनिष्टहरु गरीब र शोषित जनतालाइ काल्पनिक स्वर्गको लोभ देखाएर शोषण गरिरहेका छन । यस्ताहरु रसियाका Trotsky bourgeois  हुन र सेक्सपियरका साइलक हुन । 
तीसवर्षे एकदलीय पंचे शासनले हिन्दुराष्ट्रको साम्प्रदायिक तथाकथित संविधान लगायो, त्यसपछि बहुदलको नाममा त्यही शासन विभक्त मात्र भयो । अपितु साम्प्रदायिकता, हिन्दुराष्ट्र, भ्रष्टाचार सब त्यही राखियो । रुढिवाद, सामन्तवाद शोषणका तरिका सब यथावत र संस्कारगत राखियो । त्यहांका मूलबासीलाइ नक्कली र दरबारीया कम्युनिष्टहरुले आदिवासी र जनजाती (migrated and gipsy) मात्र बनाएर भनाएर नअघाएपछि तथाकथित संविधान (त्रीपक्षीय सम्झौतापत्र) द्वारा नै आदिवासी र जनजाती फिरिंगे, बनजारा बनाउंदै देश विहिन पनि बनाइदिएकोछ, यस्ताहरुलाइ चुनौती दिएर माओवादीको जन्म भएको छ, जसको धरातल चाहिं मूलबासी (indigenous) मंगोल नै हो र माओवादीको क्रान्तिकारी विचारमा बहुसंख्यक मूलबासी नै छन । बैचारिक क्रान्तिले क्रान्तिकारी प्रगति पनि हुन सक्छ, यसकारण भारत लगायत समस्त ऋणदाता र सहयोगदाता मुलुकहरुले यो भ्रष्टाचारी, सामन्ती, मानव अधिकारका हत्यारा, रुढिवादी र साम्प्रदायिक शक्तिलाइ धराशायी बनाइ भोको पेट, नांगो शरीर, भूमिहिन, नोकरी विहीन, आम्दानीहीन, घर परिवार विहीन गरीबीको रेखामुनी मृत्युको बंचाइ बांचिरहेको बहुसंख्यक जनताको निम्ती सोंचिदिन नितान्त आवश्यक भएको छ । माओवादको क्रान्तीकारी कदमको समर्थन रहर मात्रै होइन कर पनि हो-जसलाइ मर्नु र बांच्नुमा कुनै फरक छैन, बांचे र लक्ष्यमा पुगे भावी सन्तानले केही पाउने लडदा मंरिगए एउटा अपुग र अंध्यारो जीवनबाट मुक्ति होइन नैराश्यपूर्ण परिस्थितीले गांजेको छ ।
आज नेपालमा यत्तिको ऋण र सहयोग आएर पनि प्रत्येक मान्छेलाइ लाखौको ऋण बोकाएको छ । आज सैनिक  बल र प्रहरी बलको हतियारले निर्दोष मानिसहरुलाइ तातो गोलीले चिस्याइरहेको छ, त्यो कसले सुन्ने र देख्ने ? अब नेपाललाइ ऋण र सहयोग बन्द गरिनुपर्छ मुठीभरलाइ मोज गर्ने माध्यम बनाउनु हुन्न । 
अप्रिल, 2002 मा प्रकासित 

अहिन्दू मूलबासी मंगोल हो-राजनैतिक चेतनशील बन्नै पर्छ


-कृष्ण बहादुर तामाङ 
भारत र नेपालका अहिन्दू मूलबासी मंगोलहरुको कथा व्यथा एउटै छ । तिनीहरुले केवल बाँच्नु कै निम्ती मात्र रुखा सुखा खानु पर्छ :, बाँच्नकै निम्ती मात्र बाँचीदिनु पर्छः, हाँस्नकै निम्ती मात्र हाँसिदिनु पर्छ । चोट पटक लाग्दा-मुतेर लगाउनु पर्छ-माटोले पुरेर रगत थाम्नु पर्छ । हाड खुस्कदा सिस्नुको जरा कुटेर बाँध्नु पर्छ । जुका पर्दा जुका मार्नको निम्ती खरानी पानीमा फिटेर खानु पर्छ । वर्खा माझमा टहरालाई थोत्रो बोरा ओढाएर अथवा स्याउलाले ढाकेर चुहुने ठाउँ टाल्ने जमर्को गर्नु पर्छ । काँचो रुख काटेर भारमा राखेर धुवै धुवाले सुकाउनु पर्छ । अनि राम्रोसंग एक छाक पेटभरि खानुको निम्ती र एक झुम्रो गतिलो लगाउनुको निम्ती साहु महाजनको मुख ताक्नु पर्छः, आँखाभरि आशा लिएर हेर्नु पर्छ । गरिबीमा नै जन्मन्छन्ः, गरिबीमा नै हुर्कन्छन्, गरिबीमा नै मर्छन् । गरिब हुनु भाग्यलाई दोष-मिठो खान नपाउनु भाग्यलाई दोष । अघिल्लो जन्मको फल-जन्मदा नै लिएर आएको कर्मको फल-जन्मेको सात दिनमा नै भावीले लेखिदिएको कर्म । 
यो भाग्य के हो ? को हो भावी ? को हो हामी मूलबासी मंगोलको भाग्यमा चाहि दुख नै दुख मात्र लेखिदिने र हिजो धोती र जनै मात्र लिएर यस भूमिमा भित्रने शरणार्थीका रुपमा बास गासको खोजीमा भित्रने कालो हिन्दु आर्यन बाहुन छेत्रीको भाग्यमा चाहिवकिल, न्यायधिस, मन्त्री, प्रधानमन्त्री विशेष अधिकृत,अधिकृत,वरिष्ठ अधिकृत, प्रधानन्यायधीस, विशेष सचिव, मुख्य सचिव, दूत, राजदूत मात्र बन्दै जाने । मूलबासीहरुको घर ढल्दै झुप्रो बन्दै जाने, भएको जमिनबाट टाँट  पल्टदै जाने, सर्वभराबाट सर्वहारा बनिदै जाने घरबासीबाट सुकुम्बासी बनिदै जाने ? कर्म भनेको काम हो । न हिजो कुनै जन्म थियो न भोलि कुनै जन्म हुन्छ र न पूर्व जन्म थियो र त्यसको फल भोगिरहेका छौं । न त भोलि कुनै जन्म हुन्छ र न पूर्व जन्म थियो र त्यसको फल भोगिरहेका छौं । न त भविष्यमा कुनै जन्म हुन्छ र त्यसको निम्ती दान दक्षिणा गर्नु पर्ने आवश्यकता नै छ । 
हिजो बास गासको आशा गर्दै शरणार्थी हिन्दु आर्य बाहुन छेत्रीहरुले हाम्रा पुर्खाहरुको दाया मायाले बास गास पाए फेरि हामीलाई नै उठिबास लगाई दिएर र सुकुम्बासी बनाइदिए । हाम्रा पुर्खाहरुलाई षड्यन्त्रले दाजु भाइमा, लोग्ने स्वास्नीमा, बाबु–छोरामा कान फुकिदिएर लडाई दिए, भिडाइ दिए, मराइ दिए, मारिदिए, उठिबास लगाइ दिए, त्यसपछि ती जग्गाहरु, खेतबारीहरु आफ्नो बनाउदै लगे । हाम्रो पुर्खाहरु र आजकै पीडिहरु पनि बहकिदै गए, बरालिदै गए, हिरण्यकसिपुलाई मार्नका निम्ती कुनै हिन्दु आर्य अघिल्तिर आउनु र देखा पर्नु परेन । आफ्नै छोरा प्रलादको गिदीमा यसरी लिदी भरिदिए  हिन्दु आर्यहरुले कि आफ्ना बाबुलाई मार्दा र मराउदा प्रलादलाई दुख लागेन, पछुतो भएन, बरु ठूलो लडाई जितेर फर्केको हिरो भए जस्तो अनुभव भयो । हिन्दु आर्य रामको प्रसंसा यति व्यापक रुपमा गराउने काम घरबारहीन हिन्दु आर्य ऋषिमुनिहरुले यति व्यापक रुपमा गराउने काम अति तिब्र रुपमा गरे की यति शक्तिशाली, यति बुद्धिमान, बलवान, धनवान, रावणकी श्रीमती पनि रावणको विरोध र रामको प्रसंसामा जुटेर रावणलाई मानसिक रुपमा डर देखाउने, रातदिन कचकच गरेर ठीकसंग सोच्ने र योजनावद्ध ढंगबाट काम गर्न नदिने बनाइसकेकी थिईन् । त्यसरी नै अत्यन्तै शक्तिशाली बालीलाई मराउन लडाउने भिडाउने काम पनि आफ्नै भाइ सुग्रिवबाट गराए । जसरी रावणलाई लडाउने भिडाउने काम गोप्य वेद खोलिदिने काम आफ्नै भाइ विभिखनबाट गराइयो । रावणकी बहिनी सुपर्ण  खाँको नाक काटेर निहु खोज्ने राम लक्ष्मण हिन्दु आर्यहरु दुष्ट हुन् की होइनन् ? तपाईको आफ्नी बहिनीलाई लोफरहरुले जिस्क्यायो, लुट्यो, हात हाल्यो भने तपाई के गर्नुहुन्छ ? गर्दन काटिएको बोकाले झैं टुलुटुलु हेरिरहनु हुन्छ की ? छौं भने मर्द-निकाल कर्द, लड्न छ डटेर भन्ने आंट गर्नुहुन्छ । आज पनि हिन्दु आर्यन बाहुन छेत्रीहरुले राज्यको लोप लालच देखाएर अलिकति पैसा, सानो तिनो पदको लोभ देखाएर विभिन्न पार्टीहरुमा त्यस्तै भूमिका अदा गरिरहेका छन् । जसरी रामायण र महाभारतमा अदा गरेका थिए । रामायण महाभारत पढिएको छ ? पढेको भए त्यस भित्रको गुदी बुझिएको छ अथवा बुझ्ने कोशिस गरिएको छ ? अहिन्दू मूलबासी मंगोलहरु हो अरुको हतियार मात्र नबन राजनैतिक चेतनशील बन र आगामी पीडिको भाग्य आफै लेख्ने बनाउनु पर्छ हामीले । आगामी पीडिलाई यस मुलुकमा योजनाकार, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, न्यायधिश, प्रधानन्यायधीश, राजदूत बन्ने बनाउनु पर्छ हामीले, हिजोको शरणार्थी विदेशीको आशामा होइन, अधिकार र योग्यतामा । के थिए र यी बाहुन छेत्री आर्यहरु पचास–पच्पन्न वर्षअघि ? के भएका छन् आज ? गहिरिएर सोच्न सिक । तेस्रो आँखाले हेर्न योग्य बन, कमसेकम भावी पीडिको उज्वल र सुरक्षित भविष्यको निम्ती, यो निश्चित छ एकाइसौ शताब्दी अहिन्दू मूलबासी मंगोल विजयको शताब्दी हो । मुक्तिको शताब्दी हो, ब्यूझ, उठ, जुट, अघि बड, सडेर गलेर नमर, केही गरेर केही भएर मर । 

