नेपालमा माओवादीलाइ ‘आतंककारी’ घोषित गरिएको छ र देश भित्रका समस्त शक्तिले पनि माओवादी शक्तिलाइ दबाउन असमर्थ भएपछि अब विदेशीलाइ गुहार्न दौडधूप चलेको छ, त्यसो त माओलाइ नै पनि त एकताका लङ मार्च सफल हुँदै गएपछि एउटा साम्राज्यवादी मुलुकले लाल डाकु नभनेका होइनन नी ।
यस सयम नेपाललाइ आतंकित गराउने सारा दोष माओवादीलाइ मात्र दिएर राजाको सरकार मात्र नभएर प्रशासनलाइ गौमत छर्केर जुन झुटो प्रचार हर माध्यमबाट भइरहेको छ त्यो साधारण जनताको पनि चित्त नबुझदो छ, झुठो र कपोकल्पित छ यस समय संविधान भनिने कंग्रेस एमाले र दरबारको त्रिपक्षीय सम्झौता पत्रले यसको प्रस्तावनालाइ अर्ध जीवित अवस्थामा पुर्याएको छ, सही समाचार न बाहिर ल्याउन दिइएको छ, न त आइरहेको छ, आइरहेको छ त केवल माओवादीले आक्रमण गरेको र तिनीहरु मारिएको समाचार ।
माओवादीको जुझारु रुप स्पष्टसंग देखिनु अघि र माओवादीलाइ आतंककारी घोषणा गरिनु अघि नै देशको शहर बजार कुना काप्चा चारैतिर प्रहरी प्रशासन, कंग्रेस र एमालेको आतंक चरम सीमामा पुगेको थियो, अब त त्यसमा सैनिक आतंक पनि थपिएको छ । त्यसको साक्षात प्रमाणको रुपमा म यहाँ दुइ चार आफ्नै उदाहरण पेश गर्छुः
दोलखा जिल्लामा मंगोल नेशनल अर्गनाइजेशन समर्थक उम्मेदवारहरु एक जनालाइ चुनाव ताका कंग्रेसले नाम दर्ता नै गराउनु दिएन । साफी पिटने काम मात्र गरेनन तर बिहानदेखि साँझसम्म एउटा घरमा लगेर बन्द गरी दिने काम गरे । दोलखामा एमएनओको बोर्ड राख्न नदिएर प्रहरी प्रशासनको मदतले हटाउने काम गरे भने एमालेका गुण्डाहरुले एकजना एमएनओ समर्थकको घर नै उजाड बनाइदिने गरी ढुंगाले भत्काइदिए । मेरो चुनाव क्षेत्रमा कंग्रेसहरुले हत्यारालाइ नेता बनाएर गुमाउने राती राती एमएनओको झण्डा उखेली कंग्रेसको झण्डा गाडने काम गरे । पाँचथरमा लिम्बुहरुलाइ बाहुन, छेत्री, प्रहरी र गार्डले मिलेर हिन्दु आर्य भनेकोमा पक्राउ गरी दण्ड तिराएर भागवण्डा गरी खाए । सेप्टेम्बर ७ तारिख बेलुकी ५:३० मा मेरो घरमा एकजना इन्सपेक्टरको नेतृत्वमा प्रहरी दल बल गएर मेरो अफिसको नौला पुस्तक ‘अस्तित्वको खोजमा मंगोलको’ मात्र होइन अफिसमा भए जति सबै बहुमुल्य वस्तुहरु उठाएर लगे । मलाइ नभेटेको झोंकमा मेरी पाहुना बहिनीलाई नै लिएर गए र बन्दगीको रुपमा प्रयोग गर्ने काम गरे । प्रहरीलाइ सोधें पंचायतकालीन भाषामा माथिको आदेश भनिदियो, धम्कायो, सेलायो चाउरियो, बस्यो । यस्ता हजारौ प्रहरी र प्रशासनबाट भएको आतंकित कार्वाही चाहि आतंककारी थियो कि थिएन ?
