Thursday, February 5, 2015
Tuesday, February 3, 2015
शासनसत्ता शाहवंशबाट बाहुनवंशमा मात्रै सरेको छ
- रामाशीष, वरिष्ठ भारतीय पत्रकार
करिब पाँच दशक अघि
पत्रकारिता पेसाको सिलसिलमा नेपाल आएका रामाशीष वरिष्ठ भारतीय पत्रकार हुन् । उनी सन्
१९५३ मा मुजफ्फरपुरको प्रकाशन संस्था पुस्तक भवनको प्रकाशन गृहको नेपालको
वीरगञ्ज र काठमाडौं शाखा प्रमुख भएर काठमाडौं आएका थिए । उनले काठमाडौंमा
पहिलो पटक आउँदा देवभूमिमा प्रवेश गरेको महसुस गरेका थिए । उनलाई नेपालको
राम्रो पक्ष नेपालको मन्दिरमा हिन्दू र बौद्धमार्गीहरूले पूजा गरेको लाग्थ्यो ।
नेपालको नराम्रो पक्ष रक्सी, जुवा र वेश्यावृत्ति ठान्छन्, उनी ।
उनले
गोहत्या निरोध समितिले प्रकाशन गरेको ‘सावधान’ नामक सन्ध्याकालीन दैनिक
पत्रिकामा आबद्ध भएर पत्रकारिताको कखरा सिके । पत्रकारिता पेशाप्रतिको
लगावको फलस्वरूप सन् १९६७ सेप्टेम्बर २२ तारिखदेखि ‘हिन्दुस्थान समाचार
संस्था’मा कार्यरत भए । सोही संस्थाको ब्युरो प्रमुख भई १९७१ को
फेब्रुअरीमा काठमाडौं आए । उनले ९ जुलाई १९७३ को रात सिंहदरबारमा आगलागी
भएको घटनालाई प्रजातान्त्रिक आन्दोलनसंग जोडेर समाचार पठाएपछि भारतीय
सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशन प्रशारण गरेका थिए । त्यही
समाचारका कारण तत्कालीन श्री ५ को सरकारले उन्लाई देशनिकाला गरे । त्यसपछि उनले
सन् १९७८ सम्म दिल्लीस्थित प्रधान कार्यालयमा र पटना कार्यालयमा रहेर
पत्रकारिता पेशालाई निरन्तरता दिइरहे । सन् १९८४ मा राजीव गान्धी
प्रधानमन्त्री बनेपछि विभिन्न आरोप लगाएर हिन्दुस्थान समाचार संस्थालाई
तालाबन्दी गरियो । उनी फेरि नेपाल फर्के । हिन्दुस्थान समाचार संस्थामाथि
लागेको तालाबन्दी भारतको भारतको सर्वोच्च अदालतको आदेशले १९ वर्षपछि खुल्यो । प्रतिबन्ध
हटेपछि सन् २००४ देखि उक्त संस्थामा विशेष संवाददाताका रूपमा पत्रकारिता
पेसामा निरन्तर लागी रहेका छन् । नेपाल र भारतको लोकतान्त्रिक आन्दोलनलाई
पत्रकारिता पेशाको माध्यमबाट योगदान दिने लोकतान्त्रिक सेनानी भनिने,
नेपालको गाउँघर शहरबजार घुमीफिरी नेपाललाई चिनेका उनै वरिष्ठ भारतीय
पत्रकार रामाशीषसंग नेपालको राजनीतिमा पछिल्लो पटक घटेको घट्णाक्रमसंग सम्बन्धित रहेर गरेको कुराकानीको सम्पादीत अंशः
० नेपालको अहिलेको राजनीतिक गतिरोधलाई तपाईंले कसरी हेरिरहनु भएको छ ?
नेपालको अहिलेको राजनीतिक गतिरोध डामाडोल र उथलपुथलको स्थितिमा छ । यो गतिरोध सत्ता टिकाइराख्ने चालबाजीको कुरा हो । शाषक वर्ग नेपाली कांग्रेस र एमाले आफ्नो जित सुनिश्चित गर्ने अडानमा यथावत छ । प्रान्तहरू बनेपछि कुनै पनि देशमा टुक्राटाक्री, विखण्डन भएको छ? यस्तो देखिएको छैन । भारतमा त जातको आधारमा पनि आधा दर्जनभन्दा बढी प्रान्तहरू छन् । भाषाको आधारमा पनि प्रान्तहरू छन् । तर भारत टुक्रिएको छैन । नेपालमा शासनसत्तामा बसेको व्यक्तिहरूले सत्तालिप्साको कारणले झुठो अफवाह फैलाइरहेको छ । सङ्घीयता भएर प्रान्तहरू भयो भने देश टुक्रिन्छ । बेकामको हल्लाखल्ला गर्नुको अर्थ उनीहरूले आफ्नो सत्ता टिकाइरहने षड्यन्त्र मात्रै हो । मैले जहाँसम्म थाहा पाएको छु । पश्चिमी नेपाल र पूर्वी नेपालको केही जिल्लाहरू पहाडसंग जोड्ने उनीहरूको प्रयास छ । त्यसको पक्षमा सर्वसाधारण जनता छैनन् । यो उनीहरूको सत्ता टिकाउने दाउ मात्रै हो । मैले त्यहाँसम्म सुनें–केपी ओली पूर्वी तराईको केही क्षेत्रलाई आफ्नो खल्तीमा राख्ने चाहनामा हुनुहुन्छ । उहाँलाई के डर छ भने सङ्घीयता भएर प्रान्तहरू बनेपछि चुनाव भएमा म चुनाव जित्छु कि जित्दिन, मेरो सत्ता कायम रहन्छ कि रहँदैन ।

त्यस्तै पश्चिममा पनि मधेशको
दुई तीन जिल्लाहरूलाई पहाडसंग जोड्न खोजी रहेका छन् । त्यहाँको नेताहरूलाई
पनि के डर छ भने नयाँ संविधान अन्तर्गत जति अलग प्रान्तहरू बन्छन्, त्यस
ठाउँमा आफूहरूले चुनावमा जित्न सकिन्छ कि सकिदैन । अहिले सत्तामा भएकाहरू
आफ्नो भविष्य जोगाई राख्न यही सत्तालाई निरन्तरता दिन चाहिरहेका छन् ।
उहाँहरूले वास्तवमा जनताको सवालको कुरा सुन्ने हो भने त पाँच वटा, सात वटा र
दश वटा जति वटा प्रान्तहरू बनाउँदा पनि फरक पर्नेवाला छैन । किनकि अरू
देशहरूमा हेरौ न । इजरायलमा ४० लाख जनसङ्ख्या (आवादी) छ । त्यहाँ ७० वटा
राजनीतिक दलहरू छन् । तर इजरायल विश्वकै शक्तिशाली देशको रूपमा देखिन्छ ।
यहाँ नेपालमा सङ्घीय प्रान्तहरू बनाउन केको असुविधा छ त । म थाहा पाउँदिन ।
विपक्षी मोर्चाका पार्टीहरूले अडान लिइराखेका छन् । मधेशका मधेशीहरू
भन्छन् हामीले गुलामीको जिन्दगी बिताइरहेका छौं । गुलामी मुक्तिको आन्दोलन
चल्दैछ । यदि समथल भूमिमा भौगोलिक आधारमा प्रान्तहरू बनायौ भने पहाडको पनि
विकास हुन्छ, मधेशको पनि विकास हुन्छ । नत्र मधेशमा डर छ, पहाडसँग जोड्ने
हो भने मधेशको विकासको सारा बजेट पहाडमा जान्छ । हामीहरू फेरि पनि पडाडको
पहिलाको जस्तै गुलामको गुलाम नै बनिरहनेछौ । उनीहरू भन्छन्–अढाई सय वर्ष
सामन्तीहरू आए, हामीलाई गुलाम बनाए । त्यो बेलादेखि अहिलेसम्म हामी गुलाम
भइरहेका छौ । अब हामी गुलामी गर्न तयार छैनौ । त्यसकारण यो सत्तासीन
नेताहरू जति बसेका छन्, तिनीहरूले आफ्नो शासनसत्ता टिकाइराख्न र भविष्यको
चिन्ताको कारणले सङ्घीयतामा सहमति भइराखेको छैन । आजभोलि त मूलबासी,
दलित, मधेसी, महिला, मुस्लिम मात्र हैन विध्वात बाहुन क्षेत्री र जनपक्षधर
मिडियाले पनि नेपालको शासनसत्ता शाहवंशबाट बाहुनवंशमा मात्रै सरेको छ भनिरेका
छन् । यो बाहुनवंश सबै पण्डित पुरोहित पार्टीको चर्चा पनि हुने गरेको छ ।
जस्तो एमालेलाई पण्डित पुरोहित पार्टी, बाहुन बाजे कर्पोरेशन (बीबीसी) भन्ने
गरेको पाइन्छ । तराई, पहाड र हिमाल सबैतिर बाहुन क्षेत्रीको बारेमा
नकारात्मक नारा लागी रहेको छ । यदि बाहुन क्षेत्री समुदायका मान्छेहरूले
राज्यका सबै अङ्गमा एकाधिकार जमाइराख्ने हो भने सबैलाई राज्यको सबै अङ्गमा
समानुपातिक समावेशी प्रतिनिधित्व गराउन तयार नहुने हो भने नेपालमा ठूलो
सङ्घर्ष हुने सम्भावना देखिरहेको छु ।
० भनेपछि सत्तारुढ दलहरूले सङ्घीयतालाई आफ्नो एकात्मक शासनसत्ता चाँडै गुम्ने अर्थमा लिएका छन् ?