Sunday, March 17, 2013

कतारमा ३१औं मगर दिवस मनाइयो


दोहा, ९ मार्च :  बिश्व भर छरिएर रहेका मगरहरुले मगर दिवस भब्य रुपमा मनाउने क्रममा कतारमा पनी नेपाल प्रवासी मगर संघ दोहा कतारको आयोजनामा ३१ औं मगर दिवस केन्द्रिय समितीका द्धितीय उपाध्यक्ष शेर ब. रोकामगरको संयोजकत्व तथा केन्द्रिय समितीका अध्यक्ष भिम तरामुमगरको अध्यक्षता र महासचिव शरण थापामगरको सञ्चालनमा मार्च ८ तारीकका दिन समाल पब्लिक गार्डेनमा ९०० जना भन्दा बढीको सहभागीतामा मनाइएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी ने. प्र. आ. ज. महासंघ कतारका अध्यक्ष विनेश तामाङ, बिशिष्ट अतिथीमा मगर संघका प्रमुख सल्लाहकार देब ब. रानामगर हुनुहुन्थ्यो । 
त्यस्तैगरी अतिथीहरुमा एन. आर. एन. ए. (एन सी सी) कतार च्याप्टरका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाट, संघीय लिम्बुवान राज्य परिषदबाट नरेन्द्र कुमार लिम्बु, संघीय समाजबादी मञ्चबाट प्रकाश आलेमगर, लोकतान्त्रिक मञ्चका छबीलाल कटुवाल, नेपाली एकता समाजबाट छबिलाल बि. क., मोरङ सुनसरी प्रवासी सेवा समाजका सह–सचिव खगेन्द्र कार्की, पाल्पाली सेवा समाजका अध्यक्ष भुपराज दवाडी, नेपाल दैवी प्रकोप संघका अध्यक्ष लोकेन्द्र पिठाकोटेमगर, बाग्लुङ सेवा समाजबाट खिम बुढामगर, तनहुँ सेवा समाजबाट मनिराज थापामगर, नेपाल प्रवासी भुजेल सेवा समाजबाट रविन भुजेल, किराँत राई यायोक्खाबाट उमेश चन्द्र राई, किराँत याक्थुङ चुम्लुङबाट बिक्रम लिम्बू, तमु सेवा समाजबाट सल्लाहकार सदस्य राम गुरुङ, नेपाल प्रवासी तामाङ समाजबाट दिल दोर्जे तामाङ, गुल्मी सेवा समाजका प्रमुख सल्लाहकार द्रोण बस्नेत, दाङ देउखुरी सेवा समाजका महासचिव सुर्य सुवेदी, नेपाल पत्रकार महासंघबाट का. बा. अध्यक्ष गणेश बञ्जाडे, रोल्पा जलजला सेवा समाजबाट चेतमान रोकामगर, नेपाली प्रवासी युवा समाजबाट नरेन्द्र राई, पुन क्लवबाट गोबिन्द गर्बुजा, आदिबासी जनजाती पत्रकार प्रेम कुमार लामा, मगर ब्यबसायी कमल थापामगर, मगर संघका संस्थापक सदस्य लोकेश गाहामगर, सल्लाहकार सदस्यहरु जनक थापामगर, मनिराज पुनमगर, गिरी काउछामगर, दोहा एरिया समितीका अध्यक्ष केशव रानामगर, सनैया "ए" एरिया समितीका का. बा. अध्यक्ष गणेश थापामगर, सनैया "बी" एरिया समितीका अध्यक्ष मदन आलेमगर हुनूहुन्थ्यो। 
अतिथीहरुको आशन ग्रहण भईसके पश्चात कार्यक्रमका प्रमुख अतिथी र सभापतीद्धारा संयुक्त रुपमा ब्यानर अनावरण गर्नुभएर कार्यक्रमको उद्घाटन गर्नुभएपछी नेपालका प्रथम सहिद लखन थापामगरको विशेष सम्झना गर्दै र अन्य सम्पूर्ण देशभक्त ज्ञात अज्ञात सहिदहरु प्रती सम्मान गर्दै १ मिनेट मौनधारण गरिएको थियो। कार्यक्रमकै शिलशिलामा राष्ट्रिय गान र मगर गान गाईसकेपछी संस्थाका प्रथम उपाध्यक्ष महेन्द्र थापामगरद्धारा स्वागत मन्तव्य तथा कार्यक्रम बारे जानकारी दिनुभएको थियो। त्यसपछी जिल्लागत संघ संस्थाहरुको तर्फबाट तनहुँ सेवा समाजका मनिराज थापामगर, एन. आर एन ए (एन सी सी) कतार च्याप्टरकोतर्फबाट प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाट, विशिष्ट अतिथी देव ब. रानामगरद्धारा र प्रमुख अतिथीद्धारा शुभकामना मन्तव्य दिनुभएको थियो। उहाँहरुले मन्तव्यको क्रममा मगर दिवस मनाउन ब्यापक उपस्थितीमा खुसी व्यक्त गर्नुहँुदै मगरहरुले अझ एक भएर हरेक कुराहरुमा अगाडी बढ्नुपर्ने आवश्कता औंलाउनुभयो। बिश्वका मगरहरुले किन मगर दिवस मनाउँछ र बिगतमा एकात्मक ब्यबस्थाले हामी नेपालका सम्पूर्ण आदिवासी जनजातीहरुमा परेको असरबारे प्रष्ट पार्नुभएको थियो । 

मगर बाङ राम पुनमगर 
३१ औं मगर दिवस कार्यक्रममा कार्यक्रमको रुप परिवर्तन गर्दै खाजा खाए पछी डोरी तान्ने, ठेलो फल्ने, हाँडी फोर्ने (महिला मात्र), डौड प्रतियोगीता (मगर संघको कुनै पनि समितीमा रहेर काम गरिसकेको मात्र), जस्ता खेलकुद प्रतियोगीता गरिएको थियो। उक्त खेलहरुमा डोरी तान्नेमा १२ टिम मध्ये प्युठानी मगर टोली जेम ब. घर्तीमगर, मदन थानीमगर, तिल ब. लाम्टानीमगर, दिब ब. खाम्चामगर, शङकर झेंडीमगर रहेको टिमले विजय प्राप्त गरेको थियो भने ठेलो फाल्नेमा १६ जना मध्ये दाना म्याग्दीका गोविन्द थापामगर, त्यस्तैगरी हाँडी फुटाउनेमा ११ जना मध्ये बिरबास गुल्मीका मञ्जु बलालमगर र डौडमा १९ जना मध्ये प्रथम राम पुनमगर र द्धितीय सुर्य थापामगर हुनूभएको थियो। सधैं झैं यस पटकको ३१ औं मगर दिवसमा पनि एक बर्षे सांस्कृतिक बाङ छनौट गर्दा डौड प्रतियोगीतामा प्रथम हुनुभएर राम पुनमगर ज्युले २०१२/१३ को लागी कतारबासी मगरहरुको बाङ आफ्नो पोल्टामा पार्नुभएको थियो । खेलकुद कार्यक्रमको संयोजक सुर्य थापामगर हुनुहुन्थ्यो ।

मानार्थ सदस्यता प्रदान
नेपाल प्रवासी मगर संघ दोहा कतारले संस्थामा निरन्तर योगदान दिनुभएका मगर संघका शुभ चिन्तक महानुभावज्युहरुलाई बिधान भित्र रहने गरी मानार्थ सदस्यता पनि प्रदान गर्ने चलन रहेको छ। सन् २००० को जुन ३० मा स्थापना भएको यस नेपाल प्रवासी मगर संघले हाल सम्म १ जना गुल्मीका यदुनाथ ज्ञवालीज्युलाई मात्र मानार्थ सदस्यता प्रदान गरिएको थियो। तर यस पटक ३१ औं मगर दिवस कार्यक्रममा धेरै लामो समय देखी निरन्तर यस संघको सांस्कृतीक लगायत हरेक क्षेत्रमा योगदान दिनुभएका नेचा बतासे – ३ सोलुखुम्बुका बबिन राईज्यु, र वोङ्गा दोभान – ९ बाग्लुङका टेक रसाईली ज्युलाई यस संघले मानार्थ सदस्यता प्रदान गरिएको थियो । मानार्थ सदस्यता पाउनुभएका बबिन राईज्युले मानार्थ सदस्यता पाउनुएका महानुभावहरुको तर्फबाट बोल्ने क्रममा आफुहरुलाई जिवनमा अहिले सम्मकै सबैभन्दा खुसी र महत्वपुर्ण अनुभव भएको कुरा भन्नुहुँदै यस स्थान सम्म ल्याउन महत्वपुर्ण भुमीका दिनुभएका संघका केन्द्रिय सल्लाहकार सदस्य जनक थापामगर र डि. एन. पाङमी मगरज्युलाई बिशेष धन्यवाद दिनुहुँदै अन्य सहयोगी र मगर संघप्रती आभार ब्यक्त गर्नुभएको थियो । 

सांस्कृतिक कार्यक्रमको रौनक
मगरहरु कला र संस्कृतीमा धनी रहेको जाती हो । हामीमा रहेको संस्कृती संरक्षण र सम्बर्द्ध गर्नुपर्छ भन्ने अभिप्रायले सधैं झैं यस कार्यक्रममा पनि मारुनी, कौडा, सालैजो लगाायत दर्जन भन्दा बढी बिभिन्न मगर संस्कृती झल्कने सांस्कृतिक कार्यक्रम गरिनुका साथै बिभिन्न कमेडी, आधुनिक र चलचित्रका गीतहरुमा गाएर, नाचेर कलाकारहरुले भरपूर मनोरञ्जन प्रदान गर्नुभएको थियो । विशेषत उक्त कार्यक्रममा बबिन राई र प्रविन राईले नृत्य निर्देशन गर्नुभएको थियो भने आकर्षक रुपमा बबिन राईले पोष्टेकी आमा बोलको गीतमा पेट मिची मिची हाँस्न बाध्य बनाउनुभएको थियो । त्यस्तैगरी पुर्वमा ब्यापक रहेको मगरहरुको हुर्रा नाचले सांस्कृतिक कार्यक्रमको रौनक नै उत्कृठ बनाईदिएको थियो भने, सांस्कृतिक कार्यक्रमका सञ्चालकहरु डि. एन. पाङमीमगर र सम्झना रानामगरको दोहोरीले कार्यक्रममा उपस्थितीहरुलाई मनमोहक बनाएको थियो । सांस्कृतिक कार्यक्रमको संयोजक रमेश कनौजेमगर हुनुहुन्थ्यो ।