जुझारु रुपमा ओर्लिएपछि त संसर भरनै मार्ने र मर्ने काम हुन्छ, त्यो कतै पनि जहिले पनि भइरहेको छ । राजाको सरकारले, सेनाले, प्रहरी प्रशासनले गरेको जुनसुकै अपराध पनि आर्शिवाद हुने, मानव अधिकिारवादी हुने यो कसरी हुन सक्छ र ? जुझारु अवस्थामा र क्रान्तिद्वारा सत्ता परिवर्तनको हतियार उठाउंदा, भारतबाट अंग्रेजहरु लखेटदा, बंगलादेशको मुक्तिको लडाइंको बेला, नेपालमा नै राणा शासन हटाउंदा, बहुदल माथि बलात्कार हुंदा नै नभएको हो कि ? हतियारधारीसंग लडने त हतियारधारी नै हुन्छ हतियारधारीको अघिल्तिर हतियार विहिन जनता त मारिनु बाहेक केही पनि हुंदैन उसको हालत बाघको मुखेन्जी मराए, पाकिस्तानी सैनिकले वर्तमान बंगलादेशकालाइ मराए । १९६० मा राई लिम्बु र गुरुङ मगर गाउंमा बाहुन छेत्री पल्टन पठाइयो, खाडल खन्न लगाइयो, गोली ठोकियो , पुरिदियो तर त्यही शासन तीस वर्षसम्म चल्यो, शक्तिको अघिल्तिर सबैको शीर नत थियो । त्यहां मानव अधिकार हनन भएन न त भ्रष्टाचार नै देखिन्थ्यो । पिसकोरकाण्डमा, छिनताङ काण्डमा हतियार बिहिन जनताको हत्या निर्ममता पूर्वक भयो तर तिनै हत्याराको नायकेहरु आज खांटी राष्ट्रीय प्रजातन्त्रवादी पनि भएका छन । भ्रष्टचारीहरु, हत्याराहरु जसको साथमा पैसा, कुटनैतिक बल, सैनिक र प्रहरीबल, प्रशासन बल छ त्योसंग अधिकार माग्ने र खोस्ने काम केवल दुइ प्रकारले हुनसक्छ एउटा हो सारा जनता आन्दोलित भएर अघि बडनु, अर्को हो हतियारसंग जुझनु हतियार नै उठाउनु जुन आज माओवादीले गरिरहेका छन । हुन त माओवादीको नाममा विभिन्न क्षेत्रमा पेन्ट लगाएर हिडने युवतीहरुलाइ समातेर पेन्ट काटिदिने, च्यातिदिने, साडी र सिन्दुर भिडाइदिने काम नभएको होइन गरीबहरुको घरमा पसेर विभिन्न लान्छना लगाएर भांडाकुडा फोरिदिनु, लुटिदिने काम नभएको होइन, पश्चिममा तिमी मतवालीहरुलाइ मतवालीहरुद्वारा नै ठीक गर्छौ र पूर्वमा तिमी मतवालीहरुलाइ ठीक गर्न हामी बाहुन छेत्री सक्षम छौं, भन्दै हिंडने नक्कली माओवादीहरु देखा नपरेका पनि होइनन । अपितु त्यस्ता नक्कली माओवादीहरु अब तुम शरणम गच्छामी भइसकेका हुनन ।
मंगोल नेशनल अर्गनाइजेशन र मंगोल शब्द नै पनि भोली काउसो बन्न सक्छ जसरी आज जम्मै पार्टीका नेताहरुका निम्ती काउसो बनेको छ । परन्तु कुरा वर्तमानको हो, गतवर्ष जुनको दरबरिया निर्ममता र निरंकुश हत्याकाण्डपछि माओवादीले नेपालमा जम्मै कम्युनिष्ट नामधारी नक्कली कम्युनिष्टहरुलाइ पाठ सिकाएका छन मात्र होइन उछिनेका पछि छन जसले गरीबको सरकारको गीतांगे भएर गरीबलाइ नै ठगिरहेका छन र त्यसो गर्नेमा एमाले पहिलो हांचमा पर्छ । कंग्रेस, एमाले एउटै रुपियांको दुइ पाटा जस्ता हुन र सामन्तीका प्रतीक हुन यिनीहरु भ्रष्टाचारका नायके रुढिवादका पूजारी नौलो पुञ्जीपति हुन । यिनीहरुको नौलो जनवाद जस्तै यिनीहरुको नेतृत्वको दिवालीया पनि नबुझनेको निम्ती खोलाको गीत भएता पनि बुझनेको निम्ती हांसको चाल र कुखुराको चाल हो । दरबार हत्याकाण्डसम्म माओवादीलाई हेर्ने र बिचार्ने तह दुइ खेमामा विभक्त भएको भएता पनि अब त्यसले एउटा कोल्टो फेरेको छ । कंग्रेस अब त्यसको अडानको अग्नि परिक्षा भइरहेको छ । कंग्रेस र एमाले पनि राप्रपा जतिकै सामप्रदायिक पार्टी हो र त्यसमा पनि राप्रपा छेत्री पार्टी हो भने कंग्रेस र एमाले बाहुनवादी पार्टी हो । मनमोहन अधिकारी प्रधानमन्त्री हुनासाथ झण्डलाई कालो बोकाको रगत भोग दिने कम्युनिष्ट नेता पनि हुन । कम्युनिष्ट जन्माउने नै कार्लमार्क्स हुन । मार्क्स र एगेल्सले कम्युनिष्ट घोषणा पत्र प्रकाशित गरेका १८४८ मा हो, माक्र्सको क्रान्तिकारी विचारलाइ रुसमा फक्राएर जसरी माओले चीनमा । सायद चीनमा सनयातसेन र माओ नजन्मेका भए चीन अफिमकै नशामा निदाइरहेको हुन्थ्यो र चीनको छात्ती विदेशी साम्राज्यवादीहरुले छिया-छिया पारी सकेका हुन्थे । चीनमा जनवादी नारा दिने सनयातसेन हुन । चीनका पहिलो राष्ट्रपति सनयातसेनको पार्टी ‘तुङमेङ हुइ’ ले कहिले दर्ता नपाएको भएता पनि हजार वर्ष पुरानो मंचु राजतन्त्रको जरो उखालिदियो । राष्ट्रीय राजनीतिमा ठूलै पार्टीको मात्र गणना हुंदैन कम्युनिष्टहरुको निम्ती धर्म अफिम हो र कालो बोकाको भोग चडाउने कम्युनिष्ट कम्युनिष्ट नै होइन ।
उता पक्का बाहुनवादी हो । मार्क्स भन्थे 'Religion is the opium of all people, Communists stand for
abolition of all resligions, Red communists intend to set up a stateless and
classless society others also imitative.'