बिलकुल, उनीहरूको मनमा भित्री डर छ । यदि सङ्घीयता बन्यो भने खास गरेर हामी बाहुन क्षेत्री समाजका एकात्मक नेताहरूले कहाँ जाने र हामीले कहाँबाट भोट पाउने भन्ने डर छ । किनकि उनीहरूको भोट एकै ठाउँमा त छैन, टुक्राटुक्रा ठाउँ-ठाउँमा छन् । हामीले जति उपेक्षित उत्पीडित वर्ग समुदायको कुरा गरिराखेका छौ । त्यसलाई उनीहरूले साम्प्रदायिकता फैलायो भन्ने हल्ला गरिरहेका छन् । त्यसमा मलाँई चिन्ता छैन । केको साम्प्रदायिकता? बाहुनजातीय जो शासनसत्तामा छ, त्यो त साम्प्रदायिकता भन्दा पनि तल्लोस्तरको भइसक्यो । सम्प्रदाय भन्दाखेरि त सयवटा जातिको सम्प्रदाय हुन्छ । मधेसीभन्दा मधेसी कुनै जात छैन । तर बाहुनभन्दा एउटै बाहुन छ । बाहुनकै सत्ता छ, बाहुनकै सबथोक छ । त्यसकारणले कसैलाई साम्प्रदायिकताको आरोप लगाउँछ भने त्यो त उसको बुद्धिको पराकाष्ठा मात्र हो । सामान्य जनताको उपकार चाहन्छन् भने सबैले लोकतान्त्रिक व्यवस्थामा आउनुपर्छ । समानुपातिक प्रतिनिधित्वको आधारमा देशको शासनसत्ता सञ्चालन हुनुपर्छ । सहमतिको आधारमा संविधान बन्नुपर्छ । यो संविधानसभा छ, यो पार्लियामेन्ट छैन, संसद्को कामको निर्वाह मात्र गर्दैछ । पार्लियामेन्टमा अल्पमत बहुमत गरेर कहीं संविधान बनेको छैन । सहमतिमा भारतको संविधान बन्यो । संविधानमा समय समयमा संशोधन गर्ने प्रावधान राख्नुपर्छ । भारतको संविधानमा ९० पटकभन्दा बढी संशोधन भइसक्यो । देश राम्ररी चल्दैछ । यस्तो व्यवस्था संविधानमा गर्नुपर्छ ।
० नेपालमा आजसम्म विकास नहुनाका कारणहरूमा एक प्रमुख कारण राष्टघाती, भ्रष्टाचारी बाहुन नेताहरू सत्तामा पुग्नु र भारतजस्तो विस्तारवादी छिमेकी हुनु हो भनिन्छ नि ?
बाहुन शासनसत्तामा पुगेको बारेमा सबैलाई थाहा छ, मैले भनिसकें । जहाँसम्म भारतको विस्तारवादको कुरो हो नि, भारतले त जति जमिन पाएको छ नि त्यसैलाई रक्षा गर्न धौधौ भइराखेको छ । भारतले के विस्तारवाद गरिराखेको छ? नेपाललाई पेट्रोल दिने भारतीय विस्तावाद हो । नेपाललाई चामल दिने भारतीय विस्तावाद हो । नेपाललाई औषधी दिने भारतीय विस्तावाद हो । नेपाललाई मसला दिने भारतीय विस्तारवाद हो । नेपालको मान्छेलाई नोकरी दिने भारतीय विस्तारवाद हो । त्यो त हो, त्यो म मान्छु । त्यो विस्तारवाद छ र त नेपालका कथित स्वाभिमानी व्यक्तिहरूले सोच्नुपर्छ । भारतमा अहिले करिब दुई लाख कन्या केटीहरू कस्तो निरीह नारकीय जीवन बम्बईको कोठीमा बिताइरहेका छन् । हिजोकै अखबारमा छ, दुबईमा गत महिना आठ हजार नेपाली चेली वेश्यावृत्तिमा काम गर्न गइरहेका छन् । त्यसमा भारतको विस्तारवाद कहाँबाट आयो ।
नेपालबाट करिब ७० लाख युवाहरू वैदेशिक रोजगारमा गएका छन् । त्यो पनि भारतको विस्तारवाद हो । नेपालका ७५ देखि ८० लाखको हाराहारीमा नेपालीहरू भारतमा रोजगारी गरिरहेका छन् । आवतजावतको कुरा अर्कै हो । त्यो पनि भारतको विस्तारवादको कुरा हो । त्यो त हो, म पनि मान्छु ।
० नेपालमा सुरुमा नै दलाल पार्टीको रूपमा स्थापना भएका नेपाली कांग्रेसजस्तो पार्टीहरू र सत्तामा पुगेपछि राष्ट्रघात गर्ने एमाले र एमाओवादीजस्तो पार्टीहरू छन् भनिन्छ यस बारेमा तपाईं के भन्नुहुन्छ ?
वास्तवमा यो त नारा र नारा मात्रै हो । केको राष्ट्रघात? केको राष्ट्रवाद? राष्ट्रवादी भन्नु भएको भए सबै पार्टीको नेताहरूले महात्मा गान्धीले जसरी एउटा लुङ्गी र गञ्जी लगाएर जीवन बिताउनु पर्थ्यो, त्यो ठाँटको जीवन अरबपतिको जीवन बिताउने थिएन । केको राष्ट्रवाद? राष्ट्रवादमा त नेताहरू जोगी (फकिर) बन्छन् । फकिरी गरेर गान्धीजस्तो बन्नुपर्छ । केको राष्ट्रवाद? अनि राष्ट्रघात पनि केको राष्ट्रघात? बाबा पहिले राष्ट्र बनाऊ न । त्यसपछि पो राष्ट्रघात हुन्छ नि । अहिलेसम्म त नेपालमा राष्ट्रको नारा मात्रै छ, राष्ट्र नै बनेको छैन । दुनियाँमा कुनै पनि देशको नागरिक अरू देशको सेनामा काम गर्न गएको छ? नेपालीहरू किन अरूदेशको सेनामा भर्ती भइरहेका छन्? अनि नेपालीहरूको कहाँ गयो राष्ट्रवाद? नेपालका लाखौ नेपाली चेलीहरू नेपाल बाहिर विदेशमा वेश्याको जीवन बिताइरहेका छन् । कहाँ गयो राष्ट्रवाद? राष्ट्रवादको लागि त पहिला राष्ट्र पो बन्नुपर्छ । राष्ट्र बनाउनुहोस् । बाहिर मान्छे पठाउन बन्द गर्नुहोस् । सेनामा जान्छ भने रोक्नुहोस् । एउटा सबल मजबुत राष्ट्र बनाउनुहोस् । त्यसपछि पो राष्ट्रघात हुन्छ । त्यसपछि पो राष्ट्रिय स्वाभिमान हुन्छ । नत्र केको स्वाभिमान ?