सहभागीहरुमा चिठ्ठा प्रतियोगीता
३१ औं मगर दिवस कार्यक्रममा सहभागीहरुमा आयोजकबाट चिठ्ठा प्रतियोगीता पनि गरिएको थियो । उक्त चिठ्ठा प्रतियोगीतामा चिठ्ठा तान्ने जिम्मा केन्द्रिय सदस्य कृष्ण रानामगरले लिनुभएको थियो भने पुरस्कार वितरण २०१२/१३ का नयाँ बाङ राम ब. पुनमगरले गर्नुभएको थियो । उक्त चिठ्ठा प्रतियोगीतामा ५ वटा सान्त्वना पुरस्कार विजेताहरुमा चिठ्ठा नं. ५८४ उदिप बास्कोटा, चिठ्ठा नं. १६५१ मंगल मल्ल, चिठ्ठा नं. १८३ सुकु गुरुङ, चिठ्ठा नं. ४८२ तेज ब. मश्राङ्गीमगर, चिठ्ठा नं. १६३ सुमन चिदीमगर, तृतिय पुरस्कार विजेतामा चिठ्ठा नं. १४८३ हिरा ब. घर्तीमगर, द्धितिय पुरस्कार विजेतामा चिठ्ठा नं. ७०३ हिम ब. थापामगर र प्रथम पुरस्कार विजेतामा चिठ्ठा नं. ९०१ नारायण खत्री विजेता हुनुभएको थियो । कार्यक्रम अबेर सम्म भएकोले केही सहभागी गईसक्नुभएकोले चिठ्ठा नं. १६५१, चिठ्ठा नं. १४८३, र चिठ्ठा नं. ७०३ विजेता महानुभावहरुको पुरस्कार बाँकी नै रहेकोले आयोजकले १ महिना भित्र पुरस्कार लिन आउन पनि सम्बन्धितमा सुचित गरिसकेको छ । 
उक्त कार्यक्रमको लागी बिरेन्द्र रानामगर, चित्र रानामगर, प्रकाश आलेमगर, मदन आलेमगर, मनिराज थापामगर, हेम बगालेमगर, अर्जुन पुनमगर र बाबुराम पाईजाले यातायातमा प्रायोजन गर्नुभएको थियो भने, खिम ब. रानामगर, छबिलाल बि. क. र द्रोण बस्नेतज्युले पानीको प्रायोजन गर्नुभएको थियो। त्यस्तैगरी सांस्कृतिक कार्यक्रमको लागी हल बिजय लामाज्युले प्रायोजन गर्नुभएको थियो भने, ब्यानर प्रायोजन मन ब. पुनमगरले गर्नुभएको थियो। अन्तमा कलाकार र प्रायोजकहरुलाई प्रशंसा पत्र र खेलमा विजेताहरुलाई प्रमाण पत्र सहित पुरस्कृत गरिसकेपछी सभापतीद्धारा उपस्थितीमा धन्यबाद सहित कार्यक्रमको अन्त्य गर्नुभएको थियो ।

Saturday, March 16, 2013

भ्रष्टाचार विरुद्ध लाग्दा अख्तियारले धम्क्याएको पूर्व मन्त्रीको आरोप

काठमाडौ, ३ फागुन । पूर्व भौतिक योजना तथा निर्माण राज्य मन्त्री समेत रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता सञ्जय साहले भ्रष्टाचार विरुद्ध कुरा उठाउँदा अख्तियार दुरुपयोग अनुसन्धाल आयोगले नै आफूलाई सिध्याउने धम्कि दिएको खुलासा गरेका छन् ।
साहले शनिवार राजधानीमा पत्रकार सम्मेलन गरेर धनुषाका सरकारी निकायमा भएका भ्रष्टाचारका विषयलाई उठाउँदा अख्तियारको कार्यालयकै ल्याण्डलाईबाट आफूलाई कर्मचारीले फोन गरेर अख्तियार विरुद्ध गतिविधी गर्ने तपाईलाई सिध्याई दिन्छौ भनेर धम्कि दिएको खुलासा गरेका हुन । साहले भने–आवश्यक पर्यो भने म कल डिटेलनै ल्याएर प्रमाण दिन सक्छु । अख्तियारका कर्मचारीले तपाई विरुद्ध मिडिया लगाईदिन्छु भनेका छन् । नेपाली मिडिया भ्रष्टाचारीको पक्षमा छैन त्यो मलाई राम्रो थाहाँ छ ।
भ्रष्टाचार विरुद्ध लड्नेलाई प्रोत्साहन गर्नु पर्नेमा दुख दिने काम गरेको गुनासो गर्दै उनले अख्तियार पछिल्लो समयमा देश भरी नै असुलीमा लागेको आरोप लगाए ।
अख्तियार भ्रष्टाचारीहरुको सबैभन्दा ठूलो अखडा बनेको आरोप लगाउँदै साहले अख्तियारलाई नसुधारेसम्म आफूले आन्दोलन जारी राख्ने स्पष्ट पारे ।
साहले भने–मलाई जेल पठाएपनि अख्तियारलाई ठिक पार्न छाड्दिन अख्तियार नसुध्रिएसम्म यो देशमा भ्रष्टाचार २० बाट १९ हुदैन ।
स्थानीय निकाय, प्रशासन र अख्तियारमा भएको भ्रष्टाचार विरुद्ध चार दिन धनुषा बन्द भएपछि उनीहरुले आफूलाई पन्छाउन धम्क्याउने र फसाउने षडयन्त्र गरेको दावी समेत पत्रकार सम्मेलनमा गरे ।

मधेसको भ्रष्टाचारमा भूमिगत समूह, दलहरु र कर्मचारीको साँठगाँठः साह

काठमाडौ, १६ माघ । मधेस क्रान्ति फोरमका अध्यक्ष सञ्जय साहले सिराहादेखि विरगंजसम्मका मधेसका जिल्लाहरुमा भूमिगत समूह, राजनीतिक दलहरु र कर्मचारीहरुको साँठगाँठमा राज्यकोषमा ब्रम्हलुट मच्याईएको दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री समेत रहेका साहले मधेसमा भ्रष्टाचारको कुरा उठाउनेलाई उनीहरुको गठबन्धन हत्या गर्न समेत पछि नपर्ने खुलासा गरे ।
मधेसका जिल्लाहरु मध्ये जनकपुर जिल्ला भ्रष्टाचारमा सबैभन्दा अग्रस्थानमा रहेको दावी गर्दै विगत १० वर्षमा जनकपुर जिल्ला विकास समितिबाट मात्रै ३ हजार करोड रुपैया भ्रष्टाचार भईसकेको बताए । जसमा भूमिगत समूह, दलहरु, कर्मचारी,पुलिस र प्रशासकको संलग्नता रहेको ठोकुवा गरे ।
विगतमा भ्रष्टाचारको कुरा उठाउँदा रविन्द साह, राकेस नेपाली सहित ४ जनाको हत्या भईसकेको जानकारी दिदै पछिल्लो समयमा भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका जनकपुर जिविस र नगरपालिकाका कर्मचारी अहिले अनुसन्धानलाई प्रभावित पार्न लागेको आरोप लगाए ।
भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका कर्मचारीहरुलाई उन्मुक्ति दिन अख्तियारले षडयन्त्र गरिरहेको भन्दै सञ्चारमाध्यमलाई खवरदारी गर्न आब्हान गरे । उनले अख्तियारको कार्य शैली प्रति आक्रोस पोख्दै अहिले खुलेआम भ्रष्टाचार हुँदा समेत अख्तियारले कुनै मुद्दा नचलाउनुले अख्तियार आफै भ्रष्टाचारमा संलग्न हुन सक्ने आशंका ब्यक्त गरे ।
उनले मधेसमा जनताले सामाजिक सुरक्षा भत्ता समेत पाउन नसकेको भन्दै मधेसमा  भ्रष्टाचारकै कारण  अपराध बढेको दावी समेत गरे ।

Thursday, March 14, 2013


जातिय पहिचान सहितको संघियताका मुद्दा जोडतोडले उठेपछि संभवत सबै भन्दा आलोचित र चर्चामा यिनै देखिए । त्यसैलेपनि उनीसित अन्तर्वार्ता लिने मन थियो । नेदरल्याण्डमा पार्टी गठन गरेर मध्य रात आङकाजी शेर्पा बेल्जियमस्थित कुल मगरको जापानी रेस्टुरेन्टमा फर्किँदा उनलाई पर्खिरहेको थिएँ जहाँ केहि राजनितिक गफगाफ गर्न भनेर केहि साथीहरु पर्खिरहेका थिए । साथमा अशोक राई पनि थिए ।

मध्य रातमा आइपुगेका उनले भेट्नासाथ भने ‘ल ल गैहालौं त एउटा कुनामा ।’ कुलमगर दम्पतीको घरको सानो कुनोमा हामीले अन्तर्वार्ता शुरु गर्नु अघि उनले सुनाए ‘हेर्नुस न मलाई त यो आङकाजी भनेको जिङरिङ्ग परेको, देख्दै डरलाग्दो, कुटिहाल्ने, बाघ भालुले झैं झम्टिहाल्ने, अजंगको जनावर, कत्ति माया दया नभएको, बाहुन क्षेत्री त नजिकै बस्नपनि नहुने जिवको रुपमा प्रस्तुत गरे । शुरुशुरुमा पहिलो पटक भेट्नेले सोध्थे ‘तपाईनै हो र आङकाजी ? त्यहि जिब्रो थुत्छु भन्ने, त्यहि बाहुन क्षेत्रीको हुर्मत लिने आङकाजी हो त ? हामीले सुनेको जस्तो हुनुहुँदो रैनछ त ।” सामान्य परिचय गर्नासाथ यि दुखेसो गरेका आङकाजीले जम्मा एक घण्टाको समयमा हाकाहाकी आफ्ना बिचारहरु राखे ‘जे सोध्नुहुन्छ सोध्नुस् भन्दै ।’ छोटो समयमा ब्यस्तताका बिच नेपालप्लसकालागि ददि सापकोटालेलिएको अन्तर्वार्ता हेर्नुस् ।

तपाई संघिय समाजवादी पार्टी गठनको सिलसिलामा आउनु भएको छ युरोप । कति देशमा गठन भयो तपाईको पार्टी ? र प्रवासमा कस्तो पाउनु भयो पार्टीको अवस्था ?

समाजवादी पार्टीको प्रवास संयोजकको नाताले  युरोपको भ्रमणमा छु । अहिले ईटालीको रोम र मिलानमा संघिय समाजवादी पार्टीको भेला तयारि समितिको संयोजक तोक्ने काम भएको छ । कतार र लण्डनमा पनि तदर्थ समिति गठन भएको छ । फेरिपनि म लण्डन जाँदै छु । यहाँ बेल्जियममा बन्यो सबैभन्दा ठूलो कुरा भो । पोर्चुगलमा पार्टीका अध्यक्ष अशोक राईको प्रमुख आतिथ्यमा त्यो घोषणा गरिएको छ । पूर्वाधार बनेको खण्डमा जर्मनी, फ्रान्स र स्पेनमापनि तदर्थ समिति गठन गरेर जाने प्रयत्न हामी गर्ने छौं । तदर्थ समिति गठन हुन नसकेको अवस्थामा भेला आयोजक समिति बनाउने हामीले आन्तरिक तयारि गरेका छौं ।

तपाई धेरै देश जानुहुन्छ । बिदेशका नेपालीहरु आफ्नो देशका बारेमा कति शसक्त,  कति चिन्तित र राजनितिक रुपमा कति सचेत पाउनु भो आफ्नो देशको बारेमा ?

मैले अहिले सम्म धेरै देश घुमें । अष्ट्रेलिय, अमेरिका, कतार, जापान देखि लिएर युरोपसम्म । नेपाल राष्ट्रप्रति अति चिन्तित र अति संबेदनशिल समूदायको रुपमा मैले पाएको छु । त्यो पहिलो परिवर्तन । उहाँहरु आफ्नै देशमा रहनु भएको भए सायद त्यति चिन्तित रहनुहुन्थेन होला ।

बिदेशमा रहेका सबै नेपाली त्यस्तो पाउनु भो ?

