-कृष्ण बहादुर तामाङ
भारत र नेपालका अहिन्दू मूलबासी मंगोलहरुको कथा व्यथा एउटै छ । तिनीहरुले केवल बाँच्नु कै निम्ती मात्र रुखा सुखा खानु पर्छ :, बाँच्नकै निम्ती मात्र बाँचीदिनु पर्छः, हाँस्नकै निम्ती मात्र हाँसिदिनु पर्छ । चोट पटक लाग्दा-मुतेर लगाउनु पर्छ-माटोले पुरेर रगत थाम्नु पर्छ । हाड खुस्कदा सिस्नुको जरा कुटेर बाँध्नु पर्छ । जुका पर्दा जुका मार्नको निम्ती खरानी पानीमा फिटेर खानु पर्छ । वर्खा माझमा टहरालाई थोत्रो बोरा ओढाएर अथवा स्याउलाले ढाकेर चुहुने ठाउँ टाल्ने जमर्को गर्नु पर्छ । काँचो रुख काटेर भारमा राखेर धुवै धुवाले सुकाउनु पर्छ । अनि राम्रोसंग एक छाक पेटभरि खानुको निम्ती र एक झुम्रो गतिलो लगाउनुको निम्ती साहु महाजनको मुख ताक्नु पर्छः, आँखाभरि आशा लिएर हेर्नु पर्छ । गरिबीमा नै जन्मन्छन्ः, गरिबीमा नै हुर्कन्छन्, गरिबीमा नै मर्छन् । गरिब हुनु भाग्यलाई दोष-मिठो खान नपाउनु भाग्यलाई दोष । अघिल्लो जन्मको फल-जन्मदा नै लिएर आएको कर्मको फल-जन्मेको सात दिनमा नै भावीले लेखिदिएको कर्म ।
यो भाग्य के हो ? को हो भावी ? को हो हामी मूलबासी मंगोलको भाग्यमा चाहि दुख नै दुख मात्र लेखिदिने र हिजो धोती र जनै मात्र लिएर यस भूमिमा भित्रने शरणार्थीका रुपमा बास गासको खोजीमा भित्रने कालो हिन्दु आर्यन बाहुन छेत्रीको भाग्यमा चाहिवकिल, न्यायधिस, मन्त्री, प्रधानमन्त्री विशेष अधिकृत,अधिकृत,वरिष्ठ अधिकृत, प्रधानन्यायधीस, विशेष सचिव, मुख्य सचिव, दूत, राजदूत मात्र बन्दै जाने । मूलबासीहरुको घर ढल्दै झुप्रो बन्दै जाने, भएको जमिनबाट टाँट पल्टदै जाने, सर्वभराबाट सर्वहारा बनिदै जाने घरबासीबाट सुकुम्बासी बनिदै जाने ? कर्म भनेको काम हो । न हिजो कुनै जन्म थियो न भोलि कुनै जन्म हुन्छ र न पूर्व जन्म थियो र त्यसको फल भोगिरहेका छौं । न त भोलि कुनै जन्म हुन्छ र न पूर्व जन्म थियो र त्यसको फल भोगिरहेका छौं । न त भविष्यमा कुनै जन्म हुन्छ र त्यसको निम्ती दान दक्षिणा गर्नु पर्ने आवश्यकता नै छ ।
हिजो बास गासको आशा गर्दै शरणार्थी हिन्दु आर्य बाहुन छेत्रीहरुले हाम्रा पुर्खाहरुको दाया मायाले बास गास पाए फेरि हामीलाई नै उठिबास लगाई दिएर र सुकुम्बासी बनाइदिए । हाम्रा पुर्खाहरुलाई षड्यन्त्रले दाजु भाइमा, लोग्ने स्वास्नीमा, बाबु–छोरामा कान फुकिदिएर लडाई दिए, भिडाइ दिए, मराइ दिए, मारिदिए, उठिबास लगाइ दिए, त्यसपछि ती जग्गाहरु, खेतबारीहरु आफ्नो बनाउदै लगे । हाम्रो पुर्खाहरु र आजकै पीडिहरु पनि बहकिदै गए, बरालिदै