हाम्रो प्रफुल्लता स्वीकार्नोस्
-कृष्ण बहादुर तामाङ (ईतिहासको पानाबाट )
काठमाण्डौं: बसेर हेर्दा र खुम्चेर हेर्दा सन् १९५० देखि र उठेर हेर्दा र तन्केर हेर्दा सन् १४९५ देखि कुनै न कुनै रुपमा नेपालको राजनीतिक सत्ता कुमाउ गड्वालबाट वर्तमान नेपालमा शरणार्थीको रुपमा भित्रीएका कुमाई बाहुनहरुकै हातमा केन्द्रीभूत भएको देखिन्छ । कुमाउवाट भित्रिएका बाहुनहरु कुमाइ बाहुन हुन् र गड्वालबाट भित्रिएकाहरु ज्ञवाली बाहुनहरु हुन् । राजस्थानवाट शरणार्थी कै रुपमा डोरा सरवाल (अपभ्रंस भएपछि दौरासुरुवाल) मात्र लगाएर आएका शाहहरु र धोती र जनाई मात्र लगाएर भित्रिएका कुमाई बाहुनहरु कुनै न कुनै रुपमा परस्परमा नङ र मासु जस्तै भएर यस मुलुकका अहिन्दु मुलवासी मंगोलहरुलाई शोषण र शासन गर्न सफल भए । यस भेकमा भित्रिदा यिनीहरुको थर बाउन्न हो कालन्तरमा बाहुन भएर बाँचे जसरी गोर्खालीहरु लाउरे भएर अर्थात सेवामा पसेका गोर्खालीहरु । राजस्थानको चितौडवाट मुगोलहरुको खेदाइमा परी भगौडा भएका शाहहरु त श्री ५ मात्र हुन सके कुमाई बाहुनहरु त श्री ६ नै भएर अर्थात श्री माथि भएर नै बाँचेर खाए गाँजिए, झाँगिए । त्यसपछिको अर्को जत्था राणाहरु पनि राजस्थानकै चितौडतिरवाट भगौडा नै भएर सन् १५५९ मा यस भेगमा भित्रेका हुन् र पश्चिमको थारु गाउँमा सरण पाएकाले पछि तिनीहरुसंग सम्पर्कमा रहेका थारुहरुलाई पनि राना टाइटल दिएर श्रीमान त स्वीकारे तर भित्री हृदयको अस्वीकारताले गर्दा लोग्नेलाई खान पस्केर दिंदा खुट्टाले ठेलेर दिने चलन बस्यो ।
वर्तमान नेपालमा देखा परेका जनजाति जमात अर्थात हिन्दु समाजकै बाहुनको पैताला जमात पनि त्यसै ताका सन् १५५९ मा नै राणाहरुका भरिया करिया भएर भित्रिए हुन् । किनकी यिनीहरु राणाको कमरा जाति (जन=कमारा-जाती=अतिशुद्र बाहुनको पैताला) थिए । जनजाति आदिवासी होइनन, किनकी यिनीहरुले जंगल अवादी गरेर बस्नु परेन । छिपिएका भुस्तिग्रे राणाहरुको जत्था फेरि भारततर्फ हाँकिए पछि केही कमाराहरु (जनजाति) तिनीहरुसंग गए भने थारुहरुसंग छाडिएका तिनीहरुका स्वास्नी छोराछोरीको स्याहार सुसारमा छाडिएका जनजातिहरु चारो खोजि खानाको निम्ति त्यस भेगका मूलबासीहरुकै खेताला गोठाला भएर जिविकोपार्जनमा लागे । जंगल फाँडेर, भास्मे फाँडेर बस्नु परेन, पस्नु परेन । यस कारण ती जनजातिको जत्था आदिवासी बनेनन् । बरु बाहुन क्षेत्री आदिवासी बने । क्षेत्री भनेको त एउटा क्षेत्रको मालिक अर्थात अधिपति जमाएर बसेका मालिक । राजपुत भनेको पनि राज्यको पुत्र । राजपुतहरु राजपुतानामा कव्जा जमाएर बसेकाहरु र भारतमा छरिदै बसेका हिन्दु आर्यले हल्लाउन नसकेको मंगोलहरु हुन् । जो वर्तमान चीनवाट लड्दै भिड्दै छरिएका हुन् । हिन्दु