बिदेशमा रहेका सबै नेपालीहरुमा आफ्नो राष्ट्रप्रतिको चिन्ता मैले पाएँ । मैले पाएको सबैभन्दा प्रमुख कुरा त्यो हो । र अर्को नेपालमा भाँडा धुँदा आफु लज्जित ठान्ने नेपाली दाजुभाईहरुले जुनसुकै काम होस् यहाँ श्रम प्रतिको श्रद्दा, लगनशिलता र श्रमलाई एउटा देवताको रुपमा ग्रहण गरिराखेको जुन मैले देखें त्यसबाट म असाध्यै प्रभावित भएको छु ।

नेपालमा हुने बिभिन्न गतिबिधीहरु प्रति बिभिन्न बिद्दुतिय सञ्चार माध्यमको तर्फबाट, आफ्नै क्षेत्रिय समाचारको माध्यमबाट नेपालको राजनितिक, आर्थिक र सामाजिक परिवर्तनका बारेमा जानकारि लिने, चासो राख्ने र सचेत रहने गरेको मैले पाएँ आफ्नो अति ब्यस्त समयका बावजुतपनि केहि समय निकालेर । यो दुई वटा पक्षको म अन्तरआत्मा देखिनै अति प्रशंसा गर्न चाहन्छु ।

बिदेशमा बस्ने नेपालीले नेपालको राजनितिक अवस्थामा कस्तो भूमिका खेल्न सक्छन् ?

बिदेशमा जानेहरुलाई राणा शासनदेखि गोरखाली भन्ने चलन छ । गोरखाली भनेको पैसा कमाउन हिँडेको भन्ने ढंगले मात्रै बुझ्छन् । लाहुरे भनेपछि अहिलेपनि हाम्रो नेपालमा हांस्यको पात्रको रुपमा, बोल्न नजान्ने, पैसाको मात्रै तुजुक देखाउने ढंगले परिभाषित गरिन्छ जुन गलत हो । मेरो बिचारमा लाहुरेहरुमा जस्तो ज्ञान कमै नेपालीमा हुन्छ । अहिले बिदेशमा गोर्खा पल्टन पछि अधिकतम नेपालीहरु सायद रोजगारीमा छन् । र अहिलेपनि राजनितिक पार्टीहरु, उसका परिवारहरु ति ब्यक्तिलाई मात्र पैसा उत्पादन गर्ने मेशिनको रुपमा लिन चाहन्छन् । उहाँहरुको अनुभव, सिप र ज्ञानलाई शक्तिको रुपमा ग्रहण गर्दैनन् । पार्टीलाइ पैसा चाहियो भने बिदेशका नेपालीलाई सम्झने गर्छन् । कोहि नेताहरु चाहिँ बिदेश भ्रमण गर्ने बेला त्यहाँका कार्यकर्तालाई सम्झने गर्छन् । तर पार्टी निर्माणको सन्दर्भमा, पार्टीमा प्रतिनिधित्व गराउने सन्दर्भमा नेपालका राजनितिक पार्टीहरुले बिदेशका नेपालीको अस्तित्व बोध गर्ने काम कहिल्यै गरेनन् ।

कसरि प्रमाणित गर्नुहुन्छ त्यो ?

दुईवटा कुराबाट प्रमाणित हुन्छ । एक- बिदेशका हाम्रा नेपालीलाई दोहोरो नागरिकता दिँदा नेपाललाई हानी नोक्सानी के थियो त ? कुनैपनि माईकालालले बिदेशमा बस्ने नेपालीलाई नागरिकता दिँदा यो हानी हुन्छ भनेर दुई वटा मात्रै बुँदा दिन सक्यो भने म स्विकार्न तयार छु । तर मैले बुझेको बिदेशमा बस्ने नेपालीलाई नागरिकता दियो भने फाईदा बाहेक बेफाईदा केहिपनि छैन ।

दोस्रो कुरा- विश्वका सबै प्रजातान्त्रिक मुलुकले विश्वका बिभिन्न कुनामा रहेका आफ्ना जनतालाई देशको राष्ट्रिय निर्वाचनमा मत अधिकार दिएको हुन्छ । कस्तो खालको दिएको हुन्छ त ? जस्तै, अहिले नेपालको २० लाख जनता बाहिर छ । उसलाई मत अधिकार दिएको हुन्छ । त्यो मत पत्र हुलाकबाट पठाइन्छ र स्वदेशमा ग्रहण गरिन्छ । त्यो मत पत्र राष्ट्रिय चुनावमा त्यहाँको जनताले भोट हाल्दा अन्त्यमा खोलिन्छ ।  यदि हारजित २० लाखले हुने देखिएमा बाहिरको भोट भनेर गनिन्छ । यदि २० लाखको भन्दापनि बढि मतको अन्तरले हारजित भएको छ भने बिदेशको भोट गनिन्न । कम्तिमा त्यो मान्यता त दिनुपर्‍यो नी !

त्यस कारण बिदेशमा रहेका नेपालीलाई मत अधिकार नदिनु, दोहोरो नागरिकता नदिनु के हो भने बिदेशमा बस्ने नेपालीलाई एउटा पैसा कमाउने मेशिनको रुपमा मात्रै लिनु, पार्टीको संगठन बिस्तार भन्दापनि पार्टीको स्रोतको रुपमा लिनु । यो दुई वटा कुराबाट स्पष्ठ हुन्छ कि नेपाली जनतालाई बिभिन्न पार्टीबाट अहिलेपनि लाहुरे र पैसा बनाउने मेशिनको रुपमा रुपमा मात्रै लिएका छन्  ।

तपाईहरुको पार्टी गठनतिरै लागौं । पहिचान सहितको संघियता भन्नु भएको छ । त्यो नारा त एकिक्रित नेकपा माओवादीलेपनि छोडेको छैन । नेकपा-माओवादीले त्यो नभै हुन्न भन्दै आएको छ । माग मिल्दामिल्दैपनि के औचित्य थियो अर्को पार्टीको ?

अहिले नेपालमा दर्ता भएका ४० औं पार्टीमाथि ४१ औं पार्टी बनाउन अवश्यै खोजेको होइन । अथवा कसैलाई पार्टी अध्यक्ष बनाउनपनि यो पार्टी खोलेको होइन । हाम्रो पार्टी यस मानेमा अरु पार्टी भन्दा प्रिथक छ कि धेरै पार्टीले हाम्रा मुद्दाहरुलाई उठाएर,बिक्रि गरेर राज्यसत्ता कब्जा गर्न पुगे । तर हामीलाई दुख लाग्छ, पदम शमशेरको पालादेखि गणतन्त्रको युग, प्रचण्ड र बैध्यको युगसम्म आउँदासम्मपनि हाम्रा मुद्दाहरुलाई उठाएर धेरै मानिसहरुले शासन सत्तामा राज गरे । तर हाम्रा मुद्दाहरु कहिल्यैपनि सम्बोधन भएनन् ।

दुख लाग्छ, माओवादी पार्टी र उसको जनमुक्ति सेनामाथि हाम्रो ठूलो विश्वास थियो । माओवादीको २४५ जना निर्णायक शक्ति जुन संविधान सभामा उपस्थित थियो त्यो हाम्रो लागि एउटा आशाको किरण थियो । तर त्यो आशाको किरणहरु संविधान निर्माणको सन्दर्भ अन्तिम चरणमा आउँदै गर्दा त्यसले थप प्रकाश दिनुपर्ने ठाउँमा निभ्दै गएको संकेत हामीले पायौं । बिना संविधानको संघियता, गणतन्त्र तथा धर्म निरपेक्षतालाई संस्थागत नगरिकन त्यत्रो शक्तिशाली सेनाको समायोजन भयो । त्यो हाम्रोलागि दुखपूर्ण हो । २४५ सिट संख्या जुन माओवादीको निर्णायक संख्या थियो त्यो निर्णायक शक्ति माओवादी बिना कारण छिन्न भिन्न भएर अहिले दुई वटा पार्टीमा बिभाजन भयो । जसले गर्दा संघियता, धर्म निरपेक्षता, गणतन्त्र कमजोर भयो । अहिले पछिल्लो अवस्थामा त हामीलाई के लाग्छ भने माओवादीपनि एमाले र कांग्रेस जस्तै यो मुद्दामा बिसर्जन हुने अवस्थामा आएको छ । त्यसकारण हामीले के बुझ्यौं भने नेपालमा बर्तमान अवस्थासम्म रहेका पार्टीहरु जनजातिका कुरा उठाउने, दलित,उत्पिडित क्षेत्र, वर्ग क्षेत्र र लिंगका कुरा उठाउने तर राज्य सत्ता कब्जा गरिसकेपछि चाहिँ ति मुद्दाहरु बिर्सिने क्रम जारि राखेको हुनाले त्यो मुद्दाहरुलाई यथार्थमा सम्बोधन गरेर एउटा समतामुलक समाज, सम्ब्रिद्दशाली नेपाल, सबै जातजाति,  वर्ग, क्षेत्र, लिंगको एउटा समान अधिकार, समान अस्तित्व रहने कुरामा हामी अगाडि छौं ।

बाहुन क्षेत्री बिरोधी पार्टी बनाउने हो ?

हाम्रो पार्टीको मान्यता के छ भने जनजातिहरुले बाहुनहरुलाई गाली गर्दैमा जातिय बिभेद अन्त हुँदैन । नेपालमा जातिय बिभेद अन्त गर्नकोलागि ब्रामण, खस आर्य जातिहरु शैक्षिक, सामाजिक, राजनितिक  रुपले जति सम्ब्रिद्दशाली छ त्यहि स्तरमा आदिबसी जनजातिलाई पुर्‍याउन सकेको खण्डमा मात्रै जातिय बिभेद अन्त हुन सक्छ ।

त्यस कारणले बाहुनहरुको अधिकार खोस्दैमा जनजातिहरु अधिकार सम्पन्न हुने होइन । त्यस्तै बर्गिय सन्दर्भको कुरा गर्दाखेरि धनी मान्छेको श्रीसम्पत्ती गरिबलाई दान दिएर वर्गिय भेद अन्त हुँदैन । वर्गिय भेद अन्तको लागि त धनी र गरिवबिचको जुन आर्थिक खाडल छ त्यो असमानतालाई समान गर्न गरिवहरुलाईपनि धनीलाई जत्तिनै आर्थिक सम्रिद्दशाली बनाउनुपर्छ । पुरुषका बिरुद्द महिलालाई नारावाजी गराउँदैमा लैंगिक बिभेद अन्त हुन सक्दैन ।  लैगिंक बिभेद अन्तको लागि त महिलाहरुलाईपनि पुरुष सरह उसको आत्मविश्वास बढाउनुपर्‍यो । उसको आत्मनिर्भर बढाउनु पर्‍यो । कुनैपनि मानेमा पुरुष निर्भर नबनाएर आत्मनिर्भर बनाउन सकेको खण्डमा मात्रै लैंगिक बिभेद अन्त हुन सक्छ । त्यसकारण हामी एमाले र कांग्रेसले जस्तो बाहुनलाई उठाएर, माओवादीले जस्तो जनजातिलाई उठाएर एक आर्कामा भिडन्त गराएर त्यो भिडन्तको बिचमा आफ्नो स्वार्थ सिद्द गर्ने पक्षमा छैनौं ।