गए, हिरण्यकसिपुलाई मार्नका निम्ती कुनै हिन्दु आर्य अघिल्तिर आउनु र देखा पर्नु परेन । आफ्नै छोरा प्रलादको गिदीमा यसरी लिदी भरिदिए हिन्दु आर्यहरुले कि आफ्ना बाबुलाई मार्दा र मराउदा प्रलादलाई दुख लागेन, पछुतो भएन, बरु ठूलो लडाई जितेर फर्केको हिरो भए जस्तो अनुभव भयो । हिन्दु आर्य रामको प्रसंसा यति व्यापक रुपमा गराउने काम घरबारहीन हिन्दु आर्य ऋषिमुनिहरुले यति व्यापक रुपमा गराउने काम अति तिब्र रुपमा गरे की यति शक्तिशाली, यति बुद्धिमान, बलवान, धनवान, रावणकी श्रीमती पनि रावणको विरोध र रामको प्रसंसामा जुटेर रावणलाई मानसिक रुपमा डर देखाउने, रातदिन कचकच गरेर ठीकसंग सोच्ने र योजनावद्ध ढंगबाट काम गर्न नदिने बनाइसकेकी थिईन् । त्यसरी नै अत्यन्तै शक्तिशाली बालीलाई मराउन लडाउने भिडाउने काम पनि आफ्नै भाइ सुग्रिवबाट गराए । जसरी रावणलाई लडाउने भिडाउने काम गोप्य वेद खोलिदिने काम आफ्नै भाइ विभिखनबाट गराइयो । रावणकी बहिनी सुपर्ण खाँको नाक काटेर निहु खोज्ने राम लक्ष्मण हिन्दु आर्यहरु दुष्ट हुन् की होइनन् ? तपाईको आफ्नी बहिनीलाई लोफरहरुले जिस्क्यायो, लुट्यो, हात हाल्यो भने तपाई के गर्नुहुन्छ ? गर्दन काटिएको बोकाले झैं टुलुटुलु हेरिरहनु हुन्छ की ? छौं भने मर्द-निकाल कर्द, लड्न छ डटेर भन्ने आंट गर्नुहुन्छ । आज पनि हिन्दु आर्यन बाहुन छेत्रीहरुले राज्यको लोप लालच देखाएर अलिकति पैसा, सानो तिनो पदको लोभ देखाएर विभिन्न पार्टीहरुमा त्यस्तै भूमिका अदा गरिरहेका छन् । जसरी रामायण र महाभारतमा अदा गरेका थिए । रामायण महाभारत पढिएको छ ? पढेको भए त्यस भित्रको गुदी बुझिएको छ अथवा बुझ्ने कोशिस गरिएको छ ? अहिन्दू मूलबासी मंगोलहरु हो अरुको हतियार मात्र नबन राजनैतिक चेतनशील बन र आगामी पीडिको भाग्य आफै लेख्ने बनाउनु पर्छ हामीले । आगामी पीडिलाई यस मुलुकमा योजनाकार, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, न्यायधिश, प्रधानन्यायधीश, राजदूत बन्ने बनाउनु पर्छ हामीले, हिजोको शरणार्थी विदेशीको आशामा होइन, अधिकार र योग्यतामा । के थिए र यी बाहुन छेत्री आर्यहरु पचास–पच्पन्न वर्षअघि ? के भएका छन् आज ? गहिरिएर सोच्न सिक । तेस्रो आँखाले हेर्न योग्य बन, कमसेकम भावी पीडिको उज्वल र सुरक्षित भविष्यको निम्ती, यो निश्चित छ एकाइसौ शताब्दी अहिन्दू मूलबासी मंगोल विजयको शताब्दी हो । मुक्तिको शताब्दी हो, ब्यूझ, उठ, जुट, अघि बड, सडेर गलेर नमर, केही गरेर केही भएर मर ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।