आर्य बाहुनहरु क्षेत्रपति (कालन्तरमा क्षेत्री) हरुको गुणगान गाएर हुन्छ कि, चाकरी गरेर हुन्छ कि धम्काएर हुन्छ कि मौका पर्यो भने आफ्नो विरोधीहरुलाई सिध्याई दिएरै हुन्छ कि आफ्नो स्वार्थ सिद्ध गर्ने प्राणी हुन् । सिदाहा (सिद्धार्थ होइन) बुद्ध हुनु अघि हिन्दु आर्य बाहुनहरुकै षड्यन्त्रले देश निकाला गरिएका हुन् । सिदाहाका बाबु सुद्धोधन होइन, सुद्धधान हो । सुद्धधान, सिदाहा दुवै पाली भाषा हो । सुद्धोधन त्यस इलाकाका क्षेत्रपति थिए-हिन्दु आर्य होइन । उनी मंगोल हुन् र छोरो बुद्ध हुनु अघि नै तिनीहरुमा समानता थियो । भेदभाव थिएन । यो भेदभाव र समाजलाई टुक्राउने, भाँड्ने काम त हिन्दु आर्यले मात्र गरे । संसारभर छरिएर बसेका आर्यनहरुले समाजलाई यति विघ्न टुक्राएर समाजलाई घृणा गरेर आफुहरुले शोषण र शासन गरेका छैनन् । हिन्दु आर्य बाहुन क्षेत्रीको यति लामो शोषण र शासन यसपल्ट आएर जुनसुकै रुपमा भएता पनि टुक्रिएको छ र राजनैतिक र सामाजिक स्थानमा गतिलो धक्का लागेको छ । गिरिजाप्रसाद कोइरालाको पहिलो राष्ट्रपति हुने र सुजाताको शाहाज्यादी भएर अझ भ्रष्टाचार गरेर खरबौ कमाउने र मनि पावर र मसल पावरले जनतामाथि उफ्री पाफ्री गर्ने, प्रधानमन्त्री बन्ने सुमधुर सपना पनि हाललाई हावाले उडाइ दिएको छ । ६८ बर्ष अघिसम्म अर्थात १९५० सम्म के थिए र यी कुमाई बाहुनहरु ? परन्तु १९५० पछि राणाहरु हुतिए पछि राणाहरुको ठाउँ ओगटदै गए, राजनैतिक शक्ति हत्याउँदै गए । ६८ बर्ष पछि नेपाल भनेको बाहुन क्षेत्री, बाहुन क्षेत्री भनेको नेपाल भनेझै बनाए । पहिलो झमटमा अव आएर पहाडी बाहुन क्षेत्रीवाट राजनैतिक शक्ति तराईतिर ओर्लेको छ । त्यही पनि तराइको यादव ज्ञानेन्द्रको ठाउँमा पुगेका छन् । सामन्तीको प्रतिक राजा शव्द बोकेर होइन, राष्ट्रपति भएर । तराइबासीले त्यसमा पनि खास गरेर थारु समुदाय र यादव समुदायले निर्भिक्तसाथ अघि बढ्नु पर्छ र राजनैतिक सत्ता केही सताव्दी अघि देखि मात्र हत्याउदै आफ्नो मुठ्ठीमा पुर्यायाएका हिन्दु आर्यको बाटो खोस्नु पर्छ । हिन्दु आर्यन बाहुन क्षेत्रीको राजनैतिक गर्ने क्षमता छैन, केवल फुटाउ, टुक्राउ, भाँड, घृणा फैलाई आफ्नो स्वार्थ सिद्ध गर भन्ने सोचाई मात्र छ । त्यसैकारण यो ६८ वर्षमा नेपाल भिख मागेर खाने र प्रत्येक नेपालीलाई ऋणमा डुवाउने हालतमा पुर्याए । पाति पढेर मागि खानेले देश बन्धकी राखेर मागी खाने वनाए । ढुंगालाई दूध र मान्छेलाई मुत खुवाउने संस्कारमा मात्र हुर्काए ।