समग्रमा यदि नेपाल सम्रिद्दशाली बन्नु पर्छ, समग्रमा यदि नेपाल नयाँ नेपाल भित्र बाहुनको सम्रिद्दी देखिनुपर्छ । त्यो नयाँ नेपालको सम्रिद्दी भित्र मुस्लिम, दलित, आदिवासी जनजाति, अपांग,, महिलाको सम्रिद्दी देखिनुपर्छ । त्यस्तो खालको नयाँ नेपाल मात्रै साँचो अर्थमा निर्माण हुन्छ । होइन भने जात जाति, धर्म धर्मको बिचमा लडाई लडाएर बन्दैन नयाँ नेपाल । अहिले कमल थापा हिन्दू धर्म घोषणा गर्नुपर्छ भनेर हिन्दू धर्म र बुद्द धर्म बिचको सदियौंको एउटा सद्भावपूर्ण जिवनयापनलाई भाँड्न खोजिराखेको छ । बुद्दिस्तको मन्दिरमा हिन्दू र हिन्दूका मन्दिरमा बुद्दिस्त जाने यस्तो सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भएको देशमा धार्मिक युद्द निम्त्याउन खोज्दै छ । के को लागि होला ? धर्मको लागि हो ? त्यो मात्र उसको राजनितिक स्वार्थ सिद्द गर्नको लागि । ज्ञानेन्द्र किन घुम्दै छ धर्मको नाउँमा ?  राजनितिक स्वार्थ सिद्दकालागि । त्यसकारण तपाई हामीलाई जात जाति, लिंग र धर्मको नाउँमा लडाएर यदि कसैले आफ्नो राजनितिक स्वार्थ सिद्द गर्छ भने हाम्रो जस्तो बहुजातिय बहुभाषिक समाजको लागि त्यो ठिक होइन । त्यसकारणले संघिय समाजवादी पार्टीको यि अलग बिचार बाट यि बर्गिय,  क्षेत्रिय,  लैंगिक जातिय बिभेदका मुद्दालाई सम्बोधन गर्न जन्मेको हो । यस मानेमा पनि हामी अरु पार्टीभन्दा फरक छौं ।

जनताका अधिकारहरुलाई स्थापित गर्ने, संविधानमा लिपिबद्द गर्ने जुन अवशर थियो त्यो गुम्यो भन्नु भयो । अहिले देशको वास्तविक निकास कसरि हुन्छ त ?

बहुदलिय ब्यवस्थामा दलहरुको सहमतीबिना देश चल्न सक्दैन । अहिले सर्वदलिय सर्वपक्षिय सहमतीको बिकल्प छैन । त्यसकारण सर्वपक्षिय, सर्वदलिय सहमतीकै आधारमा देशको निकास हुन सक्छ । त्यहि आधारमा राष्ट्रिय सहमतीको सरकार गठन होस् । राष्ट्रिय सहमतीको सरकार गठनको कुरा मात्रै नभएर संविधान जारि हुने सन्दर्भमा राज्य पूनर्संरचनाको बारेमा, राज्यको शासकिय स्वरुपको बारेमा राष्ट्रिय सहमती होस् । यसरि प्याकेजमा यदि सहमती हुन्छ भने डा बाबुराम भट्टराईले त्यसकोलागि मार्ग प्रशस्त गर्नुपर्छ । तर प्रचण्डलाई राष्ट्रिय सहमतीको बहुमतको सरकार गठन गर्ने भनेर राजिनामा गर्न लगाएर माधव नेपाल ल्याउने, माधव नेपाल बहुमतको सरकारमा प्रधानमन्त्री बन्ने, राष्ट्रिय सहमतीको सरकार बनाउने भनेर माधव नेपाललाई राजिनामा गर्न लगाउने, झलनथ खनाल फेरी बहुमतको सरकार बन्ने, राष्ट्रिय सहमतीको सरकार गठन गर्छु भनेर झलनाथलाई राजिनामा गराएर भट्टराईलाई ल्याउने । अब फेरि बाबुराम भट्टराइलाई राजिनामा गराउने । यसो गर्दागर्दै देश संविधानबिहिन अवस्थामा छ । अहिले देशमा बचेको दुईवटा मात्रै संस्था छ । एउटा राष्ट्रपती र प्रधानमन्त्रीय सरकार नै हो ।

यो  संवैधानिक प्रक्रियाबाट गठन भएको चिजलाई असंवैधानिक प्रक्रियाबाट हटाउने काम गर्नुहुन्न । कांग्रेस र एमालेले माओवादीको सरकार हटाउनकोलागि राष्ट्रपतीलाइ यो देशको ज्ञानेन्द्र बनाउन खोज्यो । ४७ सालको संवैधानिक राजतन्त्रलाई अन्त गरेर सक्रिय राजतन्त्रको परिकल्पना खोज्यो । जसरि ज्ञानेन्द्र राजा भएको थियो त्यसैनै ज्ञानेन्द्रको अन्त गर्‍यो नी । त्यस्तै गरेर अहिले कांग्रेस र एमाले गणतन्त्र नेपालको ज्ञानेन्द्रको रुपमा डा रामबरण यादवलाई बनाउन चाहन्छ । त्यसको हामी बिरोध गर्छौं । तर सर्व पक्षिय, सर्वदलिय सहमती हुन्छ भने डा बाबुराम भटराइले एक मिनेटपनि ढिलो नगरि मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । यदि होइन डा बाबुराम भट्टराईले पदावधी छोडिसकेपछि फेरी बहुमतको आधारमा सुशिल कोइराला, शेर बहादुर देउवा, केपी ओली आउने हो भने जनजाति महासंघको महसचिवको द्रिष्टिकोणबाट हामीलाई त संघियताका पक्षधर प्रचण्डनै ठिक छ । बाबुरामै ठिक छ । बैध्यनै ठिक छ । होइन भने मधेशवादी दलका बिजयकुमार गच्छदारै ठिक छ । त्यसकारण संघियता, गणतन्त्र र धर्म निरपेक्षता पक्षधर पार्टीहरुको बहुमतको सरकार बनाउनुपर्छ भन्ने पक्षमा हामी छौं ।

अबको निकास भनेको सर्व पक्षिय सर्व दलिय हो । जनजाति महासंघले संविधान सभाको पूनर्स्थापनामा जोड दिएको छ । किनभने यो अति कम खर्चिलो । अति सरल । जुन बिघटित संविधान सभालाई ब्युँताउने उपाय हो । किनभने संविधान सभा नब्युँताईकन निर्वाचनको नियम कानुन संशोधन गर्न सकिँदैन । निर्वाचन आयोगमा रिक्त पदहरु पूर्ती गर्न सकिन्न । त्यसैले संविधान सभा पूनर्स्थापना पहिलो शर्त हो । संविधान सभा पूनर्स्थापना गरिसकेपछि बिद्दमान ऐन कानुन र बाधा अड्काउ फुकाउने देखि सबै प्रक्रिया अगाडि बढ्न सक्छ । त्यसैले संविधान सभा पूनर्स्थापना होस् भन्ने हाम्रो माग हो । संविधान सभाको निर्वाचन अनिश्चित छ । देशको संक्रमणकाल लम्बिन सक्छ । अझै आठ नौ महिना संविधान सभा निर्वाचनको स्थिति छैन । एक वर्ष बितिसक्दापनि अहिले संविधान बिहिन अवस्थामा देश हुनु देशको लागि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै प्रतिगामी तत्वहरुबाट खतरा बढ्दै गएको छ । त्यसैले हामीले यो संक्रमणकालको तत्काल अन्त गरेर  एउटा, जनप्रतिनिधीमुलक संस्थालाई यदि राज्यसत्ता सुम्पने हो भने संविधान सभा पूनर्स्थापना एक मात्र अचुक उपाय हो ।

र नेपालाको ईतिहासमा जन निर्वाचित संविधान सभापनि हो । यस्तो ऐतिहासिक महत्व बोकेको संविधान सभा संविधान जारि नगरि बिघटन गरेमा नेपालको ईतिहासमा एउटा कालो धब्बाको रुपमा रहिरहन्छ ।

सिंगो नेपाली समुदयमाथि त्यो कलंकबाट मुक्त हुनकोलागिपनि संविधान सभा पूनर्स्थापना गर्ने, बिगतमा संविधान सभाले गरेका सबै कामलाई संस्थागत गर्ने, अनि सबै बिबादित विषय जस्तै राज्यको शसकिय स्वरुपमा त मोटामोटि कुरा मिलेको छ । राज्यको पूनर्संरचनाको बारेमा त्यसको संख्यामापनि त्यति असहमति देखिएको छैन । त्यसको नामाकरणमा अलिकति असहमती छ । त्यसमा निस्वार्थ भावनाले नेपालको सन्दर्भलाई मध्यनजर गरेर अगाडि बढ्ने हो भने त्यसमा तत्काल सहमति भए बढिमा एक महिना मात्रै संविधान सभा पूनर्स्थापना गरेर बाधा अड्काउ र सबै ब्यवधानहरु फुकाएर, निर्वाचन आयोगको सबै रिक्त पदहरु पूर्ति गरेर र निर्वाचन संवन्धि ऐन कानुनहरु संशोधन गरेर अगाडि बढाउनु पर्छ भन्ने हाम्रो जनजाति महा संघको निति हो । यो अहिलेको बैकल्पिक उपाय हो भन्ने मलाई लाग्दछ । यो बाहेक नेपालमा नौ अर्व खर्च गरेर संविधान सभाको निर्वाचन गरेपनि त्यसले देशमा राजनितिक निकास दिन्छ भन्ने कुनैपनि निच्चितता छैन । किनभने फेरिपनि निर्वाचन भयो भने त्यहाँ २७ दल होइन ४० दलको उपस्थिति हुन सक्छ । २७ दलको बिचमा सहमति नभएपछि ४० दलकोबिचमा सहमति हुन्छ भन्ने के ग्यारेन्टि ?

तपाई किन यति बिघ्न खनिनुहुन्छ बाहुन क्षेत्रीहरुमाथि ?

एक नंबरमा आज म तपाइको लोकप्रिय मेडियाबाट भन्न चाहन्छु कि म कुनै जाति, भाषा र धर्मको बिरोधी होइन । म बाहुन जातिको बिरोधीपनि म होइन । मेरा धेरै घनिस्ट बाहुन मित्रहरु छन् ।  धेरै बाहुन पत्रकार मित्रहरुपनि छन् । तर मलाइ अतिरन्जित र अति षडयन्त्रपूर्ण ढंगले बाहुन बिरोधी भनेर मेरो चरित्र चित्रण गर्ने काम भयो । जिब्रो थुत्ने र भुस्याहा कुकुरलाई दिने प्रसंग मैले बोलेको हो ।  कतिपयले अहिले बाहुनको जिब्रो थुत्ने, बाहुनलाइ काटेर रगत चुस्ने सन्दर्भलाई जोडेर मेरो नाम लेखेको छ ।

भन्नु भएको के हो त त्यसो भए ?

