http://www.nepalpolice.gov.np/images/vacancy_result/pc_wanted_2069_07_15.pdf
प्रहरी प्रधान कार्यालय
नयाँ भर्ना सम्बन्धि सूचना !!!
अरबको खाडिमा काम गर्न जानु भन्द धेरै राम्रो जागिर नेपाल प्रहरीको जवान पदमा नयाँ भर्ना खुलेको सुचना २०६९ कार्तिक १५ गतेको गोर्खापत्र राष्ट्रीय दैनिकमा प्रकाशित भएको छ । देशमा नै बसेर सेवा गर्न इच्छुक साधरण लेख-पढ गर्न सक्ने नेपाली नागरिकहरुले अरबको खाडिमा जानु भन्द नेपाल प्रहरिमा सेवा गर्नु धेरै राम्रो छ । नेपालमा सरकारी बिद्धालयको प्रथामिक सिक्षकहरुको तलब २५ सय नेपाली रुपैयाँ हुँदा खाडी मुलुकमा जाने नेपालीहरुको तलब १०-१५ हजार रुपैयाँ मात्र थियो । अहिले नेपालमा २५ सय रुपैयाँ तलब हुने सिक्षकहरुको तलब १५ हजार रुपैयाँ पुगी सकेको छ तर खाडी मुलुकमा जाने नेपालीको तलब त्यही १०-१५ हजार रुपैयाँ मात्र छ । त्यसकारण खाडी मुलुकमा जानु भन्दा नेपाल प्रहरी, नेपाली सेना र सिक्षकमा जागिर खानु धेरै राम्रो ।
आजको गोर्खापत्र राष्ट्रीय दैनिकमा प्रकाशित भएको सुचना जस्ताको तस्तै यहाँ प्रकाशित गरेको छु, यो सुचना नेपाल प्रहरीको वेबसाईटमा पनि रहेछ, माथिको लिङ्क हेर्नु होला ।
नेपाल सरकार
गृह मन्त्रालयप्रहरी प्रधान कार्यालय
( मानवश्रोत विकास विभाग, भर्ना तथा छनौट शाखा )
नक्साल, काठमाडौं ।
नयाँ भर्ना सम्बन्धि सूचना !!!
नेपाल प्रहरीमा विभित्र कारणले रिक्त रहेको प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी अनुसार पूर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरुबाट रु.१०।– को टिकट टाँसी स्वयम् उपस्थित भई दरखास्त आव्हान गरिन्छ ।
१११. आवश्यक माग पद संख्या
सि.नं. पद, समूह संख्या
१. प्रहरी जवान समावेशी तर्फ ६७५
क) ,, महिला १३५
ख) ,, आदिवासी /जनजाति २१६
ग) ,, मधेसी १८९
घ) ,, दलित १०१
ङ) ,, पिछडिएको क्षेत्र ३४
२. खुल्ला तर्फ ८२५
जम्मा माग संख्या १५ सय
२. दर्खास्त लिने मिती: २०६९/०७/१६ गते देखि २०६९/०८/१५ गते सम्म ।
३. दर्खास्त फार्म पाइने, बुझाउने स्थान र कार्यालय सम्पर्क नम्बरहरु
क) पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, रानी विराटनगर । ०२१–४३६३७०
ख) मध्ये क्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुर । ०५६–५२०९८१
ग) पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवल । ०७१–४३७२२३
घ) मध्ये पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगंज । ०८१–५५००५१
ङ) सुदुर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, दिपायल । ०९४–४४०१७३
४. रु.१००।– (एक सय) र एक भन्दा बढी समूहमा दरखास्त दिएमा २०% थप दस्तुर लाग्ने छ ।
५. शैक्षिक योग्यता नेपाली लेखपढ गर्न राम्रोसंग जानेको ।
६. उमेर-प्रहरी जवान पदको लागि छनौट हुने सालको बैशाख १ गते १८ वर्ष पुरा भई २३ वर्ष ननाघेको ।
७. अन्य आवश्यक योग्यताहरु
क) कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाँय नपाएको ।
ख) राजनीतिमा नलागेको ।
ग) कुनै ध्वंसात्मक संस्थाको सदस्य नभएको वा नरहेको ।
घ) प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको (स्वास्थ्य परीक्षण
दरखास्त दर्ता पछि मात्र गराईने छ) ।
ङ) आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको ।
च) छाती कम्तीमा नफुलाउँदा ३० र फुलाउँदा ३२ इन्च भएको ।