० राष्ट्र बन्ने क्रममा सङ्घीयतालाई जोडेर हेर्न मिल्छ कि मिल्दैन ?
सङ्घीयता त आपसको विचार हो । जनताको विचार हो । जनताको तर्फबाट माग आएको छ । किन मिल्दैन? अवश्य जोडेर हेर्न मिल्छ । सङ्घीयतामा राष्ट्रवाद खत्तम हुँदैन । भारतमा पहिले १४ वटा प्रान्तहरू थिए, अहिले ३५, ३६ वटा प्रान्तहरू भइसक्यो । के त्यहाँ राष्ट्रवाद खत्तम भइसक्यो? । रुस, अमेरिकामा सङ्घीयता छ, के त्यहाँ राष्ट्रवाद छैन? । जहाँ जहाँ सङ्घीयता छ त्यहाँ राष्ट्रवाद छैन । एकसेएक राष्ट्रवादीहरू एकजुट भएर सङ्घीय राज्यको रूपमा राष्ट्रहरूको निर्माण गर्न जुटिरहेका छन् ।
० नेपालका राजनीतिक पार्टीहरूमा ‘रअ’ का तलबी कर्मचारीहरू र सहयोगीहरू बहुसङ्ख्यक छ भन्ने गरिन्छ नि ?
वाह ! (छोटो हाँसो हाहाहा...) ‘रअ’ को जुन काम छ । हरेक दूतावासमा सबै डिपार्टमेन्ट छ । ‘रअ’ को मान्छे त्यहाँ पनि होलान् । तर यहाँ नेपालको मान्छेहरू किन ‘रअ’ को पैसा खान्छन्? किन भन्नुहुन्न कि ‘रअ’ को पैसा खान्छौ? ‘रअ’ आखिर भारतको भएकोले भारतको पैसा खाएर राष्ट्रको विरुद्ध किन काम गरेको भन्नुहुन्न? मलाई थाहा छैन कसले कति पैसा खाएर बसिरहेका छन् । म भारतीय हो, मलाई त ‘रअ’ले पैसा दिदैन । म बुढो भइसकें । मलाई त मद्दत गर्दैन भने नेपालीलाई पैसा दिन्छ भन्ने मलाई विश्वास नै लाग्दैन ।
० छिमेकी चीन र भारत नेपालमा कस्तो सङ्घीयता होस् भन्ने चाहन्छन् ?
चीनले प्रष्ट शब्दमा भनिसकेको छ । ‘उसले सङ्घीयता मन पराउँदैन ।’ उसको राष्ट्रपतिले भनिसक्यो– ‘चीन सङ्घीयताको पक्षमा छैन ।’ उसलाई के डर छ भने नेपालको सिमाना तिब्बतको सिमानासँग मिल्छ । नेपालमा सङ्घीयता बन्यो भने मेरो एकाधिकार प्रभाव खत्तम हुन्छ । त्यहाँका मान्छे आफ्नो विचारमा स्वतन्त्र हुन्छन् ।

सङ्घीयताको पक्षमा नेपाली जनताले भोट दिएका छन् ।
संविधानसभा बनेको छ । नेपालमा पाँच वटा, १० वटा र २० वटा प्रान्तहरू बनोस्
त्यो निर्णय गर्ने नेपाली जनताको अधिकारको कुरा हो । त्यो निर्णय गर्ने
भारतको अधिकार हैन । त्यसकारण भारत शतप्रतिशत सङ्घीयताको पक्षमा छ ।
० यसैमा जोडी हालौ, स्वतन्त्र तिब्बतको नारा चीनलाई कमजोर बनाउने पश्चिमाहरूको रणनीति हो भनेर भन्ने गरेको छ नि ?
तिब्बतको समस्या हल भयो भने चीनमा अरू देश पनि बन्ने सम्भावना छ । त्यहाँ मुस्लिम बाहुल्य प्रान्त छ । त्यसले स्वतन्त्रताको माग गर्दैछ । त्यो त डर छ चीनलाई । यदि तिब्बत स्वतन्त्र देश बन्यो भने चीनलाई उसको देशमा धेरै स्वतन्त्र देशहरू बन्छन् भन्ने डर छ । तर, नेपालको गतिविधिले चीनलाई कमजोर बनाउँछ । भारतको गतिविधिले चीनलाई कमजोर बनाउँछ । यो त म मान्दिन । किनकि भारत र चीनको सिमाना धेरै ठाउँमा मिलेको छ । कति भारतीयहरूलाई तिब्बतीहरूसँग काम गर्दा चीनले समात्यो । छैन, कुनै पनि भारतीयलाई आजसम्म चीनले समातेको छैन । भारतले केही बिगारेको छैन । भारतले त तिब्बतलाई चीनको अङ्गको रूपमा मानिसकेको छ । त्यसकारण चीन कमजोर हुने कुरा झुठो दलिल मात्र हो । यसको कुनै अर्थ छैन ।
० विपक्षीहरू सरकार पक्षलाई सहमतिमा संविधान बनाउनका लागि दबाब दिन भनेर सडक आन्दोलनमा लागेका छन् यसबारे तपाईं के भन्नुहुन्छ ?
विपक्षीहरूको आन्दोलनमा दम, तागत र जनतालाई अधिकार दिन सक्ने शक्ति छ । ऊ पनि जनताको प्रतिनिधि हो । उनीहरूले आफ्नो विचारको पक्षमा आन्दोलन कतिसम्म चलाउँछ, कति आन्दोलन सफल हुन्छ, त्यो त भविष्यको कुरा हो । तर उसको मागबारे नेपालका एउटा संविधानविद्ले एउटा गोष्ठीमा भन्यो–अन्तरिम संविधान २०६३ मा चार पाँच ठाउँमा सहमति सहमति... शब्द लिपिबद्ध गरिएको छ । आज किन प्रक्रियामा जाने? अन्तरिम संविधानमा लेखिएको छ कि सबै काम सहमतिमा हुनेछ । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौताले पनि त्यही भन्छ । अहिले आएर केपी ओलीले आफ्नो तागत लगाउनुको अर्थ के? यो केपी ओलीको सत्तालिप्साको स्वार्थ मात्र हो । त्यसकारण सत्तासीनहरूको विरुद्ध अब भीषण आन्दोलन हुने सम्भावना छ ।
० नेपालको लागि उपयुक्त शासकीय स्वरूप कस्तो होला ?
शतप्रतिशत सङ्घीय लोकतान्त्रिक गणराज्य हुनुपर्छ । चाहे संसदीय शासकीय स्वरूप होस्, चाहे मिश्रित (फ्रेञ्च मोडेल) शासकीय स्वरूप होस्, चाहे सहमतीय (स्विस मोडेल) शासकीय स्वरूप होस् । तर नेपाली विशेषता अनुरूपको लोकतान्त्रिक शासन व्यवस्था र सङ्घीय गणराज्य नेपालको लागि उपयुक्त शासकीय स्वरूप होस् ।
० प्राकृतिक स्रोत साधनले भरिपूर्ण नेपाल देश सुनको कचौरामा भिख मागिरहेको जस्तो देखिन्छ, किन होला ?