मैले माओवादीको जेठ २६ गतेको टुँडिखेलमा भएको सभा जहाँ ६०, ६५ हजार भन्दापनि बढि दर्शक थिए । त्यसको लाईभ टेलिकास्ट पनि भएको छ । अहिलेपनि त्यो दिन मैले बोलेको कुरा आङकाजी ईन टुँडिखेल भनेर टाईप गर्नु भो भने युटुबमा भेटिन्छ । त्यहाँ मैले जोडेको प्रसंग कहाँ थियो भने सिंगो जनजातिहरु आफ्नो पहिचान, आफ्नो अधिकारको लागि लडिराखेको बेलामा जनजाति भएर जनजातिको मुद्दा उठाउनुको सट्टा पार्टीभित्र नेताको हनुमान भएर जनजातिको मुद्दालाई बदनाम गराउने,अतिरन्जित ढंगले भ्रमित बनाउने र जनजातिलाई अधिकार दिनु हुन्न, दियो भने देश टुक्रिन्छ भनेर यदि कसैले आफ्नो स्वार्थ सिद्द गर्छ त्यसको जिब्रो थुतेर भुस्याहा कुकुरलाई दिन्छौं भनेको हो । त्यो मैले नेकपा एमालेको क्रिष्णगोपाल श्रेष्ठको सन्दर्भमा बोलेको हो । किनभने एमालेमा लोकतान्त्रिक जनजाति महासंघ जुन गठन भो त्यो गल्ति गर्‍यो । पार्टीभित्र यो जनजाति महासंघको काम छैन । यसलाई तत्काल बिघटन गर्नुपर्छ । जनजातिलाई पहिचान सहितको संघियता दियो भने देश टुक्रिन्छ भनेर उसले पार्टीमा अभिब्यक्ति दिएको थियो । यस्तो खालको आफ्नो स्वार्थ सिद्द गर्नको लागि राजनितिक अधिकारहरुलाई यदि बिसर्जन गर्ने अभिब्यति कसैले दिन्छ भने यस्तो खालको नेतालाई समाजले माफ दिने छैन । यस्ता खालका नेताका जिब्रो थुनेर आदिबासी जनजातिका अभियानकर्ताले भुस्याहा कुकुरलाई दिने छौं भनेको हो मैले ।

मैले अर्को प्रसंग कहाँ जोडें ? हिजो शहि शासन हुँदाखेरि गिरिजा जस्तो वरिष्ठ नेताको टाउकोमा प्रहरीले त्यत्रो लाठि चार्ज गर्‍यो । को थियो त ग्रिह मन्त्री ? कमल थापा थियो कि थिएन ? बामदेव जस्ता नेताको टाउको फुटायो । उ हप्तादिन अस्पत्ताल बस्यो । ग्रिहमन्त्री हुँदा सिंगो नेपालका आदर्णिय नेतालाई समातेर थुन्नपनि लगाइयो । कति गिरफ्तार भए । रामचन्द्र पौडेलनै कति महिना जेल बस्नु भो । आज त्यहि कमल थापा गणतन्त्र, संविधान, धर्म निरपेक्षता र अन्तरिम संविधानले घोषणा गरिसकेको विषय वस्तुको प्रतिकूल हुने गरेर धार्मिक युद्द निम्त्याउने खालको अभिब्यक्ति दिन्छ भने त्यस्तो मानिसहरुलाई पार्टीले चेतावनी दिनु पर्छ कि पर्दैन ?  त्यति नसियत दिने हैसियत राख्दैन भने उनीहरुले गणतन्त्र कसरि घोषणा गर्न सक्छ ? त्यसकारण मैले त्यहि मञ्चबाट के भनेको थिएँ भने अन्तरिम संविधानले घोषणा गरिसकेको धर्म निरपेक्ष, गणतन्त्र संघियताको बिपक्षमा  यदि कुनैपनि ब्यक्तिले बोल्छ भने त्यो अराष्ट्रिय हुने छ । त्यो गैह्र संवैधानिक हुने छ । त्यो गैह्र कानुनि हुने छ । त्यसकारण यदि कमल थापा र ज्ञानेन्द्रलाई कारवाही गर्ने कुनै दलको तागत छैन भने हामी जनजातिले, ताम्सालिङ स्वायत्त क्षेत्र उसको ग्रिह जिल्लामा पर्छ । ताम्सालिङ स्वायत्त प्रदेश घोषणा भएपछि त्यस क्षेत्रको पहिलो कैदी हामी कमला थापालाई बनाउँछौं भनेर मैले भनेको थिएँ ।

मैले त्यस्तो स्पेसिफाईड गरेर दिएको उदाहरणलाई अतिरन्जित ढंगले आङकाजीले  बाहुन काटेर रगत चुस्ने, बाहुनको जिब्रो थुतेर कुकुरलाई दिने भन्ने प्रसंग त्यहाँ जोडे । त्यसकारण मैले अहिले अन्तर्वार्ता दिँदा बोल्ने बेला बोल्यो अहिले सच्यायो भन्नुहोला । त्यो मेरो अन्तर्वार्तामा विश्वास छैन भने फेरिपनि म भन्छु युटुबमा जानुस् र आङकाजी किसन शेर्पा ईन टुँडिखेल वा माओवादी सभा लेख्नुस् त्यो सबै आउँछ । माओवादी सभामा म गर्वकासाथ भन्छु प्रचण्डले दिएको मन्तब्यमा भन्दा आङकाजी शेर्पाले दिएको मन्तब्यमा ताली बढि बजेको छ । मैले यदि बाहुनको बिरोध गरेको भए त्यहाँ बाहुनको कार्यकर्ता थिएन होला ? ताली बज्थ्यो ? त्यसकारण मैले जनजाति महासंघको महासचिवको नाताले जनजातिको पक्षमा बोल्ने मेरो कर्तब्य हो । किनभने पत्रकार महासंघको अध्यक्ष शिव गाउँले एउटा पत्रकार डेकेन्द्र थापा मर्दा यत्रो उहाँले बोल्नुपर्ने कारण के भने उहाँ पत्रकारको हितको लागि खोलेको संस्थाको अध्यक्ष । त्यो उहाँको कर्तब्य हो । मर्न त १३  हजार नेपाली मरेका छन् । कति जना त कहाँ मरे ? कसले मारे अत्तोपत्तो छैन । त्यसको बारेमा किन कुरा उठाउनुहुन्न ? त्यसकारण सबै संगठनहरुको आआफ्नो उद्देश्य हुन्छ । म जनजाति महासंघको महासचिव भएको नाताले मैले सबै पार्टीभित्रका जनजातिको हितमा अथवा कुनै पार्टीमा नलागेका जनजातिको हितमा सदा सर्वदा पार्टी निरपेक्ष रहेर बोल्नुपर्ने हुन्छ ।

मैले अहिले सम्म एमाले, कांगेस, माओवादी लगायत सबै पार्टीको कार्यक्रममा मैले पार्टीगत रुपमा निरपेक्ष र जनजातिको अभियान कर्ताको रुपमा बोलेको हुँ । त्यहि माओवादी सभामै मैले बोलेकै कारण एमालेले मलाई आफ्नो पार्टी संगठनबाट निश्कासननै गर्‍यो। घटनाक्रम बाहुनलाइ काट्ने, बाहुनको जिब्रो थुतेर भुस्याहा कुकुरलाई दिने सन्दर्भ फेरिपनि म स्पष्ठ स्पष्ठ पार्न चाहन्छु कि म जातिगत रुपमा बाहुनको बिरोधीपनि होइन ।  म धर्मको नाउँमा हिन्दूको बिरोधीपनि होइन । म भाषिक रुपमा खस भाषाको बिरोधीपनि होइन । हाम्रो मान्यता के हो त भने सबै भाषा, सबै धर्म, सबै जात जातिको समान अधिकार स्थापित भएको नेपाल निर्माण गर्ने ।

बाहुन क्षेत्री काटिन्छ आलो रगत चाटिन्छ भन्ने नारा त लाग्या हो नि हैन ?

त्यसको वास्तविकता के हो भने मेरो फेस बुक भर्खर खोलेको बेला थियो । चलाउन औँदैनथ्यो । फेस बुक छ । तपाइ जसो नेताले चलायो भने सबै मानिसले हेर्छन् बाबा भन्न थाल्यो छोरोले । तपाईको साथि दुई तिन सय मात्रै हुँदा समाचार जताबाट पेस्ट गर्दापनि हुने रहेछ फेसबुकमा । जब धेरै हुन्छन् तब सबै म्यासेज ईमेलमा गएर ब्लक गर्छ । सिधै वालमा पोस्ट गर्न सक्दैन । त्यतिबेला जसले जे पोस्ट गरेपनि मेरो वालमा आउँथ्यो । कसैले अस्लिल फोटो राखिदिएपनि ए यसले राख्यो भन्दा रहेछन् । कुन दिन कसले के पोस्ट गरिदियो कुन्नि थाहै पाईन । पछि मैले थाह पाएपछि खोतलेर हेर्दा पाउन सकिन । त्यो बेला मेरो फेसबुकमा राखिदिएकोले मैलेनै राख्या, मैलेनै बोल्या भन्ने ठाने । अहिले कसले बोल्यो भनेर फोटोपनि आउँछ माथि । पहिले सायद त्योपनि थिएन । त्यसैले त्यो मैले लेखेकै होइन ।

जनजातिहरुको तर्फबाट लागेको नारा होइन त्यो ?

जनजाति भित्र लाग्या होइन । त्यो कुरो मात्रै होइन । प्रचण्डले बन्दुकै पड्काउँछु भनेको हो नी त । प्रचण्डले बामणबादी हैन बाहुनकै पनि बिरोध गर्छ । मैले भन्दापनि चर्को नारा त प्रचण्ड, बैध्यले दिईराखेको छ । उनीहरु त पार्टीकै अध्यक्षको नाताले दिएका छन् । मैले त जनजाति नेताको नाताले पनि त्यस्तो नारा दिएको छैन । त्यो भन्दा चर्को नारा लाउनेहरुपनि छन् । असाध्यै शालिन नारा लाउनेहरुपनि छन् जनजातिहरुमा ।  सन्तान थरीथरीका भन्छन् नी । अभियानकर्ताहरु बिभिन्न प्रकारका छन् । जुन फेसबुकमा लेखिए ति अर्काका अभिब्यक्ति हुन् जुन मेरो फेसबुकमा पेस्ट भाको थियो ।

बाहुनबादको खुब बिरोध गर्नुहुन्छ । के हो यो बाहुनबाद भनेको  ?

सर्व साधारणले बुझ्ने भाषामा भन्ने हो भने आफै मात्रै खाउँ । आफैं मात्रै लाउँ । सबै स्वार्थ आफैंमात्रै सिद्द गरौं । सबै नेत्रित्वमा आफैं मात्रै पुगौं । अर्थात् अरुको बारेमा पटक्कै नसोच्ने । आफु केन्द्रित, आत्मकेन्द्रित । जुन स्वार्थ सिद्द गर्ने एउटा प्रब्रित्ति हो त्यो प्रब्रित्तीलाई भामणबादको रुपमा बुझिन्छ । यो कुनै जाति, भाषा, धर्म, संस्क्रितिलाई इंगित गर्दैन । ब्रामणबाद भनेको ब्यक्तिको प्रब्रिति हो । जुन प्रब्रितिको मूल उद्देश्य भनेको आफैले मात्रै सबै स्वार्थ सिद्द गरौं भन्ने । त्यस्तो खालको प्रब्रित्ति शेर्पामा हुनसक्ला । त्यस्तो खालको प्रब्रित्ति आधिबासी, दलित, मुस्लिम, मधेशीमा हुन सक्ला । त्यसैले आफु बाहेक अरु कसैको भलो नचिताउने, आफै मात्रै स्वर्थ सिद्द गर्ने प्रब्रितिलाई बुझ्ने गरेर ब्रामणबाद भन्छौं ।

तर कतिपय ठाउँमा ब्रामणबाद भनेको बाहुनलाई हो भनेर अपब्याख्या गरेको छ । र नेपालको राजनितिक सन्दर्भमा प्रयोग गर्ने नयाँ शब्दावली ब्रामणबाद हो । र ब्रामणबादपनि एक किसिमले माओवादीले औंल्याएको शब्द हो । माओवादी जनयुद्दकालमा धेरै राजनितिक शब्दहरुलाई प्रचलनमा ल्याएको छ । त्यसमा माओवादीले प्रयोगमा ल्याउँदा आफ्नो मात्रै स्वार्थ सिद्द गर्ने भन्ने छ । यो प्रब्रित्ति र चरित्र हो ।

त्यो शब्द खासमा ब्रामणसँगै किन जोडियो ?