छ) उचाईः पुरुषको लागि घटिमा ५ फिट २ इन्च र महिलाको लागि घटिमा ५ फिट उचाई भएको ।
८. दर्खास्तसाथ समाबेश गर्नु पर्ने कागजातहरु
क) शैक्षिक योग्यता, उमेर खुल्ने चारित्रिक प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरुमा उम्मेदवार स्वयमले सक्कल बमोजिम नक्कल ठीक छ भनि दस्तखत गर्नु पर्नेछ ।
ख) आदिवासी/जनजातिका हकमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
ग) दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर, राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
घ) मधेसीका हकमा नेपाल सरकाले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित गरेको आधारमा, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
ङ) पिछडिएको क्षेत्रका लागि अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थानीय बासोवास गरी सम्बन्धित जिल्लाबाट नै नागरिकताको प्रमाण-पत्र प्राप्त गरेको तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट दरखास्त दिंदाका बखत सम्म सोही स्थानमा स्थायी बसोवास भएको भन्ने सिफारिस गरिएको ।
च) आफुले अध्ययन गरेको अन्तिम शिक्षण संस्था र आफ्नो नातेदार बाहेक अन्य दुई जना प्रतिष्ठित व्यक्तिहरुबाट पाएको राम्रो चरित्रको सक्कल प्रमाणपत्रहरु ।
९. सम्पर्क मिती तथा स्थान : मिति २०६९/०८/२१ गते सम्बन्धित क्षेत्रीय प्रहरी तालिम केन्द्रहरुमा ।
पुनश्च:
१) हरेक चरणको परीक्षा समाप्ती पछि नतिजा प्रकाशन गरिने छ र उत्तीर्ण उम्मेदवारलाई मात्र अर्को परीक्षामा सम्मिलित गराईनेछ ।
१) हरेक चरणको परीक्षा समाप्ती पछि नतिजा प्रकाशन गरिने छ र उत्तीर्ण उम्मेदवारलाई मात्र अर्को परीक्षामा सम्मिलित गराईनेछ ।
२) परीक्षा संचालन गर्दा समावेशी तथा खुल्ला तर्फको एउटै परीक्षा संचालन गरिने छ र निजहरुले प्राप्त गरेको अंकको आधारमा समावेशी तर्फका उम्मेदवारहरु बिच मात्र छुट्टा-छुट्टै प्रतिस्पर्धा गराई पद पूर्ति गरिनेछ ।
३) अन्तर्वार्ता परीक्षाको नतिजा प्रकाशन गर्दा निम्नानुसार क्रममा गरिनेछ ।
क) समावेशी तर्फ
(अ) महिला, (आ) आदिवासी/जनजाति, (इ) मधेसी, (ई) दलित, (उ) पिछडिएको क्षेत्र
ख) खुल्ला तर्फ
४) प्रहरी जवान पदमा नियुक्ति पाएपछि प्रहरी प्रधान कार्यालयबाट निर्धारण गरेको पाठ्यक्रम अनुसारको आधारभूत तालिम गर्नु पर्नेछ ।
५) यो प्रतियोगिता संचालन अवधिभरमा विभिन्न कारणले रिक्त भई नियमानुसार खुल्ला प्रतियोगिताद्वारा लिन मिल्ने सम्बन्धित पदमा समावेशीको आधारमा यसै प्रतियोगिताबाट छनौट गर्न सकिनेछ ।
६) दरखास्त पेश गर्दा सक्कल प्रमाणपत्रहरु साथमा लिई स्वयम् उपस्थित हुनु पर्नेछ ।
७) सम्पूर्ण परीक्षाहरु प्रहरी प्रधान कार्यालयले तोकेको ढाँचा बमोजिम सम्बन्धित तालिम केन्द्रहरुबाट संचालन गरिनेछ ।
मितिः २०६९-०७-१५ गते ।
प्रहरी प्रधान कार्यालय
मानवश्रोत विकास विभाग
भर्ना तथा छनौट शाखा
नक्साल, काठमाडौं ।
फोन नम्बर : ०१-४४१४९०६
राम्रो दिन मेरो बिरुगल नپال को दिन
ReplyDeleteकसरी आजसम्म मैले एक वास्तविक र सामान्य मूल्य कम्पनीबाट घर बनाउन को लागी एक पैसा कमाईएको थिएँ Albaker ऋण फर्म। म धेरै शुभ दिन हुँ र भगवान को लागी जोस लुइस ऋण कम्पनी।
,
मेरो नाम अब्दुल हो, म हेटौडा नेपाल शहर हुँ, म एक घर खरीद गर्न, गत 5 महिनाको लागि एक वास्तविक ऋण कम्पनी खोज्दैछु।
सबै मलाई घोटालाको गुच्छा थियो जसले मलाई भरोसा राखे र अन्त्यमा