विलकुल ठीक भन्नु भयो । नेपाल विश्वमा सबैभन्दा धनी देश हुनुपर्ने हो । प्राकृतिक स्रोत साधनले भरिपूर्ण देश नेपालमा नेताहरू एक आपसमा लडेर कुनै पनि राष्ट्रिय महत्वका आयोजनालाई सफल हुन दिएनन् । नेपालमा जलस्रोतको सही सदुपयोग गरेर विद्धुत उत्पादन गर्ने हो भने विदेशमा गएका सबै नेपालीहरू फर्केर आउने छन् । नेपाल त्यति धनी हुन्छ । विदेशबाट मजदुर मगाउनुपर्छ । राणाशासन, पञ्चायती शासन, बहुदलीय संसदीय शासन, लोकतान्त्रिक शासन सबैले नेपालको विकासलाई रोकेर राखी रहेका छन् । आआफ्ना तर्क दिएर नेपालको विकास र समृद्धिलाई रोकी राखेका छन् । चाहे भारतको नाउँमा होस् । चाहे अमेरिकाको नाउँमा होस् । सबका सबलाई गाली गरेर विकास रोकी राखेका छन् ।
० प्रसंग बदलौ, पूर्व राजा ज्ञानेन्द्रले नातिका लागि राजतन्त्र पुनः स्थापना गर्ने कोसिस गरिरहेको कुरा मिडियामा आइरहेका छन् नि ?
तपाईंले थाहा पाएजस्तै मैले पनि थाहा पाएको छु । तर, गुमेको राजतन्त्र फेरि फर्केर आउँछ जस्तो मलाई लाग्दैन । विश्वमा छिटफुट राजतन्त्रको पुनः स्थापना भए पनि नेपालमा त्यस्को कुनै सम्भावना देख्दिन ।
० तपाईं नेपालका राजनीतिक दलहरू कसरी अघि बढोस् भन्न चाहनुहुन्छ ?
नेपालका राजनीतिक दलहरू सबै लोकतान्त्रिक र सहमतिको साथ अगाडि बढोस् भन्ने चाहन्छु । यो भन्दा अर्को कुनै बाटो छैन ।
० अन्त्यमा
नेपाल विकसित देश बन्यो भने म त विहार युपीको मान्छे, नेपालमा बिजुली भयो भने नेपालको बिजुली युपी र विहारमा जान्छ, हाम्रो विहारको पनि विकास हुन्छ, युपीको पनि विकास हुन्छ । मेरो देशको पनि विकास हुन्छ । नेपालमा बिजुली उत्पादन होस् । नेपालमा धेरै अन्न उब्जोस् । बाहिरको मान्छे आएर खेतीपाती गरोस् । कृषि प्रधान देश नेपाल सबल बनोस् । बिजुली प्रधान देश नेपाल समृद्ध बनोस् । नेपालले जति तरक्की गर्छ, हामी विहारीलाई त फाइदा नै फाइदा छ ।

एकमात्र जिवित कार भरिया- धनबहादुर गोले
- (भावानुवाद तामाङ अन्वेषक थेमे)
धनबहादुर गोले एकमात्र जिवित भरिया हुन् जसले ७२ बर्ष अगाडि भिम्फेदिको बाटो भएर कार बोकेर काठमाडौं ल्याएका थिए। काठमाडौंका शासकका लागि मोटर चढाउन काँध दुखाएका यी भरिया अहिले ९२ वर्षको भएका छन् ।
नेपालको राजधानी काठमाडौं जोडिने पहिलो राजमार्ग सन् १९५६ मा बन्यो। राणाहरु कारका सौखिन भए पनि यहाँसम्म गुडाएर ल्याउने बाटो थिएन। त्यसैले एकमात्र विकल्प भनेको भरियाहरु थिए। २० वर्षको उमेरमा भारी खेप्न गएका उनले कार भन्ने जिनिस के हो समेत चाल पाएका थिएनन्। काठमाडौंबाट १६ किलोमिटरमात्र दुरीमा रहेको चित्लाङमा सन् १९२२ मा जन्मिएका थिए उनी। उनको गाउँमा कार पुग्ने बाटो पुगेकै पनि एक दशक नाघेको छैन।
धनबहादुरका बाबु किसान थिए र कर संकलक पनि। सन् १९५१ सम्म कायम राणा शासनमा कर उनीहरुले नै बुझ्थे। 'हामीसँग पैसा रहन्नथ्यो। सबै कर राणाहरुले लिन्थे। हामी आफ्नोलागि खेतीमै जोतिनुपर्थ्यो,' उनले भने। अर्कोतिर राणाहरु थिए जो मर्सिडिज र फोर्ड कम्पनीका लग्जरी कार उनीहरुलाई बोकाएरमात्र ल्याउँदैन थिए त्यसका लागि चाहिने इन्धनको भारी पनि थोपार्थे। भारतबाट पहाडी बाटो हुँदै काठमाडौंमा गाडी भित्र्याइन्थ्यो।
लग्जरी कारप्रति राणाको राम्रै मोह थियो। सन् १९३९ मा हिटलरले जुद्धशम्शेर राणालाई मर्सिडिज बेन्ज उपहार नै पठाएका थिए। दोस्रो विश्वयुद्धमा गोर्खालीलाई टाढै राख्न हिट्लरले यस्तो महँगो उपहार पठाएका थिए।
गोलेको भारी बोक्ने काम बिहान ५ बजेको झिसमिसेमै हुन्थ्यो। बाँसमा कारलाई बाँधेर उनीसँगै ६३ जना भरिया कार्गोको रुपमा काँधमा बोक्न तयार हुन्थे र बोकेर पाइला चाल्थे।
खद्दरको बाक्लो लुगा लगाएका उनीहरु खोला र चिप्लो बाटोमा भन्थे, 'उचाल उचाल, अगाडि बढाउ।' करिब पाँच साता यसैगरी काम हुन्थ्यो। 'जब हामीले बोकेर गाडी ड्राइभरलाई बुझायौं उसले यसलाई चलायो र यो जिवित भयो। हामीलाई त जादु हेरिरहेका छौं जस्तै भयो,' गोलेले सुनाए।
विश्वबाट एकदमै टाढा रहेको भूपरिवेष्टित नेपाल आधुनिक यातायातबाट धेरै नै पछि थियो त्यतिखेर।
गोलेले यसरी कार बोक्ने क्रम केही वर्षसम्म जारी रह्यो। केही दिन थकाइ मार्न बसेलगत्तै उनीहरुलाई कार ओसार्ने जिम्मा आइहाल्थ्यो। उनले करिब २५ रुपैयाँ कमाउँथे एक महिनामा। त्यही पैसाले उनले नयाँ घर बनाउन सके जसमा उनी आफू र एक नातीको परिवार बस्दै आएका छन्।
'हामीले उकालो र नदी तार्दा कारलाई सुरक्षित राख्नुपर्थ्यो अनि घुम्तीमा पनि,' उनले भने, 'हामी सबै लक्का जवान थियौं, साथीहरु पनि उस्तै हरेक दिन अनौठो र रमाइलो पनि हुन्थ्यो।'
छैन कारमा रुची
यसरी कारलाई काँधमा बोकेर हिड्ने दिन त्रिभुवन राजमार्ग बनेपछि रोकियो। सडक काठमाडौंसम्मै जोडियो। भारतीय सीमा नजिकैको वीरगञ्जबाटबाट काठमाडौं सडकमार्ग बन्यो। 'उनीहरुले सडक बनाए त्यसपछि हामी काम लाग्ने भएनौ उनीहरुका लागि,' उलने भने। त्यतिखेर राणाहरु सत्ताबाट बाहिरिएका थिए। तर चित्लाङमा सामान्यमात्र परिवर्तन भयो।
'हामीसँग स्कुल थिएन, सडक थिएन, डाक्टर थिएनन्, चर्पी पनि थिएन। कुनै पनि राजाले हाम्रा लागि केही गरेनन्,' उनले भने। सन् २००८ मा जब नेपालमा पूर्णरुपमा राजतन्त्र मासियो र गणतन्त्र आयो गोले जनयुद्धपछिको पहिलो निर्वाचनमा भोट हाल्न आतुर थिए। संविधान बनाउन निर्वाचन भए पनि असफल भयो त्यसले जताततै निरसामात्र बढायो। तै पनि गोले मुलुकको भविष्यप्रति आशावादी छन्। 'धेरैकुरा राम्रो भएको छ। अहिले हामीसँग विजुली, पानी, खद्यान्न सबै छ,' उनले भने, 'अहिले सरकार मन परेन भने त्यसलाई लात्ताले हान्न सकिन्छ। पहिले कसैले केही गर्न सक्दैन थियो।' तीनवटा बिहे गरेका गोले अहिले विदुर छन्। नातिनातिना कति छन उनैलाई सम्झना छैन। अझै पनि उनी बिहानै उठ्छन् र पहाडी बाटोमा हिड्छन्। उनका सहपाठीहरु सबै बितिसके।