बाह्मण भनेको ज्ञान हो । ब्रह्म ज्ञान ! विश्वको बारेमा ज्ञान राख्ने । तर त्यो ज्ञान बसिसकेपछि खाली आफ्नो स्वार्थ सिद्द गर्न मात्रै प्रयोग गरेपछि त्यसलाई ब्रमणबाद भनेको जस्तो मलाई लाग्छ । त्यसको शाब्दिक अर्थ के होला म जान्दिन । तर राजनितिक रुपले चाहिँ हामीले बुझ्ने त्यहि प्रब्रित्तीका रुपमा हो । पशुपतीमा बस्ने स्वामी प्रपन्नाचार्य राई समूदायकै हुनुहुन्छ ।  उहाँलेपनि आफूलाई बाह्मण भन्नुहुन्छ । ब्रामण भनेको जातले मात्रै हुँदैन । जसले ब्रह्म ज्ञान प्राप्त गरे ति सबै ब्रामण हुन् । ब्राह्मण भनेको ज्ञानसित संवन्धित छ जातसित छैन । त्यसकारण त्यतिबेला अलि पढेलेखेका ब्रह्मण हुने भएकोले बाहुनलाई धेरै भनिए होला । त्यतिखेर सबै अध्ययनशिल मानिसलाई ब्राह्मण भन्थे । तर नेपालको सन्दर्भमा अरु जात जातिले पढ्न लेख्न पाएनन् । सायद त्यो सन्दर्भ बाहुनसित बढि संवन्धित हुन गयो । किनकि बढि पढे लेखेको बाहुन भए । अहिलेपनि भन्छन् नी बाहुनहरु टुप्पी कसेर पढ्छन् । कास्कीका गोरु जोत्ने बाहुनहरुले टुप्पी कसेर पढे होलान् ? दाङ देउखुरीका बाहुनले अहिलेपनि खान लाउन पाएका छैनन् । टुप्पी कसेर पढ्न पाएको छ ? त्यसकारण एक दुईवटा बाहुनको चरित्रलाई सिंगो बाहुनमाथि लगाइएको छ । पेरिस डाँडा बस्ने, बलेखु बस्ने, सानेपा उच्च डाँडामा बस्ने बाहुनले राज्यसत्ता चलाएको २४० वर्ष भयो भन्दैमा त्यो बाहुनलाई त्यहाँ जोडेर गाली गर्न पाइन्छ ?

अहिलेपनि सिटामोल खाएर भारि बोक्दाबोक्दै मर्ने बाहुन छन् । त्यहाँ जोड्न पाइन्छ ? पाइन्न । त्यसकारण एका दुईको चरित्रलाई जोडेर सबैलाई इंगित गर्‍यो त्यो नहुन सक्छ । त्यस कारण हामीले बुझेको ब्राह्मणबादको अप्रिभाषा त्यहि नै हो । मैले पटक पटका भाषण गर्दा भन्नेपनि त्यहि प्रब्रित्ति हो ।

आङकाजी शेर्पासित ‘तपाईका केहि गुनासा, कौतुहलता वा स्पष्ठ हुन मन अलगेका केहि कुरा छन् कि ?’ भनेर मैले फेसबुक र इमेलमा प्रश्न राख्न भनेको थिएँ पाठकहरुलाई । समग्रमा २४ वटा प्रश्न आएका थिए । धेरै प्रश्न समान थिए एक अर्कामा । त्यसैले समान प्रश्नहरुलाई मैले एकै ठाउँमा संयोजन गरेर राखिएदिएको थिएँ । र ति प्रश्न जस्ताको त्यस्तै आङकाजी शेर्पालाई सोधेको थिएँ । ति प्रश्न र आङकाजी शेर्पाले दिएको जवाफ यस्तो छ ।

तपाईले शामान्तवादी सोच, ब्रामणवादी सोचको कुरो गर्नु भो । बिगतका सरकारमा राई, लिम्बू, तामाङ बाट कति गए । अहिलेकै ग्रिहमन्त्रि कयौं पटक सरकारमा गएर जनतालाई शोषण गर्नु भो । तर तपाईहरुले किन त्यसको विरोध गर्नुहुन्न सधैं बाहुन क्षेत्री मात्रै सरकारमा गएको बिरोध गर्नुहुन्छ?

२०४७ सालको प्रजातन्त्र स्थापनापछि देशमा २० वटा प्रधानमन्त्री भए । जनजातिबाट कोहि पनि भएन । गणतन्त्र स्थापनापछि प्रचण्ड, माधव, झलनाथ, बाबुराम गरेर चार जना बाहुननै भए  । कांस्की र दाङ देउखुरीको बाहुनलाई मैले इंगित गरेको होइन । यो सिंहदरबारको सत्तालिप्सा ब्रामण जातिका शासकहरु म भन्छु । शासक बाहुन । जो शासन सत्तामा टिकिरहन चाहन्छ । पदम शमशेरको पालादेखि गणतन्त्रको अहिलेको युगसम्म त्यो सत्तालिप्सा छोडेको छैन ।

संघिय समाजवादी पार्टी र नेपाल आदिवासी जनजाति महा संघमा लिम्बू, तामाङ, मगर मात्रै देखिए । त्यसलेनै देखाएन र तपाईहरुको महासंघ र संघिय समाजवादी पार्टी जनजातिकालागि मात्रै रहेछ भनेर ?

संघिय समाजवादी पार्टीमा लिम्बू र राईमात्रै होइन । त्यहाँ खस आर्य जाति छन् । खस जातिमापनि महिला उपमहा सचिव भएको पार्टी छ । प्रेम क्रिष्ण पाठक उपाध्यक्ष हुनुहुन्छ । उहाँ खस आर्य जातिबाट हुनुहुन्छ । त्यहाँ १४, १५ जना खस आर्य जातिका साथीहरु केन्द्रिय समितिमा हुनुहुन्छ । त्यहाँ मधेशी, मुस्लिम, दलित छन् । राष्ट्रिय अपांग महासंघका अध्यक्ष रमेशलाल श्रेष्ठ त्यहि पार्टीमा छन् । त्यसकारणले निश्चित रुपमा यो पार्टी कुनै राई लिम्बूको मात्रै होइन । यो कुनै जनजातिको मात्रै होइन । यो सम्पूर्ण रुपमा एमाले, कांग्रेस र अझ हामीले त के भनेका छौं भने माओवादीकोपनि बैकल्पिक शक्तिको रुपमा आएको छ । त्यसैले यो कुनै जनजाति विशेषको नभएर समग्र नेपालीको पार्टी हो ।

आफ्नो पहिचान, आफ्नो अधिकार लिने क्रममा, आफ्नो अधिकार खोज्ने क्रममा अरुलाई अनावश्यक होच्याउने, भ्रम फैलाउने काम गर्नु भाको छ । यो कत्तिको न्याय संगत हो ?

तपाईले जुन प्रश्न गर्नु भएको छ हाम्रोपनि भनाई त्यहि हो । हामीले हाम्रो अधिकार माग्दाखेरि हामीलाई कसैले होच्याउने ढंगले ब्याख्या गर्छ भने त्यसको प्रतिकार त हामीले गर्नैपर्ने हुन्थ्यो । २००७ साल यतादेखि सन्दर्भलाई जोड्ने हो भने ४० वर्ष भन्दा बढि आफ्नो पहिचानकोलागि शान्तिपूर्ण आन्दोलन लड्यौं । कहिल्यै पनि राज्य टुक्याउने, देशको साम्प्रदायिक सद्भाव बिथोल्ने काम गरेनौं । तर एक्कासि पहिचानको बिपक्षमा अखण्ड सुदूर पश्चिमको नाममा सोझा सिधा आदिबासी जनजातिलाई झुक्काएर प्रधानमन्त्री हुन पल्केका शेर बहादुर देउवा, ग्रिहमन्त्री हुन पल्केको भिम रावल, अनि लेखनाथ भट्टले भ्रस्टाचार गरेको अकूत सम्पत्ती प्रयोग गरेर सिदासादा जनतालाई बजार घुम्ने नाउँमा, खाना खुवाउने नाममा, तिर्थ यात्रा गराइदिने नाममा जम्मा गरेर शहिद लखन थापाको शालिक भत्काउने, धनबहादुर थनेत थारुको हत्या गराउने जस्ता काम गर्छन् भने त हामीले त्यसको बिरोध गर्नुपर्ने हुन्छ । त्यस कारण अहिले हाम्रो बिरोध त्यसैमा अरु केहिपनि होइन ।

बाहुन क्षेत्री काटिन्छ भन्छन् त जनजातिहरुले हैन ?

हामीले कहिल्यैपनि बाहुनको उचाई काटेर जनजातिको उचाई बढाउँछौं भनेका छैनौं । बाहुनको ओजन ताछेर जनजातिको ओजन बढाउनुपर्छ हामीले कहिल्यै भनेका छैनौं । ब्रामण जाति, खस आर्य जाति आर्थिक, राजनितिक रुपले जति सम्रिद्दशाली छ त्यो स्तरमा हामीपनि पुग्न पाउँ भन्दाखेरि तिमीहरु त्यति सम्पन्न भो भने त हाम्रो सबै अधिकार खोसिन्छ भनेर यदि कसैले हामीमाथि आरोप लगाउँछ भने हामीले त्यसको प्रतिवाद गर्ने कि नगर्ने ? त्यो प्रतिवादको सन्दर्भमा हामीले कुरा उठायौं होला । तर त्यो भनेको त्यहि प्रतिबादको सिलसिलामा त्यहि ब्यक्तिलाई मात्रै इंगित गरेको हो । सिंगो बाहुन जातिलाइ होइन । त्यसकारणले हाम्रो माग प्रस्तुत गर्दा कसैलाई अपमान र अपहेलित गरेर हामी प्रस्तुत भएका छैनौं । हामीले के भनेका छौं भने भोक लागेको छ खान देउ । कपडा छैनौ देउ । अधिकार पाएका छैनौं हामीलाईपनि समान अधिकार देउ । हाम्रो माग यत्तिनै हो । त्यसकारण हामीलाई बाहुनलाई होच्याउनु पर्ने, हिन्दूलाई खसाल्नुपर्ने केहि कारणनै छैन ।

पहिचानकालागि लडिरहेका जनजातिहरुले हामी यो देशको आदिबासी हौं । तिमी बाहुन क्षेत्रीहरु चाहिँ भारतबाट आएका शरणार्थी हौ भन्नुहुन्छ । त्यसो गरेर संघियता, पहिचानको माग स्थापित हुन्छ ?