यादव र थारुहरु वर्तमान नेपालकै अहिन्दू मूलवासी मंगोल हुन् । त्यतिमात्र होइन यि दुवै समुदाय बुद्धिष्ट हुन् । अपितु हिन्दु आर्यनहरुको हातमा नेपाल र भारतको राजनैतिक सत्ता पुगेपछि थारुहरुलाई यति निर्ममतापूर्वक शोषण र सासन मात्र गरेनन् कि गोड लगैछी हजुर (हजुरको खुट्टामा परे) भन्ने सम्म पुर्याए । झुठ्ठा कुराहरु घोकाएर अत्यन्तै भिरुपनि बनाए । अहिलेको विहार (बौद्ध विहार हो) भित्र नै बुद्धका विशाल विश्वविद्यालयहरु थिए । जुन विश्वविद्यालयहरु महेनजोदडो, हरप्पाले परिचित छन् र हिन्दु आर्य बाहुनहरुले गयाको बोधी बृक्ष उखेलेर आगो लगाई दिए जस्तै यी विश्वविद्यालयहरु भत्काएर चकनाचुर पारिदिए । मान्छेको उत्पत्ति संसारमा नै तीनवटा रेसमा उत्पत्ति र विभाजन छन् । वर्तमान चीन, भारत, नेपाल अहिन्दु मूलवासी मंगोलको उत्पत्ति स्थान हो । यी नामहरु त हिजो अस्ति मात्र राखिएका हुन् । चिन्न सजिलोको निम्ति मंगोलको रङ पहेलो हुन्थ्यो सुन जस्तै चम्कने । आर्यनहरुको उद्गम स्थान ककसियस पहाड हो, जुन क्यासपियन सि र ब्ल्याकसि माझ पर्छ । तिनीहरु त्यहीवाट विश्वभर छरिए । जव हाइटी साम्राज्यको जमातले क्राइष्ट जन्मनु भन्दा १९ सय वर्ष अघि आक्रमण गरे । हामीले चिन्ने हिन्दु आर्य त्यहीवाट भागेको एउटा शाखा हो जुन वर्तमान भारतमा ३ हजार ५ सय बर्ष अघि मात्र सिन्धु नदीको घाँटी भएर भित्रेका हुन् । त्यसै कारण हिन्दु भए, ‘स’ को अपभ्रंश ह । काला हब्सीहरुको उद्गम स्थान हो अफ्रिकी मुलुक । अफ्रिकी महासंघ छ, यूरोपियन महासंघ छ, एशियन महासंघ भयो भने त्यो मंगोल महासंघ हुनेछ ।
यादवहरुले सन् १९२९ मा एउटा सम्मेलन गरेर जनै भिरे लखनाउमा । बाहुनहरुको अत्याचारवाट इखिएर बाहुनहरुलाई देखाउन त्यसो गरिएको थियो । बाहुनहरुकै दुष्टतापूर्ण अत्याचार कै कारण गुरु नानकले हिन्दु आर्य बाहुन विरोधी सिक धर्म जन्मायो । हिन्दुआर्य बाहुनहरु कै निर्ममत अत्याचारको विरोधमा जिन्दाल भाई पंजरिया मुसलमान भए, पछि गएर हिन्दु आर्य बाहुनहरुकै कारणले जिन्दल भाई पंजरिया जिन्हा भए र जिन्हाले पाकिस्तान जन्माइ दिए । मुसलमानहरुले छाडेर गएको ३५ लाख हेक्टर जमिन बाहुनहरुकै हातमा पर्यो । यादव गाई भैसी पालक, जमातलाई भन्ने गरिन्छ । त्यसरी हेर्दा गोपालवंशी पनि यही हो । गोपालवंशीले वर्तमान नेपालमा सासन गरेको हो । अव बसेर हेर्दा र खुम्चेर हेर्दा, उठेर हेर्दा र तन्केर हेर्दा नेपालको राजनीति धेरै लामो समय पछि हिन्दु आर्यनको हातवाट खोसिएर मंगोलको हातमा पुगेको छ र पहाडवाट तराई झरेको छ । दुष्ट हिन्दु आर्य बाहुन क्षेत्रीहरुले अहिन्दु मूलवासी मंगोलहरु देशै नहुने अतिशुद्र बाहुनको पैताला जाति जनजाति वनाउने भगिरथ प्रयास गरिरहेका छन् । दुष्टमध्येहरुको विचार नै दुष्ट-दुष्ट ।
२०६५ साल भाद्र १ गते प्रकासित: ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
Yo Article Maa Kehi Satya Ra Kehi Jhut Dekhiyo Mister.
ReplyDelete