काँधमा कार बोकेर काठमाडौंसम्म पुर्याएको भए पनि उनी कार भने कहिल्यै चढेनन्। 'मलाई लाग्छ कार हाम्रा राजाहरुका लागि उपयोगी छन्, मेरालागि ती केही होइनन्,' उनले भने, 'मलाई कार चढ्ने रहर कहिल्यै भएन, म घरमै खुसी छु। जे भए पनि अहिले म साहसिक काम गर्न बुढो भइसकेँ।'
(समाचार संस्था एएफपीको रिपोर्टको भावानुवाद)
ऋतिक रोशन काण्डपछि म भित्र विद्रोह जन्मिएको हो
- डा. सिके राउत– संयोजक, स्वतन्त्र मधेस गठबन्धन
संविधान निर्माणका विषयमा नेपाली कंग्रेस, नेकपा एमाले र प्रतिपक्षीदलहरूबीचमा रस्साकस्सी चलिरहेकै बेला एमाले अध्यक्ष केपी ओलीले भने ‘पिके र सिकेको भर पर्नु हुन्न ।’ उनले पिके भनेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र सिके भनेर डा. सिके राउतलाई संकेत गरेर टिप्पणी गरेका थिए । एकतिर देशका नयाँ संविधान कस्तो हुने भन्ने विषयमा गरमागरमी चलिरहेका बेला अर्को बहसले बेलाबेलामा घरेलु र अन्तर्राष्ट्रिय शक्ति केन्द्रको ध्यान आकृष्ट गरेको छ । यो नयाँ बहस अधिकांशका लागि प्रिय त देखिँदैन । तर, नेपाली राजनीतिमा यसको प्रवेश भने भइसकेको छ । सत्तामा बस्नेहरूलाई प्रतिपक्षीबाट उठाइएका मागहरूलाई हल्का लिनु खानदानी रोगजस्तै भइसकेको छ । हिजो माओवादीका मागलाई रद्दीको टोकरीमा मिल्काउँदा मुलुकले रक्तपातपूर्ण द्वन्द्व खेप्नुपर्यो । पछिल्लो समयमा मधेसलाई अलग देशको रूपमा छुट्याउन पाउने ‘छुट्टिन पाउने’ अधिकार डा. सिके राउतले खोजेका छन् । उनी यो अभियानका क्रममा दर्जनौँपटक पक्राउमा पर्ने र रिहा हुने क्रम जारी छ ।
उनको खास नाम चन्द्रकान्त राउत हो । सप्तरीको महादेवा गाविसमा जन्मिएका राउत पुल्चोक क्याम्पसबाट ‘डिम्पलोमा इन इन्जिनियरिङ र व्याचलर इन इलेकट्रोनिक इन्जिनियरिङ’ गरेका हुन् । त्यसपछि जापान सरकारको छात्रवृत्ति पाएर राउतले जापानको टोकियो विश्वविद्धालयबाट इनफरेमसन साइन्स एन्ड टेक्नोलोजीमा मास्टर गरेका छन् । छात्रवृत्तिमै बेलायतको क्याम्ब्रिज विश्वविद्धालयबाट इन्फरमेसन इन्जिनियरिङमा पिएचडी गरेका उनले अमेरिकाको बिबिएन टेक्नोलोजिमा २ वर्ष जति वैज्ञानिकको काम गरे । त्यसपछि नेपाल फर्केर आफ्ना स्वतन्त्र मधेसका अभियानहरू सञ्चालन गर्दै आएका छन् । खासमा उनी किन यति डरलाग्दो माग राखेर आन्दोलन गर्न लागेका छन् त, यस विषयमा उनका विचार बुझ्ने ध्ययले कुराकानी गरेका थियौ । राउतको बिचार यस्तो पो रहेछ ।
'तपाईंको स्वतन्त्र मधेसको अभियान' अखण्ड नेपाललाई तोडने कार्यको रूपमा हेरिएको छ, यो विखण्डनकारी माग किन ?
अब यसको चाहिँ लामै व्याख्या र विश्लेषण छ । यो कसैले रातारात सोचेर निर्धारण गर्ने कुरै होइन । मेरो पनि जीवनमा यस्ता धेरै घटना घटेका छन्, जसले मलाई यतातिर उत्प्रेरित गर्यो । तपाईंलाई पनि थाहै होला, केही वर्ष अगाडि ऋतिक रोशन काण्ड भएको थियो । त्यति बेला म काठमाडौंमा इन्जिनियरिङ पढिरहेको थिए । त्यो घटनाले मलाई कतै न कतै यतातिर लाग्न प्रेरित गर्यो, झकझकायो । त्यसपछि मूल रूपमा गहन अध्ययन र अनुसन्धान गरेर के गर्न सकिन्छ, निकासहरू के छन् भनेर त्यति बेलादेखि सोच्न थालियो । विकल्पको रूपमा यो सोच मेरो दिमागमा आयो । अध्ययन गर्दै जाँदा मधेसीहरूले बारम्बार आन्दोलन, बलिदानी, संघर्ष गरिराखेका छन्, त्यही पनि जहिले पनि अधिकारविहीन दासको रूपमा बस्न बाध्य भएका छन् । आज उनीहरू कमैया, कमलारी बन्न बाध्य बनाइए ।
आखिर बारम्बार बलिदानी संघर्ष गर्दा अधिकार किन नपाएको त हामीले ? किन अधिकार पाइराखेका छैनौँ भन्दाखेरि मधेसमा जुन औपनिवेशिक शासन छ, त्यसको सही समाधान भनेको स्वतन्त्र मधेस हो भन्ने निष्कर्षचाहिँ हामीले मधेस आन्दोलनको क्रममा पायौँ । त्यसपछि नै स्वतन्त्र मधेसको माग खुला रूपले देखिएको हो । त्यति बेला सँगठनको रूपमा एलाइन्स फर राइटस अफ मधेस सँगठन भन्ने थियो । योचाहिँ पहिलो संविधानसभा अगाडिको कुरा हो । मान्छेले यो अहिलेको कुरा भन्ने ठान्छन् । त्यो होइन । पहिला संविधानसभा हुनुभन्दा अगाडिदेखि नै यो मागबाहिर आइसकेको थियो ।
तपाईंमा स्वतन्त्र मधेसको विचार कहाँबाट आयो ?
मैले अघी पनि भने ‘ऋतिक रोशन’ काण्डभन्दा अगाडि म एकदमै परम्परागत राष्ट्रवादी थिए । नेपालीमा जतिखेर पनि बोल्ने, नेपाली राष्ट्रमाथि गौरव गर्ने, नेपालका सहिदहरू माथि कविता लेख्ने गर्दथे । त्यो भनेको नेपाल राष्ट्रसँग धेरै ठूलो लगाब राख्नु थियो । त्यति बेलाचाहिँ जब ऋतिक रोशन काण्ड घटाएर एकाएक आएर तिमी नेपाली होइनौँ भनेर अनुभूति गराइयो, असुरक्षित अनुभूति गराइयो । त्यति बेला पूरै काठमाडौंमा मधेसीलाई खोजीखोजी पिट्ने, मधेसीको पसलमाथि आगो लगाउने, मधेसीहरूको पार्टी कार्यालयमा आगो लगाउने काम भइरहेको थियो । त्यो एउटा एकदम ठूलो झट्काको रूपमा मेरो दिमागमा आयो । त्यसको आफै प्रत्यक्षदर्शी भए । त्यसभन्दा अगाडि मान्छेले कति सम्मान गर्थे मलाई । त्यो घटनाको क्रममा जुन प्रतिक्रिया देखियो, त्यसले मलाई निकै झकझकायो । त्यसपछि नै ममा यो विचार घनीभूत रूपमा आएको हो ।
त्यो त राज्यले निर्देशन दिएर भन्दा पनि स्वस्फुर्त रूपमा भएको चिज थियो नि ?