कसैलाई तिमी तिब्बतबाट आएको हो । कसैलाई तिमी मधिशे हो भन्छन् । बाहुन क्षेत्रीहरु यो देशका खस आर्य जाति हुन् भन्ने कुरामा हाम्रो बिबादै छैन । उनीहरु नेपालका नागरिक हुन्  । यो देशको खस आर्य जाति हुन् । उनीहरुको पहिचान भनेको खस आर्य जातिनै हो । आदिबासी जनजाति भनेर २०५८ सालमा नेपाल सरकारले सूचिक्रित गरेको आदिबासी जनजातिमा ५९ छन् । उहाँहरुले त्यतिबेला दाबी गर्नुपर्ने, बिबाद गर्नुपर्ने थियो । गर्नु भएन । अनि आदिबासी जनजातिको पहिचान सहितको संघियता निर्माणको क्रममा त्यसलाई तुहाउन षडयन्त्रपूर्ण ढंगले हामी बाहुनपनि आदिवासी जनजाति हौं भन्न थालेपछि त बिबाद उठ्ने भयो । त्यहाँ तर्क गर्दाखेरि त हामीले सिधै भन्नुपर्छ । नेपालका बाहुनहरु नेपालमा बसेको सय वर्ष नाघे होला । त्यसमा म बिबाद गर्दिन । उनीहरु नेपालका खस आर्य जाति हुन् भन्नेमा म बिबाद गर्दिन ।

तर उहाँहरुको ऐतिहासिक पहिचानलाई थातथलो खोज्दै जाने हो भने त निश्चित रुपमा त्यो मुस्लिम समूदायसित लडाई गर्दै त्यहाँबाट भागेर आएका सन्तान हुन् भन्ने त ब्राम्हण जातिले लेखेकै ईतिहासले प्रस्ट पारेको छ । त्यसकारण त्यसमा म बिबाद गर्न चाहन्न । यद्दपी नेपालको सन्दर्भमा यो कुरो कहिले उठ्यो भने जब ब्रामण क्षेत्रीले हामी आदिवासी जनजाति हौं भने । जबकि २०५८ सालमा नेपालको सरकारले सूचिक्रित गरेको निर्णय बिपरित हो त्यो । त्यतिबेला किन बोलेन ? हाम्रो भनाई त्यहाँ हो । त्यतिखेर बोल्नु पर्ने कुरा ठ्याक्क पहिचान सहितको संघियता बन्ने एउटा निर्णायक अवस्थामा त्यसलाई तोड्ने षडयन्त्रका साथ आउँदा त्यसको ईतिहाँसको प्रसंग कोट्यायौं । निश्चितरुपमा खस आर्य जातिहरुको उद्गम स्थल भनेको भारतबाट प्रबेश हुँदै नेपाल हो । यो कुरा बुझ्न सिन्धु घाँटेको सभ्यता अध्ययन गर्दा स्पष्ठ हुन्छ ।

हिन्दू र मुस्लिमको लडाईमा हिन्दूलाई पराजित गर्दै मुस्लिम समूदायको बर्चस्व कायम भएको र हिन्दूहरु बिस्थापित भएर आएको भन्ने प्रसंग त ईतिहासले बोल्छ । हामीले त्यहि ईतिहासको प्रसंग कोट्याएको त हो । यद्दपी बर्तमान सन्दर्भमा नेपाली समाजको रुप के छ ? १२ प्रतिशत ब्राह्मण हो । बिबाद गर्दैनौं । १६ प्रतिशत खस जाति हो । त्योपनि बिबाद गर्दैनौं । ३७ दशमल २ प्रतिशत जनजाति हो । बिबाद गर्नुहुन्न । ५१ प्रतिशत महिलाको जनसंख्या हो बिबाद गर्नुहुन्न । त्यसभित्र मुस्लिम, अल्प संख्यक, अपांगहरु पर्छन् । कसैले बिबाद गर्नुहुन्न । धार्मिक समूदायमा, बुद्द धर्मावलम्भी, हिन्दू, मुस्लिम, क्रिस्चियन छन् । किराँत धर्म मान्ने छन् । यस्तो कुरोमा त कसैले बिबाद गर्नु भएन नी । तर किराँत धर्मले विशेष अधिकार पाउन थाल्यो भनेर सबैले सबैले मपनि किराँती धर्म हुँ भन्न थाल्ने, भोली अपांगले विशेष अधिकार पाउन थाल्यो भनेर के सबैले हात खुट्टा भाँचेर अपांग बन्ने ?

त्यो त हुन सक्दैन । त्यसकारण ईतिहास साक्षी छ । ईतिहास बोलेको हो । हामीले त्यो भन्दा बढि बोलेको होइन । ईतिहास जे हो साँचो हुनुपर्छ । चाहे अलिखित नै होस् त्यो ईतिहास हो । अहिले बर्तमान सन्दर्भमा खस आर्य जाति नेपालको सर्वभौमस्त्ता नागरिक हो भन्नेमा हाम्रो बिबाद छैन । तर खस आर्य जाति नेपालको आदिबासी होइन भन्नेमा हामी स्पष्ठ छौं ।

तिनसय वर्ष पुरानो शिला लेखमा के उल्लेख छ भने कुमाउ, गढवाल त्यतिबेलैको नेपाल थियो । खसहरु त्यति बेलै नेपाली भैसकेका थिए जतिबेला इस्लाम धर्मनै जन्मिएको थिएन भनेपछि खसहरु कसरि भारतमा मुस्लिमहरुसित युद्द भएपछि नेपाल छिरेको भए ?

आदिवासी जनजातिको अभियानकर्ताको रुपमा लडाई लड्दै जाँदाखेरि मैले आत्मसाथ गरेर बुझेको के हो भने खस क्षेत्री चाहिँ नेपालको आदिवासी हो । उनीहरुको पहिचान क्षेत्र पश्चिम नेपालको खसान हो जुन अहिले प्रस्तावित खसान क्षेत्र छ । त्यसमा खस क्षेत्री छन् र ति आदिवासी हुन् । यसमा हामी बिबाद गर्न चाहन्नौं ।

अहिले एमालेको ११ जनाको स्थायी कमिटी सदस्यमा एक जना जनजाति अशोक कुमार राई हुनुहुन्थ्यो । उहाँलाई निकालियो । अब बाँकि १० जना उपाध्य बाहुन बाहेक एक जना खसपनि छैन । त्यसकारण समानुपातिक प्रतिनिधित्वको सन्दर्भमा खस पनि आदिबासी जनजाति उत्पिडित हो । त्यसकारणले खसलाई हामी आदिबासि मान्ने पक्षमा छौं । र समानुपातिक निर्वाचन प्रणालीको सन्दर्भमा खस समूदाय र हाम्रो कुरा मिल्छ । १२ प्रतिशत बाहुनकोपनि निश्चित रुपमा आदिबासी जनजातिको पहिचान थलो नेपालमा हो । यसमा मुस्लिम समूदायको लडाईसँगै नेपालमा आएर टुंगिएको छ ।

तपाईहरुले बाहुनबादी भनेर कट्टरपन्थी, जातिबादीका रुपमा खण्डित गरे झैं भोली जनजातिमापनि लिम्बूबादी, राईबादी, शेर्पाबादी भनेर बिखण्डित गर्ने दिन नआउला र ?

हामीले बाहुनबादी कहिल्यै भन्या छैनौं । हामीले ब्राह्मणवाद भनेका छौं । त्यो प्रबीत्ति हो । त्यो प्रब्रित्ति ममा आयो भने आङकाजीपनि ब्राह्मणबादी प्रब्रित्तिको हुन सक्छ । आफ्नो स्वार्थ मात्रै हेर्ने, अरुको भलो नचिताउने प्रब्रिति भएको ब्यक्ति वा चरित्रलाई ब्राह्मणवाद भन्छन् । त्यसैले भोलि जनजातिमापनि भोली त्यो प्रब्रिति आउँछ भने सायद त्योपनि ब्राह्मणवादी चरित्रमा गनिन्छ । त्यसैले किराँतवादी, राईबादी, शेर्पाबादी भन्नु पर्ने प्रसंगनै उठ्दैन ।

किन जातिबादि तरिकाले मुद्दा उठाउनु भएको त ?

हामीले जाति विशेष ढंगले मुद्दा उठाएकै छैनौं । हामीले पहिचानको मुद्दा उठाएका हौं । प्रिथ्वी नारायण शाहको एकिकरण म मान्ने पक्षमा छैन । एक हदले त्यसलाई मान्ने हो भने प्रिथ्वी नारायण शाहलेपनि एउटा परिकल्पना त गरेको थियो नी । नेपाल बिभिन्न जात जातिको फूलवारी त भनेको हो नी । अनि त्यो फूलको पहिचान गर्ने कि नगर्ने ? बिभिन्न जातजातिको फूलवारी भनेपछि एउटा गूलाफको फूल होला । कुनै चमेली होला, लालीगुराँस होला । ति फूलको पहिचान त गर्नुपर्‍यो नी । फूलहरुको पहिचान गर्दा बगिचानै बिग्रिन्छ भन्न थाल्यो भने त सम्भव हुन्न । के जनजातिहरु चाहिँ राष्ट्रिय गानमा मात्रै गाउने चिज हो ? सयौं थुँगा फूलका हामी एउटै माला नेपाली भन्ने गणतन्त्र नेपालको राष्ट्रिय गीत हो कि होइन ? सयौं थूँगा फूलका माला भनेको लिम्बुवान हो । किराँत हो । ताम्सालिङ हो । नेवा हो । मगरात, थारुहट हो । तमुवान, शेर्पा प्रदेश हो । त्यसलाई जोडेर एउटा सिंगो नेपाल बनाउँ भन्दाखेरि चाहिँ नहुने ? राष्ट्रियगानमा स्विकार्ने यथार्थमा नस्विकार्ने ? हामी कसैको परिकल्पनामा मात्रै सिमित रहने कुरा हो र ? कुनै स्टेजमा सांस्क्रितिक कार्यक्रम हुँदा बाहुन मात्रै नाचेको देखाउनु भो भने कसैले मन पराउँछ ? अथवा हिन्दू संस्क्रिति मात्रै झल्किनी कार्यक्रम भो भने मन पराउँछ ? त्यो नेपाली चरित्रको सांस्क्रितिक कार्यक्रम बन्दैन । त्यहाँ सुनार, शेर्पा, तराई, हिमाल पहाड सबै समेटिए पो ओहो क्या राम्रो सांस्क्रितिक कार्यक्रम सबै देख्न पाइयो भन्छन् । अनि स्टेजमा नाच्दा चाहिँ अति मनोरञ्जन हुने, सिंहदरबार भित्र नाच देखाउँ भन्दा चाहिँ नहुने ? सोलुखुम्बु जिल्लाको कार्यालय भित्र त्यस्तो नाच देखाउँ भन्दा चाहिँ नहुने ? त्यसकारण हाम्रो भनाई स्टेजमा जुन विविधता बोकेको सांस्क्रितिक कार्यक्रम देख्दा तपाईको मन एकदम हर्षित हुन्छ  त्यो नाच हामी अब सिंहदरबारभित्र देखाउँ भन्ने हो । त्यत्ति हो हाम्रो भनाई ।

Hard talk about federalism and other burning issues of Nepal


Hard talk about federalism and other burning issues of Nepal: Interview taken by Senior Journalist Ramashish in Hindi (Part 3), June 21, 2012


Interview with Amar Deep Moktan Part 3

Hard talk about federalism and other burning issues of Nepal: Interview taken by Senior Journalist Ramashish in Hindi (Part 3), June 21, 2012