दिनको दिन, तिनीहरूले पैसा फिर्ता नगरी मेरो पैसा लिनुभयो, सबै
मेरो आशा गुमाएको थियो, मलाई भ्रष्ट र निराश लाग्यो, म इन्टरनेटमा ऋण कम्पनीहरु संग केहि गर्न चाहन्थेँ, त्यसैले म केहि देखि पैसा कमाउन गए।
मित्र, मैले यो सबै कुरा भनेँ र उनले भन्यो कि उनले मलाई मद्दत गर्न सक्छन् कि
त्यो एक ऋण कम्पनी हो कि मलाई ऋण को कुनै पनि राशि संग मदद गर्न सक्छ जान्दछ
मेरो द्वारा 2% को एक धेरै कम ब्याज दर संग आवश्यक छ, त्यो सिर्फ एक
उनको ऋण, उनीहरूले मलाई कसरी ऋणको लागी आवेदन गर्ने भनेर निर्देशन दिए, मैले गरे
जसलाई उनले मलाई भनिन्, मैले उनीहरूलाई ईमेलमा आवेदन गरे: (albakerloanfirm@gmail.com) मैले कहिल्यै विश्वास गरेन तर मैले प्रयास गरे र मेरो
सबैभन्दा ठूलो आश्चर्य मैले 24 घण्टा भित्र ऋण पाए, म विश्वास गर्न सकेन,
म खुसी र अमीर हुँ र म यस ऋणलाई भगवानलाई धन्यवाद दिदैछु
जस्तै यो अझै पनि सबै घोटालाहरु मा यो घोटाला मा अवस्थित छ,
कृपया म त्यहाँ सबैलाई सल्लाह दिनेछु जो जाने को लागी ऋण चाहिन्छ
(albakerloanfirm@gmail.com) तिनीहरू कहिल्यै कहिल्यै असफल हुनेछैन, र
तपाईंको जीवनले मेरो परिवर्तनको रूपमा परिवर्तन गर्नेछ। आजको सम्पर्क (albakerloanfirm@gmail.com) र तपाईंको ऋणबाट प्राप्त गर्नुहोस्, उनीहरूका वास्तविक ऋण प्रस्तावको लागि परमेश्वरले आशिष् Albaker ऋण फर्मलाई आशिष् दिनुहुन्छ।
सुनिश्चित गर्नुहोस कि तपाईं आफ्नो ऋण को लागि Albaker ऋण फर्म देखि संपर्क गर्नुहोस किनकि मैले सफलतापूर्वक यस कम्पनी ले मेरो ऋण लाई बिना तनाव को बिना।
नमस्कार, म Dorcas Alvaro हुँ, म वर्तमानमा मागागा स्पेनमा बस्छु। यस समयमा म चार छोराछोरीसित विधवा हुँ र म मई 2018 मा वित्तीय स्थितिमा फंसिएको थिएँ र मेरो बिल फिर्ता गर्न र मेरो बिल तिर्न आवश्यक छ। मैले निजी र कर्पोरेट दुवै धेरै ऋण कम्पनीहरु देखि ऋण खोजे कोसिस गरे, तर सफलतापूर्वक कभी नहीं, र धेरै बैंकहरु लाई मेरो क्रेडिट मा गिरावट आई। तर परमेश्वरले यो चाहानु भएको छ, म एक मानिस को भगवान, एक निजी ऋणदाता कि मलाई मलाई 80,000 EUR को ऋण दिईयो को परिचय दिइएको थियो र आज म एक व्यवसाय को मालिक हो र मेरो बच्चाहरु यस समयमा ठीक छ, यदि तपाईं संग कुनै संपर्क एक असुरक्षित ऋण, कुनै क्रेडिट चेक, केवल 2% ब्याज दर र बेहतर भुक्तान योजना र अनुसूची संग कुनै हस्ताक्षरकर्ता को संदर्भ मा, श्री सिमोन फिन (simonfinnloan.inc@gmail.com) संग संपर्क गर्नुहोस। त्यो थाहा छैन कि म यो गर्दैछु, तर म अहिले धेरै खुसी छु र मैले निर्णय गरे कि मान्छे उनको बारेमा धेरै जान्न चाहन्छु र म पनि परमेश्वरलाई उहाँको आशीर्वाद दिन चाहन्छु। तपाईले उनीहरूलाई आफ्नो इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ: SIMONFINNLOAN.INC@GMAIL.COM
ReplyDelete
ReplyDeleteHi everyone. I saw comments from people who already got their loan from challot and then I decided to apply under their recommendations and just few hours ago I confirmed in my own personal bank account a total amount of $30,000 which I requested for. This is really a great news and I am advising everyone who needs real loan to apply through their email (challotloan@gmail.com) I am happy now that i have gotten the loan I requested