त्यो कतै न कतै राज्यसँग सम्बन्धित थियो । त्यति बेला नौ वाम दलको मोर्चाहरूले त्यसलाई औपचारिक रूपमै नेतृत्व गरिराखेको स्थिति थियो । मिडियाहरूले पनि साथ दिएकै थिए । राज्यले कतै न कतै प्रश्रय दिएको देखियो । त्योचाहिँ पछि गएर पनि सावित भयो । कलान्तरमा मधेस आन्दोलनभन्दा अगाडि नेपालगन्जको दंगा हुँदाखेरि राज्यका प्रहरीहरू नै दंगा फैल्याउने, मधेसीहरूलाई खोजी खोजी मार्ने, मधेसीहरूको पसलमा आगो लगाउने काममा सहयोग गरिराखेको प्रत्यक्ष देखियो । नेपालगन्जको त्यो दंगामा झन् पुष्टि भएर आयो । हामी त्यसपछि स्वतन्त्र मधेस नै चाहिन्छ भनेर ठोस निष्कर्षमा पुग्यौँ ।
मधेसीहरूले के अधिकार पाउनुपर्ने थियो, जुन पाउन सकेनन् र तपाईं स्वतन्त्र मधेसको माग गर्दै हुनुहुन्छ ?
मधेसीका अधिकारको पूर्ण रूपमा विवेचना गर्दाखेरि के पाइन्छ भने मधेसमा वास्तवमा औपनिवेशिक शासन छ ।
कसरी त्यो भन्न मिल्छ ?
शासनको एउटा प्रमुख अंग भनेकै सेना हो । मधेसमा जुन सेना छ, त्यो मधेस बाहिरबाट ल्याएर ९५ प्रतिशत सेनाको क्याम्प खडा गरिएको छ भनेपछि त्यहाँ बाहिरको सेना आएर राज्य गरिरहेको छ । त्यो एउटा प्रत्यक्ष प्रमाण हो । अर्को भन्नुहुन्छ भने आप्रवासनको समस्या । शासक वर्गका मान्छे अर्कोतिर गएर बस्नु नै कलोनाइज हो । मधेसमा त्यही भइराखेको छ । सन् १९५१ मा हेर्नुहुन्छ भने त्यहाँ ६ प्रतिशत मात्र शासक वर्गका पहाडि मान्छे गएर बसेका थिए । ५० वर्षपछि मात्र सन् २००१ मा गएर त्यो ३० प्रतिशत हुन पुग्यो । यसले तीव्र गतिमा कलोनाइज भएको देखाउँछ । त्यस्तै आर्थिक नीतिको आधारमा हेर्नुहुन्छ भनेपनि त्यहाँ जति पनि स्रोत, साधन, राजस्व लगात उठ्छ शासक वर्गका मान्छेले हसुर्छन् । त्यो सबै संकलन गरेर आफ्नो क्षेत्र पहाडतिर लग्छन् । ७५ प्रतिशतभन्दा बढी राजस्व त्यहाँबाट संकलन हुन्छ तर लगानी गर्ने बेलामा मुस्किलले १० प्रतिशत त्यहाँ लगानी हुन्छ । यो प्रत्यक्ष रूपले अपौनिवेशिक शासनको प्रमाण हो ।
सेनाको कुरा गर्नुभयो, सेनाको परमाधिपति राष्ट्रपति हुन्छ, त्यो मधेसी नै भएको कुरालाई अस्विकार गर्न मिल्छ ?
हामीले रूपमा मात्र नगएर सारमा हेर्नुपर्ने हुन्छ । सार के हो भन्दा मधेसमा भएका ९५ भन्दा बढी सेनाहरू मधेस बाहिरबाट ल्याएर राखिएको छ । त्यो नै प्रत्यक्ष प्रमाण हो भनेर हामीले भनिराखेका छौँ । एकादुई व्यक्ति प्रमुख बनाइदिँदैमा केही हुनेवाला छैन । हामीले हेर्ने सारमा हो । कसैलाई राष्ट्रपति, प्रधानमन्त्री बनाइदिँदैमा त्यो समस्याको समाधान हुँदैन । किनभने, यहाँको समस्या नै औपनिवेशिक समस्या हो । मधेसमा औपनिवेशिक शासन भएको हुनाले त्यसको एउटै मात्र समाधान हो आजादी । स्वतन्त्रता नै हो । तपाईंको हात बाँधेर कसैले तपाईंलाई यो देशको प्रमुख त नै होस भनेर हुन्छ ? सही समाधान भनेको तपाईंको हात खोलिदिने हो । त्यो नै हामी मधेसमा लागू गर्न खोजेका हौँ । खासमा यो दीर्घकालीन आन्दोलन हो ।
तपाईं पटकपटक पक्राउमा पर्नुभएको राज्यको आखामा द्रोही भएर त होला नि ?
क्षणिक रूपमा चर्चामा आउन गरिएको आन्दोलन होइन यो । यसका लागि धेरै तयारी गर्नुपर्छ । त्यही तयारीका क्रममा जहाँ हामी आफ्ना विचार राख्न थाल्यौँ, त्यहाँ धेरै नै मान्छे आउन थाले । यो विचारसित आकर्षित हुन थाले । खासमा हामीले गर्न खोजेको भनेको बौद्धिक अन्तरक्रिया नै हो । तर जहाँ हामीले २५ देखि ४० जनालाई बोलाउथ्यौँ, त्यहाँ ८०० जना मान्छे ओइरिए । त्यो त सीधै बाहिर देखिने भयो । त्यो आकर्षित भइरहेको त राज्यले देख्यो । यो आकर्षणमा अरू कारणहरू पनि छन् । जस्तै वर्तमान राजनीतिक प्रक्रियासँग जनताहरू निकै असन्तुष्ट छन् । यो पनि एउटा कारण थियो । जुन प्रकृतिले हाम्रो आन्दोलनले उचाइ लिइरहेको राज्यले देख्यो, त्यसैले राज्यले निकै खतरा महसुस गर्यो । हुन सक्छ म पक्राउ पर्नुको काराण त्यो पनि हुन सक्छ । अर्को कारण राज्यले कुनै षड्यन्त्र गर्न खोजेको हो । यसलाई समातौँ, त्यसैले यहाँ कुनै दंगा, हिंसा भड्किएला र त्यो एउटा निहुँ बनाउने बहानामा पनि यो संवेदनशील समयमा समातेर दंगा मच्चाउन खोजेको भन्ने मेरो आशंका छ । हामी अवरोध गर्न चाहँदैनौँ । संविधिान जारी भएपछि त्यसमा संघीयता सुनिश्चित हुने जुन जनताको आशा छ, त्यो पनि जनताले हेर्न पाउन्, अनि त्यसपछि मात्रै ठोस रूपमा हाम्रो आन्दोलन अगाडि बढ्न सक्छ भन्ने हाम्रो आशा भएकाले मात्रै यो वर्तमान राजनीतिक प्रक्रियामा हस्तक्षेप गर्न नखोजेको हौँ । संविधान पनि आओस्, संघीयता पनि आउँछ भनेर अवरोध नगरेका हौँ ।
तर यहीबीच यी प्रश्नहरू पनि उठिरहको छ कि तपाईंले उठाएको मागले गर्दा अहिले संघीयता भन्ने शब्द नै गौण हुन थालेको छ । सिके राउतहरू अलग देशको कुरा गरिरहँदा यसले झन् संघीयता नै गुम्ने खतरा महसुस हुँदैन ?