मार्क्स भन्नुहुन्थ्यो –“वर्गसंघर्ष अनिवार्य छ, धनी र गरीबमाझ सम्झौता हुनै सक्दैन । धनीहरुलाइ गरीबहरुले जरैदेखि उखेल्नु पर्छ” रसियन मंगोल कम्युनिष्ट स्तम्भ लेनिन भन्नुहुन्थ्यो ‘बुर्जुवाइज संसद भनेको विश्वासघाती र दुष्टहरुको पार्टी हो, जसले जनतालाइ क्रान्तीको बोक्रे (मौखिक) मान्यतामात्र दिएर धोका दिने काम गर्छ’ नेपालमा कंग्रेसी र राप्रपाका बाहुन पुरोहितहरुले स्वर्ग र नर्कको लोभ देखाएर शोषित, पिडीत र गरीब जनतालाइ अझ शोषण गरी आफुहरु भ्रष्टाचारमा मोज गरिरहेका छन भने एमाले जस्तो बुर्जुवा कम्युनिष्टहरु गरीब र शोषित जनतालाइ काल्पनिक स्वर्गको लोभ देखाएर शोषण गरिरहेका छन । यस्ताहरु रसियाका Trotsky bourgeois हुन र सेक्सपियरका साइलक हुन ।
तीसवर्षे एकदलीय पंचे शासनले हिन्दुराष्ट्रको साम्प्रदायिक तथाकथित संविधान लगायो, त्यसपछि बहुदलको नाममा त्यही शासन विभक्त मात्र भयो । अपितु साम्प्रदायिकता, हिन्दुराष्ट्र, भ्रष्टाचार सब त्यही राखियो । रुढिवाद, सामन्तवाद शोषणका तरिका सब यथावत र संस्कारगत राखियो । त्यहांका मूलबासीलाइ नक्कली र दरबारीया कम्युनिष्टहरुले आदिवासी र जनजाती (migrated and gipsy) मात्र बनाएर भनाएर नअघाएपछि तथाकथित संविधान (त्रीपक्षीय सम्झौतापत्र) द्वारा नै आदिवासी र जनजाती फिरिंगे, बनजारा बनाउंदै देश विहिन पनि बनाइदिएकोछ, यस्ताहरुलाइ चुनौती दिएर माओवादीको जन्म भएको छ, जसको धरातल चाहिं मूलबासी (indigenous) मंगोल नै हो र माओवादीको क्रान्तिकारी विचारमा बहुसंख्यक मूलबासी नै छन । बैचारिक क्रान्तिले क्रान्तिकारी प्रगति पनि हुन सक्छ, यसकारण भारत लगायत समस्त ऋणदाता र सहयोगदाता मुलुकहरुले यो भ्रष्टाचारी, सामन्ती, मानव अधिकारका हत्यारा, रुढिवादी र साम्प्रदायिक शक्तिलाइ धराशायी बनाइ भोको पेट, नांगो शरीर, भूमिहिन, नोकरी विहीन, आम्दानीहीन, घर परिवार विहीन गरीबीको रेखामुनी मृत्युको बंचाइ बांचिरहेको बहुसंख्यक जनताको निम्ती सोंचिदिन नितान्त आवश्यक भएको छ । माओवादको क्रान्तीकारी कदमको समर्थन रहर मात्रै होइन कर पनि हो-जसलाइ मर्नु र बांच्नुमा कुनै फरक छैन, बांचे र लक्ष्यमा पुगे भावी सन्तानले केही पाउने लडदा मंरिगए एउटा अपुग र अंध्यारो जीवनबाट मुक्ति होइन नैराश्यपूर्ण परिस्थितीले गांजेको छ ।
आज नेपालमा यत्तिको ऋण र सहयोग आएर पनि प्रत्येक मान्छेलाइ लाखौको ऋण बोकाएको छ । आज सैनिक बल र प्रहरी बलको हतियारले निर्दोष मानिसहरुलाइ तातो गोलीले चिस्याइरहेको छ, त्यो कसले सुन्ने र देख्ने ? अब नेपाललाइ ऋण र सहयोग बन्द गरिनुपर्छ मुठीभरलाइ मोज गर्ने माध्यम बनाउनु हुन्न ।
9 अप्रिल, 2002 मा प्रकासित
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।