यो गलत बुझाइ हो । यति बेला शासक वर्ग र मधेसी नेताहरूले पनि वास्वतमा बुझेका छन्, किनकि संघीयता दिएन भने मधेसी जनता सीधै स्वतन्त्रता आन्दोलनमा लागि हाल्छ । शासक वर्गलाई पनि चेतावनीको रूपमा आइराखेको छ । तर, यसलाई गलत रूपमा व्याख्या गर्न खोजिँदै छ । तर, सही तरिकाले हेर्ने हो भने यो गलत हो ।
पछिल्लोपटक तपाईंले बाबुराम भटराईको समितिमा उपस्थित भएर जवाफ दिनुभएको खास कुरा के थियो ?
हामीले पनि चाहेका छौँ, नेपालमा संविधान जारी होस् । त्यही संविधानभित्र संवैधानिक दायराभित्र नै छुट्टिन पाउने अधिकार राज्यले जनमतसंग्रह गरेर सुनिश्चित गरिदियो भने बहुत शान्तिपूर्ण रूपमा पछि मधेसलाई या अन्य कुनै राज्यलाई छुट्टिन पर्यो भने अहिंसात्मक, लोकतान्त्रिक विधिबाट संवैधानिक प्रक्रियाबाट पनि त्यो कुरा गर्न सकिन्छ भनेरै मैले त्यो सुझाव दिएको हुँ । ताकि भोलि कुनै पनि हिंसा नभडकियोस । दंगा नफैलियोस्, मान्छे जनताले कुनै प्रताडना भोगन नपरोस् भनेर सही समाधानको रूपमा मैले संवैधानिक प्रक्रियाबाट पनि गर्न सकिन्छ भनेर मैले त्यो सुझाव दिएको हुँ ।
तपाईंले भनेजस्तै छुट्टिन पाउने अधिकारको संवैधानिक सुनिश्चितता भएका देशहरू कुनकुन छन् ?
छन्, जस्तै फ्रान्स, बेलायत, अस्ट्रियालगायतका देशको संविधानमा छुट्टिन पाउने अधिकार छ ।
तपाईंले यी यावत कुराहरू गरिरहँदा अदालतमा चाहिँ फरक ढंगको बयान दिनुभयो भन्ने पनि छ ?
होइन, म मेरो अडानमा अडिग छु । यो कुनै बन्द कोठमा मात्र होइन, जहाँ जाँदा पनि खुलेआम त्यही कुरालाई दोहोर्याइरहेको छु । यसमा जनता दिग्भ्रमित हुने कुरा छैन् । र म तपाईंसँगको अन्तर्वार्तामा पनि फेरि दाहोर्याउन चाहान्छु कि हाम्रो अभियान भनेकै एउटा अलगै सार्वभौमसम्पन्न मधेसको आजादीका लागि हो भनेर स्पष्ट पार्न चाहन्छु ।
स्वराजको कुरा गर्नुहुन्छ, स्वराज र स्वतन्त्रतामा के फरक छ ?
यो हाम्रो लागी दुइवटै उस्तै सेन्समा प्रयोग गरिराखेका छौँ । स्वराज, स्वतन्त्रता र आजादी पनि । त्यो भनेकै पूर्णत सार्वभौम सत्ता सम्पन्न अलग देशको रूपमा स्थापित गर्ने भनेर यी शब्दको प्रयोग गरिराखेका छौँ ।
नेपाली राजनीतिमा विदेशी प्रभावको कुरा चलिरहन्छ, घरेलु नियन्त्रणमा नेपाली राजनीति छैन भन्ने छ, तपाईंलाई पनि कतै अमेरिकी, भारतीय, युरोपियन निर्देशित मान्छे हो भनेर शंका गर्न मिल्छ कि मिल्दैन ?
कुनै पनि कामहरू गर्नुभयो भने त्यसमा अनेकौं किसिमका आरोपहरू लाग्ने गर्छन् । यो कुनै ठूलो कुरा होइन । तर, यहाँ भन्नुपर्ने कुरा के हो भने यदि आरोप लगाइन्छ भने राज्यले त्यसलाई सावित गर्न सक्नुपर्यो । राज्यसँग त्यति संशोधन छ, लाखौँलाख जनशक्ति, हजारौँ जासुस् छन् । यिनीहरूले आफैले सकेन भनेपछि अरू देशको सहयोग लिएर त्यो कुरा सावित गर्न सक्छ । र, यो आरोपमा अलिकति पनि सत्यता भएको भए यो कुरा उनीहरूले अहिलेसम्म सावित गरिसकेका हुनेथिए र मूलधारका छापाहरूमा मुख्य पेजमै सिके राउतको विषयमा अहिलेसम्म आइसक्थ्यो । त्यसका कुनै सत्यता नभएकै कारण नै अहिलेसम्म यो कुरा कतै पनि आइराखेको छैन् । म मधेसीबाट निर्देशित मान्छे हुँ ।
नेपाली राजनीतिमा विदेशीहरूको घुसपैठ भइरहन्छ, तपाईंलाई के लाग्छ ?
यसमा मधेसी जनतालाई मात्र होइन, पूरा नेपाली जनतालाई के भन्न चाहन्छु भन कुनै पनि राजनीतिक धार जनताले आफै निर्धारण गर्नुपर्छ । जनता आफै सशक्त हुनुपर्छ । कसैको निर्देश मान्ने होइन । र, आफै स्वालम्बी, आत्मनिर्भर बनेर हरेक निर्णय लिन सक्ने हुनुपर्छ भनेर म सबैलाई भन्न चाहान्छु । र, नेपालमा हस्तक्षेप एकअर्कामा मेलमिलाप नहुनाले, समग्र जनताभन्दा पनि व्यक्तिगत स्वार्थ, पार्टीगत स्वार्थमा लाग्नाले नै विदेशीहरूलाई हस्तक्षेप गर्ने मौका मिलेको हो कि भन्ने हामीलाई लाग्छ ।
मधेसी नेतृत्वबाट पनि तपाईंलाई उग्रवादी अतिवादीको आरोप आउने गर्छ, तपाईंको मधेसी नेतृत्वसँग संवाद छ कि छैन ?
हामीले हरेकसँग राम्रै सम्बन्ध बनाउन खोजेका छौ । हरेक दिन वारम्वार भेटेर पनि उनीहरूसँग संवादको क्रम जहिले पनि जारी राख्ने गरेका छौ । हाम्रो संवाद हाम्रो एजेण्डामाथि समर्थन खोज्नका लागि होइनकि संवाद जहिले पनि खुला राख्नुपर्छ भन्ने मान्यता राखेर सबै मधेसी पार्टीका अध्यक्षहरूलाई भेट्ने गरेका छौ । हामी सबैको अन्तिम उद्देश्य मधेसको मुक्ति नै खोज्ने हो त्यो अर्थमा एक अर्कामा संवाद भइरहन्छ ।
अहिलेकै अबस्थामा कुनै खालको जस्तै संसदीय या अरू कुनै चुनाव भयो भने तपाइहरू भाग लिनुहुनछ ?
हामी भाग लिदैनौ ।
अहिलेको मधेसवादी दलहरूलाई तपाईं सहयोगी मान्ने कि प्रतिपक्षी मान्ने ?
हामी कतै न कतै उनीहरूलाई कम्पिलिमेन्ट्री शक्तिका रूपमा मान्छौ । किनभने उनीहरू पनि कतै न कतै जननिर्वाचित प्रतिनिधीहरू हुन् । जनताले निर्वाचित गरेका प्रतिनिधीहरू हुन् । त्यही भएर कम्पीलीमेन्ट्री फोर्सका रुमा लिन्छौ । खाली मागहरू फरक हुन् । उनीहरूको मागको हद भन्दा हाम्रो मागको हद पर भएको हुन सक्छ ।
माघ आठलाई मध्यनजर गरेर तपाईंले आफ्नो अभियानलाई स्थगित गर्नुभयो नि किन ?
किनभने यहाँ राज्यले दंगा फैलाएर दोष हामीमाथि लगाउने षडयन्त्र देखिदैछ । माघ ८ को संक्रमणकालीन स्थितिमा कुनै दंगा फैलाइदिने, हाम्रो आन्दोलनको कार्यक्रममा पनि कुनै हिसां भडकाइदिने, अनि त्यो वहानामा ठुलो संख्यामा सेना र सशस्त्र प्रहरी लगाएर हाम्रो शान्तिपूर्ण आन्दोलनमा दमनगर्ने नीति राज्यको देखियो । त्यही भएर हामीचाहि हाम्रो आन्दोलन दीर्घकालिन हो तत्काल संविधान ल्याउन चाहान्छन भने वहानाको अबसर नदिउ भनेर हामी चाहि अहिले तत्कालका लागि आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेका हौ ।
तपाईंहरूको सँगठनको कुनै स्वरूप छ कि छैन ?
हाम्रो सँगठनको स्वरूप बन्दैछ । अहिले हामी स्वतन्त्र मधेस गठबन्धनको रूपमा क्रियाशिल छौ । यसमा जुनसुकै पार्टीका मान्छेहरू जोडिन सक्छन् । तर त्यसका तीन आधारहरू छन् । स्वतन्त्र मधेस, लोकतान्त्रिक ब्यवस्था र तेस्रो शान्तिपूर्ण एवं अहिंसात्मक बाटो । यो तीनवटा मुल् मर्म आधार स्तम्भमा आस्था राख्ने कोहि पनि व्यक्ति यसमा जोडिन सक्छ । अहिलेसम्म हामी संक्रमणकालीन अबस्थामा भएका कारण यकिन आंकडा नभएपनि हाम्रा कार्यक्रमहरूमा निकै नै उत्साह जनक सहभागीता देखिएको छ । दशौ हजार मान्छेहरू अभियनसँग जोडिइरहेका छन् । सँगठन २० वटा जिल्लामा रहेको छ ।
तपाईंहरूले नेपालको कति भूभागलाई मधेस भन्नुभएको छ ?
चुरेसहित त्यो भन्दा दक्षिणतिरका भूभागलाई हामीले मधेस अन्तर्गत राखेका छौ ।
अब बन्ने संविधानमा तपाईंले राखेको छुटिन पाउने अधिकारको सुनिश्चित भयो भने के गर्नुहुन्छ ?
त्यो आत्मनिर्णयको अधिकार पनि कुन हदसम्मको भन्ने कुरा आउंछ । छुटिन पाउने अधिकार रहने कि नरहने भन्ने हो तर हामीले खोजेको संविधानभित्र आओस भन्ने हाम्रो चाहाना हो ।
तपाइको मागसँग मधेसका जनता सहमत हुन्छन भन्ने आधार के ?
त्यो त जनतालाई अबसर दिुनपर्यो नि । जनमतसँग्रह गराउनुपर्यो अनि थाहा हुन्छ मधेसी जनता सहमत छ कि छैन भनेर ।
मधेसमा पनि पहाडियाको बाहुल्यता भएका ठाउँहरू पनि छन नि ?
अब म तिनीहरूलाई पहाडिया भन्दिन । तिनीहरू पनि मधेसी भइसके भनेर बुझ्नुपर्छ । बढिमा तिनीहरूलाई पहाडी मुलका भन्न मिल्छ । र उनीहरूले पनि स्वतन्त्र मधेसको मागमा जसरी हिजो बेलायतबाट गएका अंग्रेजहरूले भारतको स्वतन्त्रता आन्दोलनमा सघाए त्यसैगरि स्वतन्त्र मधेस आन्दोलनमा सघाउनुपर्छ ।
तपाईंको अभियानका कारण जातिय र क्षेत्रिय युद्ध चर्कियो भने तपाईं जवाफदेहि हुने कि नहुने ?
त्यसमा हामी सावधान छौ । त्यही भएरु हामीले वारम्वार भनिरहेका छौ यो मधेसी र पहाडिया बीचको लडाइको कुरै होइन । मधेसलाई औपनिवेशिक साम्राज्यबाट मुक्ति दिलाउने अभियान हो । नेपाली साम्राज्यबाट अलग गराउने अभियान हो ।
हालकै राज्यसत्तामा आमुल परिवर्तन गरेर मधेसको आत्मसम्मान बढाउन सकिदैन ?
यहाँ औपनिवेशिक शासन छ । जसरी भारतमा बेलायतको शासन थियो त्यसैगरि मधेसका नेपाली साम्राज्यको शासन छ , त्यसको एउटामात्र समाधान भनेको अलग मधेस नै हो ।
त्यसको ऐतिहासिक आधारहरू के के छन् ?
ऐतिहासिक आधारहरू पनि छन् । हाम्रा आफ्नै राजाहरू हुने गर्थे पहिला मधेसमा । गोर्खालीहरू आउनुभन्दा अगाडि सेन बंशका राजाहरू आफ्नै राज्य चलाएर बसेका थिए । त्यो पनि एउटा ऐतिहासिक आधार हो । अर्को गोर्खालीहरूले लिदा पनि सन १८१६ र सन १८६० को सन्धीमार्फत त्यो मधेसको भूभाग नेपालको राजालाई दिएको हो । जसमा केही शर्तहरू पनि गाभिएका थिए । १८१६ मा कोशि देखि राप्तीसम्मको भूभाग नेपालको राजालाई दिदाखेरि लेखिएको छ, मधेसीहरू माथि कुनै किसिमको दमन, उनीहरूको अधिकारको हनन गरिनेछैन । तर त्यो कार्यान्वयन भएन । त्यसकारण हामी सन्धि खारेज हुन्छ । त्यो शर्त पालना नभएपछि सन्धि स्वत खारेज हनु हो । र सन्धि खारेज हुनु भनेको त्यो भूमि स्वतन्त्र हुनु हो भनेर हामीले भन्ने गरेका छौ ।
तपाईंहरूको आन्दोलन कति लामो समयसम्म चल्नेछ ?
यो दीर्घकालिन आन्दोलन हो । अहिलेको योजनानुसार ८ देखि १० वर्ष तयारी अबधि नै हो । जनशक्ति तयार गर्ने, नेतृत्व विकासको प्रशिक्षण, त्यसपछि आन्दोलनको चरण आउँछ ।
तपाईंले भनेको माग पुरा नभएसम्म यो मुलुकको कानुनलाई मान्नुहुन्छ कि हुन्न ?
देशमा वसेपछि त मान्नुपर्ने हुन्छ । भारतीयहरू पनि अंग्रेजको शासनमा वस्दा कानुन त मान्थे । त्यस्तै हामीले पनि मान्नुपर्ने हुन्छ । अहिले हामीले वाक स्वतन्त्रता र शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकार अन्तर्गत नै हाम्रा अभियानहरू सञ्चालन गरिरहेका छौ । नेपाली साम्राज्यको एउटा अंग मधेस भएकाले हामीले नेपालको कानुन मान्नु एउटा वाध्यता पनि हो ।
अहिलेका प्रमुख दलका केही शीर्ष नेताहरू जस्तै शुसिल कोइराला, केपी ओली पनि मधेसकै हुन, उनीहरू मधेसी नहुने तपाईंचाहि हुने आधार के नि ?
त्यो त जनताले निर्धारण गने कुरा हो । त्यही भएर जनमतसँग्रहमा जाउ भनेर हामीले भनेका छौ ।
तपाईंले मागेको जनमतसँग्रहमा जनताले अलग मधेसको विपक्षमा मतदान गरे भने के गर्नुहुन्छ ?
त्यो जनमतसँग्रहको परिणाम विपक्षमा आयो भने पनि त्यसलाई हामी स्विकार गर्छौं । र त्यसपछि अझै मेहनेत गर्छौं र जनतासमक्ष स्वतन्त्र मधेसको मागको औचित्यको विषयमा अझ बुझाउन हामी लागी पर्छौं ।
Sunday, February 1, 2015
Subscribe to:
Posts (Atom)